Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यालयमा नै गोलभेँडा खेती ईट्टाभट्टामा जाने विद्यार्थी रोकिए

प्रभातफेरी अनलाइन १५२१ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र १८, आईतबार (१० साल अघि)
विद्यालयमा नै गोलभेँडा खेती ईट्टाभट्टामा जाने विद्यार्थी रोकिए

नगेन्द्र अधिकारी ÷ पुरानागाउँ (अधिकारीथुम )

दाप्चाको पुरानागाउँस्थित बाल उज्जवल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सविना सुवाल खाली समय हुने वित्तिकै विद्यालय नजिकै बारीमा पुग्छिन् । मौसम अनुसार, उनी त्यहाँ लगाइएको गोलभेँडाको झार उखेल्ने, पानी हाल्ने, खन्ने र यसको स्याहार सुसार गर्ने गर्छिन् ।

कक्षा ८ मा नै अध्ययनरत रेशम घोरसाइने पनि खाली समयमा  बारीमा नै पुगेका हुन्छन् । उनी पनि विद्यालयमा नै गरिएको गोलभेँडा खेतीको लागि समय खर्चिन्छन् । निकै मिहनेत गरेका उनी यो बर्ष ५० देखि ६० हजारको गोलभेँडा फलाउने आशा समेत गर्छन् ।

सविना र रेशम जस्ता यस विद्यालयमा अध्ययनरत ३४ विद्यार्थीले विद्यालयमा नै गोलभेँडा खेती गरिरहेका छन् । ईट्टाभट्टामा जाने विद्यार्थीलाई लक्षित कार्यक्रमकै कारण विद्यार्थी बाबुआमा सँगै अन्यत्र जाने क्रम रोकिँदै गएको छ  र पढाइ नियमति भएको छ । विश्व शिक्षाको सहयोगमा शान्ती जनआदर्श सेवा केन्द्रले “नयाँ बाटो नयाँ पाइला कार्यक्रम ” अन्तर्गत विद्यालयलाई ५० हजार सहयोग गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले उपलव्ध गराएको जग्गामा विद्यालयले अहिले कक्षा ६ देखि ९ सम्मलाई पाठ्यक्रम नै तयार गरेर “पुर्व व्यवसायिक शिक्षा ” दिइरहेको छ । ईट्टाभट्टामा जाने परिवारका ३४ विद्यार्थी अहिले विद्यालयमा नै गोलभेँडा खेती गरिरहेका हुन् । शिक्षक भुमिमान लामा र माधवप्रसाद पौडेलले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन् । कक्षा ६ र ७ मा सैद्धान्तिक ज्ञान दिने गरिएको छ  भने ८ र ९ ले प्रयोगात्मक गर्ने गरेका छन् ।

२०६८ साल फाल्गुनमा परियोजना शुरु हुनुभन्दा अघि सविना र रेशम पनि  इट्टाभट्टामा जाने गर्दथे । कमजोर आर्थिक पृष्ठभूमिका उनीहरुको यो वाध्यता पनि थियो । आजकाल उनीहरु बाबुआमा जाँदा पनि घरमा नै बस्छन् । “पढाई पनि हुने आम्दानी पनि हुने भएकाले विद्यालयमा नै खेती गरिरहेका हौँ । ” सविनाले भनिन् । विद्यालयले आम्दानीको ९० प्रतिशत विद्यार्थीलाई र १० प्रतिशत विद्यालयलाई वाड्ने गरेको छ । यसमा विद्यार्थी र अविभावक पनि खुशी छन् ।

विद्यालयका प्रधानाध्यापक श्रेष्ठले यसले पढाइ नियमित भएको सुनाउँछन् । “कार्तिक पछि चैत सम्म जाने भएकाले उनीहरुको पढाई विग्रने गरेको थियो, अहिले यो रोकिएको छ र पढाई नियमित भएको छ । ” उनले भने ।

यसबाट अविभावक पनि सन्तुष्ट छन् । आम्दानीको लागि नै बालबच्चा सँगै लानुपर्ने बाध्यता भएका उनीहरु सिप पनि सिकिने र आम्दानी पनि हुने भएकाले अविभावक समेत राजी भएको विद्यालयका शिक्षक एवं संयोजक भुमिमान लामाले बताए । “उहाँहरु (अविभावक) पनि सकरात्मक छन्, उहाँहरुलाई पनि सिकाउने गरेका छौँ । ” उनले भने ।

संस्थाले निकृष्ट खालको बालश्रम नियन्त्रण गर्न र विद्यालय शिक्षाको पहुँच बढाउन जिल्लाको बाल उज्जवल माध्यमिक विद्यालय, मंगल जनविजय उच्च मावि, रोशी माध्यमिक विद्यालय, जनक उच्च मावि, लक्ष्मीनारायण उच्च मावि, श्रीकृष्ण उच्च माविमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम संयोजक मञ्जु मानन्धरका अनुसार, विभिन्न विद्यालयका ४ सय ८० विद्यार्थी लाभान्वित छन् । पाइलट प्रोजेक्टको रुपमा सञ्चालित यस कार्यक्रमको सफलतासँगै अन्य विद्यालयमा पनि विस्तारको योजना रहेको संस्थाका अध्यक्ष शंखवुद्ध लामाले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0