एउटा सुन्दर बस्ती छ । त्यहि सुन्दर बस्तिका एउटा धारामा भारती (तृप्ती नाड्कर) कपडा धोईरहेकी छिन् । कपडा धोईरहेकी उनको तन्द्रा भङ्ग हुन्छ नेपथ्यबाट आएको “भारती दिदी” भन्ने शब्दले । उनी आवाज आएतिरै फर्कन्छिन् । अपाङ्ग अर्थात लङ्गडो नन्दु (कमल भण्डारी) हस्याङ् फस्याङ् गर्दै आत्तिएर आइरहेको हुन्छ । नन्दुले आज फेरि वकिल आएको कुरा बताउँछ ।
भारती नन्दुसँगै त्यतै दौडिन्छन् । उता वकिल (पुष्प आचार्य) ले सोझा त्यहाँका गाउँलेहरुलाई थर्कारहेका हुन्छन् । आफूसँग अदालतको नोटिस भएकोले सो बस्ती गाउँलेहरुले तुरुन्तै छाड्नुपर्ने र नछाडे जे पनि हुन सक्ने धम्की दिइरहेको बेला भारती त्यहाँ पुगेर वकिलसँग विवाद गर्दै वकिललाई नै चुनौती दिँदै फिर्ता पठाइदिन्छन् ।
त्यस जमिनमा डा. दिवा (विजय देउजा) ले आँखा गाडेका हुन्छन् । उनी त्यस सुरक्षित जमिनमा लागु औषधको कारखाना खोल्ने योजनामा हुन्छ । तस्करको रुपमा चिनिएको उनलाई उक्त बस्तीकी निडर तथा जुझारु युवती भारतीले योजनामा सफल हुन दिंदैन । दिवाको मुख्य शत्रु बन्न पुगेकी भारतीलाई अनेक प्रपन्च रची जेल हालीदिन्छन् । उनको योजनामा साथ दिएको हुन्छ एन्स्पेकटर दाने (विक्रम शाह) ले ।
उता निडर भारतीले जेलमा नै दिवाको विरुद्ध एउटा पल्टन खडा गर्छिन् । जसमा उनै तस्कर दिवाबाट पिडित यूवाहरुलाई समावेश गरिन्छ । यीनै पात्रहरुको सेरोफेरोमा तयार गरिएको चलचित्र हो “पल्टन” ।
देश र समाजको रक्षा गर्ने दायित्व कुनै सेना प्रहरीको मात्र होईन नागरिकको पनि हो । समाजलाई स्वच्छ बनाउन नागरिकको उल्लेख्य भुमिका रहने भएकोले समाजमा रहेका खराब तत्वलाई नास गरी समाजको बिकास गर्दै लानु प्रत्येक नागरिकको कर्तव्य हो । यस्तैै बिषयवस्तुलाई समेटेर श्रेय मेकर इन्टरटेन्मेन्ट प्रा. लि.को व्यानरमा निर्माण गरिएको चलचित्र हो “पल्टन” ।
आफ्नो पहिलो एल्बमको “ भकुण्डेमा एउटा स्कूल छ………” बोलको लोक दोहोरी गीतबाट नै चर्चामा आएका बैनीले गाँसेको फुलमाला, आउ नेपाल फर्केर, ब्युटीपार्लर गइछिन, दोधार, रेलमा रुँदै गईँ लगायत करिब दर्जन भन्दा बढी एल्बम मार्फत आफुलाई लोक दोहोरी गायकको रुपमा समेत चिनाउन सफल बिक्रम शाहले चलचित्र “पल्टन” निर्माण गरेका हुन् ।
चलचित्रमा काभ्रेली प्रतिभाहरुको पनि सहभागिता रहेकोले काभ्रेली प्रतिभाहरुको पनि प्रतिभा देख्न पाइनेछ । लामो समयदेखि नाटक क्षेत्र, दोहोरी गायन एवं अभिनयमा तथा चलचित्रहरुमा सहायक निर्देशक, दर्जनौ म्युजिक भिडियो तथा करिब आधा दर्जन जति टेलिश्रृङ्खलाहरुमा निर्देशन गरिसकेका प्रतिभा कमल दाहालको पटकथा संवाद तथा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागि लोक तथा आधुनिक नृत्यको क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व र पहिचान निर्माण गरिसकेका, थुप्रै म्युजिक भिडियो तथा रंगमञ्चमा निर्देशन गरी आफूलाई कलाकारितामा होम्दै आएका अमरकृष्ण चन्दले सहायक निर्देशकको रुपमा काम गरेका छन् ।
नयाँ पुस्ता र पुराना पुस्ताका कलाकारहरुको संगम रहेको उक्त मल्टिस्टारले भरिएको चलचित्रमा पुरानो सम्झना, लाहुरे, कुसुमेरुमाल जस्ता सफल चलचित्रकी नायिका तृप्ती नाडकर प्रमुख भूमिकामा रहेकी छिन् भने कलिउडका महानायक राजेश हमालको समेत मुख्य भूमिका रहेको छ । त्यस्तै पल्टनको रुपमा नायकहरु अमृत लामा, पुष्कर रेग्मी, दिनेश थापा, करण क्रेजी, कुशल थापा, दिपेन्द्र श्रेष्ठ रहेका छन् ।
प्रतिष्ठा प्रसाई, संजिता गुरुङ्ग, विजय देउजा, शंखरत्न महर्जन, कमल भण्डारी, मणिरत्न पौडेल, राजु अधिकारी, पोखराकी पूर्व मिस मंगोल भुमा थापा मगर तथा चलचित्रका प्रस्तुतकर्ता बिक्रम शाह एवं अमरकृष्ण चन्द आदिको अभिनय रहेको छ ।
विक्रम शाहको प्रस्तुती, पोखरेली निर्देशक बासुदेव पोखरेलको कथा÷निर्देशनमा निर्माण भइरहेको चलचित्र पल्टनमा निर्माता मणिरत्न पौडेल, हरिचन्द्र रावल रहेका छन् । त्यस्तै पटकथा संवाद कमल दाहाल, संगीत अशोक राई, द्वन्द रोशन श्रेष्ठ, नृत्य बब्बु थापा, छायाँकन सुमन तण्डुकारको रहेको छ भने निर्माण नियन्त्रकमा बुद्धिलाल मगर रहेका छन् ।
चलचित्रमा अधिकांश पर्यटकिय नगरी पोखराका सुन्दर प्राकृतिक सौन्दर्यलाई कैद गरिएको छ । चलचित्र क्षेत्रमा एउटा नयाँ आयामको रुपमा आएको चलचित्र पल्टनले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको निर्माता विक्रम शाह बताउँछन् । हाम्रो आफ्नै मौलिक सामाजिक परिवेशलाई चलचित्रमा उतारिएकोले पनि चलचित्र सफल हुने शाहको दावी छ ।
पल्टन नेपाली चलचित्रक्षेत्रमा बेग्लै धारको चलचित्र हो
विक्रम शाह
कलाकार तथा निर्माता
कस्तो चलचित्र हो पल्टन ?
पल्टन एउटा मल्स्टिारले भरिएको यस्तो चलचित्र हो । जसले नेपाली चलचित्र यद्योगमा छुट्टै पहिचान राख्नेछ । देशप्रेमले ओतपोत भएको चलचित्र हो पल्टन् । हाम्रो आफ्नो समाज र देशको सुरक्षा आर्मी, प्रहरीले मात्र हैन हामी नागरिले पनि गर्न सक्नुपर्छ भन्ने सन्देश बोकेको छ चलचित्रले । चलचित्रमा तृप्ती नाडकर, राजेश हमाल, अमृत लामा, कुशल थापा, दिनेश थापा, करण क्रेजी, पुष्कर रेग्मी, दीपेन्द्र श्रेष्ठ, विजय देयजा लगायतका कलाकारहरुले उत्कृष्ट अभिनय गरेका छन् ।
नेपाली चलचित्रको बजार खस्केको बेला प्रदर्शनमा आउन लागेको चलचित्र पल्टनले कस्तो व्यापार गर्ला त ?
पल्टन नेपाली चलचित्र क्षेत्रमा बेग्लै धारको चलचित्र हो । देशप्रेम र हाम्रो समाजको आफ्नै विषयबस्तुलाई समेटेर तयार भएको पल्टनले राम्रै व्यापार गर्छ भन्नेमा म विश्वस्त छु ।
यौनकथा तथा ग्ल्यामरमा आधारित चलचित्र मात्र चलिरहेको छ नि हैन र ?
पल्टनले नेपाली चलचित्र क्षेत्रमा छुट्टै आयाम थप्नेछ । यौनकथा तथा ग्ल्यामरमा आधारित चलचित्र मात्र चल्छ भन्ने धारणालाई पल्टनले गलत सावित गरिदिनेछ । किनकी नेपाली चलचित्रका दर्शक त्यस्ता चलचित्र भन्दा पनि मौलिक चलचित्रमा रमाउँछन् भन्ने मलाई लाग्छ । त्यस्ता चलचित्रहरुले मात्र नेपाली बजार ओगटेको छ भन्नु गलत हो ।
अन्तमा…………… ?
सर्वप्रथम म समपूर्ण सन्चार माध्यमहरुप्रति आभारी छु । सन्चार माध्यमको ठूलो भूमिका छ मलाई विक्रम शाह भनेर चिनाउनुमा । त्यसैले सन्चारमाध्यम तथा सन्चाकर्मीहरुलाई पनि धन्यवाद नदिईरहन सक्दिन । अनि सम्पूर्ण दर्शकहरुलाई नेपाली चलचित्रलाई माया गरिदिनुहोस् भन्न चाहन्छु । दर्शकहरुको माया नै हामी नेपाली चलचित्रकर्मीहरुको लागि प्रेरणाको स्रोत हो । मेरो पहिलो प्रस्तुति चलचित्र पल्टन यहि फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । एक पल्ट चलचित्र हेरेर प्रतिक्रिया जनाइदिनुहुन अनुरोध गर्दछु ।
वथबलगबmबचण्द्दटठ२थबजयय।अयmरअजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयm
यो नागरिक पल्टनको विषमा बनेको चलचित्र हो
कमल दाहाल
स्क्रीप्ट लेखक
कस्तो चलचित्र हो पल्टन ?
पल्टन नागरिक पल्टनको विषयमा बनेको मनोरन्जनात्मक चलचित्र हो । यस चलचित्रको स्क्रीप्ट लेख्ने क्रममा मैले अन्यमा भन्दा बढी नै मेहेनत गरेको छु त्यसैले पनि चलचित्र राम्रो बनेको छ भन्ने मलाई लाग्छ ।
पल्टन दर्शकले मन पराउला त ?
पल्टन नेपाली दर्शकहरुले मन पराउनेछ भन्ने मलाई पूर्ण विश्वास छ । पल्टनले देशप्रेमको कथा बोकेको र कलाकारहरुले समेत चलचित्रलाई न्याय गरेको छ । बिल्कुलै नौलो स्वादको चलचित्र बनेकोले पल्टन दर्शकहरुले मन पराउनेछन् ।
यौन तथा ग्ल्यामर पनि छ पल्टनमा ?
पल्टन बिशुद्ध मनोरन्जनले भरिएको चलचित्र हो । यसमा नागरिक आफै पनि देश र समाजका विकृति विसंगति विरुद्ध पल्टन बनेर उभिनुपर्छ भन्ने सन्देश छ ।
अन्तमा…………… ?
सम्पूर्ण दर्शकहरुलाई नेपाली चलचित्रलाई माया गर्ने गर्नुहोस भनन चाहन्छु ।एउटा पृथक शैलीको नौलो स्वादको चलचित्र भएकोले एक पल्ट दर्शकहरुलाई हल सम्म पुगेर पल्टनलाई माया गर्नुहोस भन्न चाहन्छु । पल्टन यहि फागुन २५ गतेदेखि देशभर एक साथ प्रदर्शनमा आउँदैछ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |