Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

व्यवसायिक बन्दै मण्डनमा अलैंचीखेती

प्रभातफेरी अनलाइन १५०३ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २९, मंगलबार (१० साल अघि)
Post Thumbnail

 ज्ञानमणि कालोटोपी ÷ महादेवस्थान मण्डन

जिल्लाको उत्तरी क्षेत्र स्थित मण्डनभेगमा अलैंची खेतीको व्यवसायिक शुरुवात गरिएको छ ।

केहि वर्ष अगाडि देखि परिक्षणका रुपमा खेतीगर्न थालिएको अलैंचीबाट राम्रै उत्पादन हुन थालेपछि कृषकहरुले अहिले यसको व्यवसायिक खेती शुरु गरेका हुन् । जिल्लाको महादेवस्थान गाविस स्थित रायोबारी र गहते गाउँमा अलैंची रोप्ने कृषकहरु अहिले पचास जना भन्दा वढि छन् । ‘शुरुमा त फल्दैन जस्तो लागेको थियो ।’ रायोबारीका कृषक रामप्रसाद नेपाल भन्छन्–“अलैंची खेतीबाट अहिले राम्रै उत्पादन शुरु भएको छ ।”रायोबारीमा उत्पादन राम्रो भएको थाह पाए पछि छिमेकी गाउँहरु कुन्तावेसी, आँपघारी, नयाँगाउँ, लगायत अन्य ठाउँका कृषकहरु पनि अहिले अलैंची खेती तिर लागेको नेपालले जानकारी दिए ।

               शुरुमा उत्पादन भएको अलैंचीलाई स्थानिय कृषकहरुले कुन्तावेशी, पाँचखाल र बनेपा लगायतका बजारहरुमा प्रतिकेजी तीनसय रुपैयाँमा बेच्ने गरेका थिए । अहिले अलैंचीको प्रतिकेजी एकहजार भन्दा वढि पर्छ । त्यसैले कृषकहरुले अहिले अलैचीलाई खोल्सा भित्रको कालो सुनको रुपमा लिने गरेका छन् । अलैंची खेतीका लागि सेपिलो जग्गा उपयुक्त हुन्छ । यस्तो ठाउँमा अन्य बालीको कम उत्पादन हुने हुँदा अधिकांश कृषकहरुको रोजाईको विषय बन्दै गएको छ , अलैंची खेती । 

               मण्डनभेगका सेपिला जग्गाहरु हिजोआज विस्तारै अलैंचीका विरुवाहरुले भरिन थालेका छन् । वढ्दो खेती संगै यसमा रोगको संक्रमण पनि वढ्न थाले पछि किसानहरु चिन्तित बनेका छन् ।“बोट मै फलहरु कुहिने समस्या देखिन थालेको छ ।” अलैंची खेती गरेका कृषक सुर्दशन नेपाल भन्छन् –“ यस खेती बारे आवश्यक ज्ञान र रोग बारे जानकारी नहुँदा समस्या परेको छ ।” अलैंची खेतीका लागि आवश्यक कुराहरुको जानकारी पाए यस खेती तर्फ अन्य कृषकहरु पनि लाग्ने उनले बताए ।

               अलैंची खेती गर्न सजिलो छ । एक पटक रोपे पछि यसको झाङ्ग वढ्दै जान्छ । गोडमेल र मलको खासै आवश्यकता पर्दैन । पटक–पटक रोपिरहनु नपर्ने जस्ता सजिला कारणले गर्दा अलैंची खेतीलाई किसानहरुले रोजेका हुन् । यस खेती लाई अन्य खेती जस्तै विस्तार गर्न सके मण्डनभेगका धेरै कृषकहरु अलैंची खेती तर्फ लाग्न सक्ने यसको खेती गरेका कृषकहरुले बताएका छन् । मण्डनभेगमा शुरुवातका क्रममा रहेको यस खेती बाट वार्षिक २ सय केजी जति अलैंची उत्पादन हुन थालेको उनीहरुको भनाई छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0