Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सम्पादकीय नागरिकताले ल्याएको खुशी

प्रभातफेरी अनलाइन १८७६ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २८, सोमबार (१३ साल अघि)
Post Thumbnail

नागरिकता विहिन जिल्लाको चण्डेनीमण्डन–२ आँपचौरका माझी समुदायले यही महिनामा नागरिकता पाए । नागरिकता नहुँदा विभिन्न सरकारी सेवा तथा सुविधाबाट बञ्चित यहाँ माझीहरुले अव ती सरकारी सेवा समेत पाउने आशा गरेका छन् । उनीहरु यतिखेर साह्रै खुशी छन् । नागरिकता पाएको खुशीयालीमा उनीहरुले सामुहिक भोज समेत गरेका छन् ।
पटक–पटक प्रयास गर्दा पनि नागरिकता नपाएकै कारण यहाँका करिव १५ जना माझीहरुले वृद्ध भत्ता र सरकारले दिने अन्य सुविधा पनि पाउन सकेका थिएनन् । गाउँका करिव पाँच सय जनसंख्या मध्ये नागरिकता पाउने उमेर पुगेका ३ सय जतिले अहिले सम्म पनि नागरिकता पाउन सकेका थिएनन् । टोलीले ७१ जना माझीसहित १ सय ८४ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेको थियो ।
विसं २०४० साल र ०६३ सालमा पनि गाउँमा नागरिकता बनाउनको लागि टोली पुगेको भएपनि ती टोलीहरुले यहाँका माझीले नागरिकता पाउन सकेका थिएनन् । ०४० सालमा त नागरिकता बनाउनु पर्छ भन्ने चेतना नै थिएन यहाँ । तर ०६३ सालमा भने धेरै जसोले नागरिकता बनाउने तयारी गरेका थिए । तर गाविसमा भएको आन्तरिक कलहका कारण यिनीहरु दोस्रोपटक पनि नागरिकता बनाउनबाट बञ्चित भएका भएपनि अहिले भने नागरिकता पाए पछि धेरै नै खुशी भएका छन् । नागरिकता नभएकै कारण यहाँका वासिन्दाहरु मतदाता नामावलीमा आफ्नो नाम लेखाउन समेत वञ्चित भएका थिए ।
गाउँमा नै गएर नागरिकता बाड्ने सरकारी प्रयासको सबैले प्रशंसा गर्नुपर्छ । यसबाट बृद्ध अवश्थामा रहेका माझीहरुले समेत आफ्नै घरआँगनमा नागरिकता पाए । नागरिकता पाएसँगै बृद्धभत्ता लिन नपाएकालाई समेत सहज भएको छ । विभिन्न सरकारी कार्यलयले पनि एकिकृत रुपमा गाउँमा नै सेवा दिँदा उनीहरु लाभान्वित समेत बने ।
जिल्ला प्रशासन कार्यलय लगायतका सरकारी कार्यलयले बेला बेलामा यस्ता एकिकृत सेवा शिविरहरु सञ्चालन गर्नुपर्छ । भौगोलिक रुपमा विकट, शारिरीक रुपमा अशक्त मानिसहरुलाई उनीहरुको गाउँमा नै गएर सेवा दिने कार्यलाई सरकारी निकायले निरन्तरता दिनुपर्छ । अनि मात्रै सरकारी सेवाबाट कोही पनि बञ्चित हुनुपर्ने स्थिती हुँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0