धुलिखेल ÷ मूख्य चार दलले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएको विरोधमा विहिवार काभ्रेमा पनि दुई राजमार्ग ठप्प पारिएको छ । नेकपा – माओवादीको नेतृत्वमा धुलिखेलमा जम्मा भएका २२ दलसम्वद्ध कार्यकर्ताले अरनिको र वीपि राजमार्ग ठप्प पारेका हुन् ।
दिउसो १ बजेदेखि राजधानी भित्रने र बाहिने सवारी साधनहरु रोकिएको थियो । आन्दोलनकारीहरुले अत्यावश्यक सेवाका बाहेकका मोटरसाइकल समेत चल्न दिएनन् । सडक अव्रुद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप तर्फ जाने र राजधानी तर्फ आउँदै गरेका सयौँ सवारी साधनका यात्रुहरु धुलिखेलमै रोकिएका थिए । बीपी राजमार्ग भएर सिन्धुली–बदिर्बवास तर्फ जाने यातायातका साधन पनि चलेका थिएनन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |