धुलिखेल ÷ कर्तव्य ज्यान मुद्धामासर्वस्व सहित जन्मकैदको सजाय खेपिरहेका एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार धुलिखेलमा रहेका पार्वतीपुर– ६ चितवनका कुम बहादुर कामीको बिहीवार राती मृत्यु भएको कारागारले जनाएको छ ।
छातीमा समस्या देखिएको भनिएका उनको अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । कामीलाई कर्तव्य ज्यान मुद्धामा चिवतन जिल्ला अदालतले २०६६ साल माघ २७ गते सर्वस्व सहित जन्मकैदको सजाय तोकेको थियो । मृतक कामीले मानसिक सन्तुलन गुमेको रोगको औषधी र मुटु रोगीले सेवन गर्ने औषधी सेवन गरिरहेको बुझिएको छ । हृदयघातबाट उनको मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाको बारेमा छानबिन गर्न प्रहरी निरीक्षकको नेतृत्वमा छानविन टोली बनाएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |