Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

व्यवसायिक बन्दै मण्डनमा अलैंचीखेती

प्रभातफेरी अनलाइन १७७४ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २९, मंगलबार (१३ साल अघि)
Post Thumbnail

 ज्ञानमणि कालोटोपी ÷ महादेवस्थान मण्डन

जिल्लाको उत्तरी क्षेत्र स्थित मण्डनभेगमा अलैंची खेतीको व्यवसायिक शुरुवात गरिएको छ ।

केहि वर्ष अगाडि देखि परिक्षणका रुपमा खेतीगर्न थालिएको अलैंचीबाट राम्रै उत्पादन हुन थालेपछि कृषकहरुले अहिले यसको व्यवसायिक खेती शुरु गरेका हुन् । जिल्लाको महादेवस्थान गाविस स्थित रायोबारी र गहते गाउँमा अलैंची रोप्ने कृषकहरु अहिले पचास जना भन्दा वढि छन् । ‘शुरुमा त फल्दैन जस्तो लागेको थियो ।’ रायोबारीका कृषक रामप्रसाद नेपाल भन्छन्–“अलैंची खेतीबाट अहिले राम्रै उत्पादन शुरु भएको छ ।”रायोबारीमा उत्पादन राम्रो भएको थाह पाए पछि छिमेकी गाउँहरु कुन्तावेसी, आँपघारी, नयाँगाउँ, लगायत अन्य ठाउँका कृषकहरु पनि अहिले अलैंची खेती तिर लागेको नेपालले जानकारी दिए ।

               शुरुमा उत्पादन भएको अलैंचीलाई स्थानिय कृषकहरुले कुन्तावेशी, पाँचखाल र बनेपा लगायतका बजारहरुमा प्रतिकेजी तीनसय रुपैयाँमा बेच्ने गरेका थिए । अहिले अलैंचीको प्रतिकेजी एकहजार भन्दा वढि पर्छ । त्यसैले कृषकहरुले अहिले अलैचीलाई खोल्सा भित्रको कालो सुनको रुपमा लिने गरेका छन् । अलैंची खेतीका लागि सेपिलो जग्गा उपयुक्त हुन्छ । यस्तो ठाउँमा अन्य बालीको कम उत्पादन हुने हुँदा अधिकांश कृषकहरुको रोजाईको विषय बन्दै गएको छ , अलैंची खेती । 

               मण्डनभेगका सेपिला जग्गाहरु हिजोआज विस्तारै अलैंचीका विरुवाहरुले भरिन थालेका छन् । वढ्दो खेती संगै यसमा रोगको संक्रमण पनि वढ्न थाले पछि किसानहरु चिन्तित बनेका छन् ।“बोट मै फलहरु कुहिने समस्या देखिन थालेको छ ।” अलैंची खेती गरेका कृषक सुर्दशन नेपाल भन्छन् –“ यस खेती बारे आवश्यक ज्ञान र रोग बारे जानकारी नहुँदा समस्या परेको छ ।” अलैंची खेतीका लागि आवश्यक कुराहरुको जानकारी पाए यस खेती तर्फ अन्य कृषकहरु पनि लाग्ने उनले बताए ।

               अलैंची खेती गर्न सजिलो छ । एक पटक रोपे पछि यसको झाङ्ग वढ्दै जान्छ । गोडमेल र मलको खासै आवश्यकता पर्दैन । पटक–पटक रोपिरहनु नपर्ने जस्ता सजिला कारणले गर्दा अलैंची खेतीलाई किसानहरुले रोजेका हुन् । यस खेती लाई अन्य खेती जस्तै विस्तार गर्न सके मण्डनभेगका धेरै कृषकहरु अलैंची खेती तर्फ लाग्न सक्ने यसको खेती गरेका कृषकहरुले बताएका छन् । मण्डनभेगमा शुरुवातका क्रममा रहेको यस खेती बाट वार्षिक २ सय केजी जति अलैंची उत्पादन हुन थालेको उनीहरुको भनाई छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0