Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यालयमा नै गोलभेँडा खेती ईट्टाभट्टामा जाने विद्यार्थी रोकिए

प्रभातफेरी अनलाइन १७९७ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र १८, आईतबार (१२ साल अघि)
विद्यालयमा नै गोलभेँडा खेती ईट्टाभट्टामा जाने विद्यार्थी रोकिए

नगेन्द्र अधिकारी ÷ पुरानागाउँ (अधिकारीथुम )

दाप्चाको पुरानागाउँस्थित बाल उज्जवल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सविना सुवाल खाली समय हुने वित्तिकै विद्यालय नजिकै बारीमा पुग्छिन् । मौसम अनुसार, उनी त्यहाँ लगाइएको गोलभेँडाको झार उखेल्ने, पानी हाल्ने, खन्ने र यसको स्याहार सुसार गर्ने गर्छिन् ।

कक्षा ८ मा नै अध्ययनरत रेशम घोरसाइने पनि खाली समयमा  बारीमा नै पुगेका हुन्छन् । उनी पनि विद्यालयमा नै गरिएको गोलभेँडा खेतीको लागि समय खर्चिन्छन् । निकै मिहनेत गरेका उनी यो बर्ष ५० देखि ६० हजारको गोलभेँडा फलाउने आशा समेत गर्छन् ।

सविना र रेशम जस्ता यस विद्यालयमा अध्ययनरत ३४ विद्यार्थीले विद्यालयमा नै गोलभेँडा खेती गरिरहेका छन् । ईट्टाभट्टामा जाने विद्यार्थीलाई लक्षित कार्यक्रमकै कारण विद्यार्थी बाबुआमा सँगै अन्यत्र जाने क्रम रोकिँदै गएको छ  र पढाइ नियमति भएको छ । विश्व शिक्षाको सहयोगमा शान्ती जनआदर्श सेवा केन्द्रले “नयाँ बाटो नयाँ पाइला कार्यक्रम ” अन्तर्गत विद्यालयलाई ५० हजार सहयोग गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले उपलव्ध गराएको जग्गामा विद्यालयले अहिले कक्षा ६ देखि ९ सम्मलाई पाठ्यक्रम नै तयार गरेर “पुर्व व्यवसायिक शिक्षा ” दिइरहेको छ । ईट्टाभट्टामा जाने परिवारका ३४ विद्यार्थी अहिले विद्यालयमा नै गोलभेँडा खेती गरिरहेका हुन् । शिक्षक भुमिमान लामा र माधवप्रसाद पौडेलले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन् । कक्षा ६ र ७ मा सैद्धान्तिक ज्ञान दिने गरिएको छ  भने ८ र ९ ले प्रयोगात्मक गर्ने गरेका छन् ।

२०६८ साल फाल्गुनमा परियोजना शुरु हुनुभन्दा अघि सविना र रेशम पनि  इट्टाभट्टामा जाने गर्दथे । कमजोर आर्थिक पृष्ठभूमिका उनीहरुको यो वाध्यता पनि थियो । आजकाल उनीहरु बाबुआमा जाँदा पनि घरमा नै बस्छन् । “पढाई पनि हुने आम्दानी पनि हुने भएकाले विद्यालयमा नै खेती गरिरहेका हौँ । ” सविनाले भनिन् । विद्यालयले आम्दानीको ९० प्रतिशत विद्यार्थीलाई र १० प्रतिशत विद्यालयलाई वाड्ने गरेको छ । यसमा विद्यार्थी र अविभावक पनि खुशी छन् ।

विद्यालयका प्रधानाध्यापक श्रेष्ठले यसले पढाइ नियमित भएको सुनाउँछन् । “कार्तिक पछि चैत सम्म जाने भएकाले उनीहरुको पढाई विग्रने गरेको थियो, अहिले यो रोकिएको छ र पढाई नियमित भएको छ । ” उनले भने ।

यसबाट अविभावक पनि सन्तुष्ट छन् । आम्दानीको लागि नै बालबच्चा सँगै लानुपर्ने बाध्यता भएका उनीहरु सिप पनि सिकिने र आम्दानी पनि हुने भएकाले अविभावक समेत राजी भएको विद्यालयका शिक्षक एवं संयोजक भुमिमान लामाले बताए । “उहाँहरु (अविभावक) पनि सकरात्मक छन्, उहाँहरुलाई पनि सिकाउने गरेका छौँ । ” उनले भने ।

संस्थाले निकृष्ट खालको बालश्रम नियन्त्रण गर्न र विद्यालय शिक्षाको पहुँच बढाउन जिल्लाको बाल उज्जवल माध्यमिक विद्यालय, मंगल जनविजय उच्च मावि, रोशी माध्यमिक विद्यालय, जनक उच्च मावि, लक्ष्मीनारायण उच्च मावि, श्रीकृष्ण उच्च माविमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम संयोजक मञ्जु मानन्धरका अनुसार, विभिन्न विद्यालयका ४ सय ८० विद्यार्थी लाभान्वित छन् । पाइलट प्रोजेक्टको रुपमा सञ्चालित यस कार्यक्रमको सफलतासँगै अन्य विद्यालयमा पनि विस्तारको योजना रहेको संस्थाका अध्यक्ष शंखवुद्ध लामाले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0