Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दमाईं जातिका आधारमा नेपाली सभ्यताको इतिहास

प्रभातफेरी अनलाइन २५५८ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २९, मंगलबार (१३ साल अघि)
Post Thumbnail

 

डा० श्याम भट्टराई

 

विश्वमानचित्रमा नेपाल एसिया महादेशको झन्डै मध्यभागमा अवस्थित छ । पृथ्वीको सम्पूर्ण धरातल (१९,६२,५०,००० वर्गमिल) को करिब ०.०३ प्रतिशत र एसिया महादेशको ०.३ प्रतिशत भूमि नेपालले ओगटेको छ । वि० सं० १९०३ भन्दा अघि नेपाललाई ५ पहाडी क्षेत्र र ६ तराई क्षेत्रमा विभाजन गरिएको थियो । राणाकालमा अनेकौँ गढी, गौँडा, गोश्वारा आदिको व्यवस्था गरिएको थियो र नेपाललाई ३५ जिल्लामा विभाजित गरिएको थियो । यस स्थितिमा रहेको नेपाललाई राजा महेन्द्रले २०२२ सालमा १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेका थिए ।

नेपालको यस्तै प्रशासनिक प्रबन्ध रहेका ७५ जिल्लामध्ये काभ्रेपलाञ्चोक जिल्ला पनि एक हो । यसै जिल्लामा रहेका दमाईं जातिको अध्ययन गर्नुभएका डा० विष्णु सापकोटाको हस्तलिखित पाण्डुलिपि मैले मित्र हरि मञ्जुश्रीको सौजन्यबाट आद्योपान्त अध्ययन गर्ने मौका पाएँ । अध्ययनपश्चात् मेरो मनमा उब्जेका कुरालाई यहाँ प्रस्तुत गर्ने जमर्को गर्दैछु ।

‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो’ भनेर पृथ्वीनारायण शाहले नेपाली समाज धेरै जात मिसिएको समाज हो भने । हुन पनि नेपालको माटोमा सेर्पाको नाच, गुरुङको रोदी र लिम्बूको धाननाचको सुगन्ध पाइन्छ । यहाँ नेवारको लाखेनाच र ब्राह्मणको खैँजडी रन्किएको पाइन्छ भने दमाईंको सहनाई, दमाहा, ढोलक र ट्याम्को बाजा पनि घन्केको पाइन्छ । सबै जातजातिले आ–आफ्नो धर्म र संस्कृति, कला र साहित्य, सामाजिक व्यवस्था, बानीबेहोरा र रीतिथितिका रूपमा बहुसांस्कृतिक पद्धति अँगालेको र हुर्काएको देश हो नेपाल । यहाँ हरेक जातजातिको धर्मसंस्कृति, रीतिरिवाज, परम्परा आदिलाई आधारभूत रूपले विचार गर्नुपर्ने हुन्छ । कहीँ–कतै कसैको धर्मसंस्कृति र जातीय छोइछिटोले गर्दा सामाजिक सद्भावमा दखल पर्ने पो हो कि भनेर सचेत रहने हाम्रो नेपालमा यस्तो धार्मिक–सांस्कृतिक सद्भाव नै जिउँदो शक्तिका रूपमा रहेको छ ।

निश्चित समूहका मानिसलाई उनीहरूको भाषाले बाँधेको हुन्छ र संस्कृतिले बाँधेको हुन्छ । यही बन्धनयुक्त भावनाले ‘म’ बाट ‘हामी’ भन्न सिकाउँछ । अनि देशका बारेमा सम्पूर्ण जातजातिको एकै प्रकारको चिन्तन रहन्छ । यो एकै प्रकारको चिन्तन नै सिङ्गो नेपाल हो । यो सिङ्गो नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय विभिन्न वेशभूषा र धर्मसंस्कृतिको उपज हो । यसमध्ये दमाईं जातिका बारेमा डा० विष्णु सापकोटाले लेख्नुभएको यो पुस्तक त्यो पिछडिएका वर्गका बारेमा अध्ययन–विश्लेषण गरी उनीहरूको जीवनस्तर उकास्न खोजिएको एउटा सत्प्रयास हो ।

यस पुस्तकमा वि० सं० २०५८ सालको तथ्याङ्कलाई आधार लिइएको छ । त्यस्तै वि० सं० २०४७ सालको संविधानमा दलितका बारेमा उल्लेख भएको विषय यसमा लिइएको छ । दलितका सम्बन्धमा वि० सं० २०६२–६३ को आन्दोलनबाट प्राप्त गरेको संविधानमा निकै कुराहरू समेटिएका छन् । तिनै सन्दर्भसामग्रीलाई पुस्तकको स्रोतसामग्री बनाएको भए ‘सुनमा सुगन्ध’ हुने थियो ।

जे होस्, काभे्र जिल्लामा दलित समुदायका रूपमा रहेका दमाईं जातिको धर्म, संस्कृति, पेसा, चाडपर्व, रहनसहन, सामाजिक अवस्था, आर्थिक अवस्था आदिको उल्लेख यस पुस्तकमा गरिएको छ । अझ उनीहरूको साहित्यिक र राजनीतिक अवस्था तथा सञ्चारका क्षेत्रमा रहेको अवस्थालाई पनि समेटिएको भए वास्तविकता उजागर हुने थियो ।

काभ्रेमा रहेका दलित वर्गमध्येको एक दमाईं जातिका बारेमा गैरदलित जातिका लेखकबाट लेखिएको सम्भवतः यो पहिलो पुस्तक हो । यस्तो पुस्तकले सम्बन्धित जातिको सामाजिक चालचलन, रीतिस्थिति र उनीहरूको शिक्षादीक्षाका बारेमा बुझ्न सजिलो हुन्छ । उनीहरूमा लुकेर रहेका साहित्य, सङ्गीत, कला आदिको मात्र इतिहास नरही लोप हुन लागेका पञ्चैबाजा, नौमतीबाजा आदिको पनि संरक्षण हुन पुग्छ ।

अहिले हाम्रो मुलुकमा पिछडिएका वर्ग निकै रहेका छन् । उनीहरूको जीवन उकास्न उनीहरूको निजीपनलाई पहिचान गरी उनीहरूलाई अगाडि बढाउनुपर्छ । हाम्रो समाजमा ढोँगी र पाखण्डीपन बोकेर हिँड्ने व्यक्ति निकै रहेका छन् । तिनीहरूबाट जोकोहीले पनि बच्नुपर्छ । गान्धीले भनेका छन् — ‘सादा जीवन बाँच तर विचार भने उच्च राख’ । सादा जीवनको अर्थ भोकै रहनु र सादा जीवनको अर्थ लुगा नलगाउनु होइन । उनको आशय आ–आफ्नो धर्मकर्म, रहनसहन र कलासंस्कृतिलाई फलाउनु–फुलाउनु हो, मानव–सभ्यतालाई उचाल्नु हो ।

वेदमा भनिएको छ ‘अहं ब्रह्मास्मि’ अर्थात् म नै ब्रह्म हुँ, ‘तàवमसि’ अर्थात् त्यो (भगवान्) भन्नु नै तिमी हौ, ‘अयमात्मा ब्रह्म’ अर्थात् यो आत्मा नै ब्रह्म हो, ‘सर्वं खल्विदं ब्रह्म’ अर्थात् यो सबै नै ब्रह्म हो । वेदले यसो भनेर मानिसलाई आत्मदर्शन गराउन खोजेको छ । यसरी मानवलाई आत्मदर्शन गराउने शास्त्रले आकाशमुनि रहने सम्पूर्ण मानवलाई सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, राजनीतिक आदि दृष्टिबाट सम्पन्न गराउनुपर्छ भनेको छ । तसर्थ जातजातिका कुरा नउठाई हामीमा मानव हुनुको भाव हुनुपर्छ । मानव हुनुको भावनामा नै मानवता लुकेको हुन्छ । यसले जीवन जिउने कला सिकाउँछ । स्वयं सुखका साथ बाँच्न र अर्कालाई पनि सुखका साथ बाँच्न दिन सिकाउँछ । एउटा मानव अर्को मानवका लागि तगारो होइन सहयोगी हुनुपर्छ भन्ने भावना सिकाउँछ हाम्रो पूर्वीय दर्शनले । यसरी मानव हुनुको भावबाट आफूलाई अगाडि बढाउनका लागि आफूमै सर्वप्रथम क्रान्ति ल्याउनुपर्छ । मान्छेमा विद्रोह म¥यो भने उसको परिचय समाप्त हुन्छ । त्यसका लागि एउटा नियमसङ्गत क्रान्तिलाई समाउनुपर्छ । त्यो नियमसङ्गत क्रान्ति भनेको विवेक हो । विवेकले ‘हुन्छ’ र ‘हुन्न’ भन्ने भावलाई छुट्याउँछ । विवेकबाट समर्थन पनि हुन्छ, असमर्थन पनि हुन सक्छ । विवेकले मानिसलाई अध्यात्मवादी बनाउँछ । अध्यात्मवादी दर्शन मानवतायुक्त हुन्छ । यसमा कुनै पनि सम्प्रदाय अटाउँदैन, कुनै पनि वर्ग र जाति अटाउँदैन । यसमा त मानवता मात्र अटाउँछ, मानवतावादी मन मात्र अटाउँछ । मानवता भनेको सुन्दर, स्वस्थ, समझदार र विवेकपूर्ण भाव हो ।

अहिलेको अवस्थामा जुन प्रकारको जातीय द्वन्द्व रहेको छ, त्यो आफ्नो स्वार्थ पूरा गर्न अर्थसम्पन्न केही गैरसरकारी संस्थाहरूको उपज हो । उनीहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न जातपात र धर्मका कुरा उठाएर मानव–मानवबीच फाटो सिर्जना गराएका हुन् । यस्ता कुराहरूबाट हामीले सचेत हुनुपर्छ । धर्मका कुरा उठाएर मानव–सभ्यतालाई नष्ट पार्न तल्लीन रहेका अन्तर्राष्ट्रिय स्तरका केही गैरसरकारी संस्थाहरूले मानव हुनुको भावलाई लत्याइदिएका छन् । माक्र्सले धर्मलाई अफिम मानेका छन्, तर अध्यात्मलाई अफिम भनेका छैनन् । हो, यही अध्यात्मवादी दर्शनले मानवतालाई बोकेको छ ।

समष्टिमा जातीय पहिचान बोकेको यो ‘काभ्रे जिल्लाका दमाईं जाति ः विगत र वर्तमान’ पुस्तक ऐतिहासिक पृष्ठभूमि बोकेर हाम्रा सामु उभिएको छ । हामीले मानव हुनुको भाव बोक्नुपर्छ, जातीय भाव होइन । एउटा सिङ्गो आकाश स्वीकार्नुपर्छ, खण्डित आकाशलाई होइन । एउटा जातिले अर्को जातिको अवस्थालाई स्वीकारी मानवत्वको भाव विकसित गराउनुपर्छ । पुस्तकका लेखक डा० विष्णु सापकोटाको आशय पनि यही हो । यस पुस्तकले दमाईं जातिको मात्र नभई सिङ्गो नेपाली सभ्यताको इतिहासलाई बोकेको छ ।

(शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘काभ्रे जिल्लाका दमाईं जाति ः विगत र वर्तमान’ बाट)

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0