के भूल भयो र सानु !
तिमीलाई माया कति गर्छु म आफैलाई थाह छैन ।
जीवनभरलाई तिमीलाई रोजें अन्य कुनै चाह छैन ।।
रहर भन्नु एउटै नै छ मेरो अब भर्ने तिम्रो सिउँदो ।
तिमी बिनाको जीवन सून्य लाग्छ एक्लै रहेर जिउँदो ।।
तिमीलाई त ज्यानै दिन्छु भनी वाचा कसम खाइदिँदा ।
बसेथें कुरी तिम्रो बाटो हुनुप¥यो निरास तिमी नआइदिदा ।।
भनाइ र गराइमा रैछ फरक धेरै यहाँ ।
मायालाई माया ठान्नेको कमी भेटिनेछ जहाँ ।।
“यो कुनै नाटक हैन छोरी । म वास्तविकता भन्दैछु । तेरी आमा यहिँ काठमाण्डौ कै अस्पतालमा छे । तिमीलाई मैले घर हिँड भनेर भनेको हैन । पहिलाका तीता मीठा कुराहरुलाई बिर्सिएर केवल एक पल्ट त मलाई विस्वास गरेर अस्पतालसम्म गएर तिम्री आमालाई अनुहार देखाइदेउ । यतिभन्दा अरु म केहि भन्दिन तिमीलाई बाँकी तिमै्र इच्छा ।” यसरी रेखाको बुबाले आफूले झूठो कुरा नगरेको तथा साँच्चै नै रेखाकी आमा बिमारी नै भएको बताए ।
आखिर रेखाले पनि आफ्नो बुबाको कुरालाई पत्याउन करै लाग्यो । रेखा उनको बुबा र भदैनीसँग आमालाई भेट्न अस्पतालतर्फ लागे । प्रवीणलाई पनि रेखाले सँगै जान आग्रह गरेकी थिइन् तर प्रवीणको अन्तै इमरजेन्सी काम छ भनेर अफिसतिर लाग्यो ।
अस्पतालमा पुगेर उनीहरुले रेखाको आमालाई भेटे । उनकी आमालाई धेरै सुधार भैसकेको उनको सहयोगीहरुले बताए । उनका सहयोगीहरुसँग बसिरहेका रेखाकी आमा रेखालाई देख्नासाथ यति खुसी भइन् की खुसीको कुनै सीमा नै भएन । उनकी आमा धेरै पछि आफ्नी छोरीलाई भेट्न पाउँदा सारा संसार नै जिते झैं अनुभूति गर्दैथिइन् । आमालाई भेटेर उनीहरु सबै पुन आफ्नै कोठामा फर्किए । उनको बुबा भने अस्पतालमा नै बसेका थिए ।
केहि दिन पछि रेखा आफ्नी आमालाई घर सम्म पु¥याएर तुरुन्तै फर्कन्छु भनेर अएकी फर्केर नै आइनन् । के रेखाको प्रवीण प्रतिको माया दुई दिनको नाटक मात्र थियो त ? के उनीहरुको मायाको डोरी साँच्चै नै चुडिएकै थियो त ? आखिर के कारण उनीहरुको परेवाको जोडी झैं मायामा दरार आयो ? सुखमा त सबैले सजिलै जीवन जीउन सकछ तर पीडै पीडामा रुमल्लिएर जीवन जीउन कति सहज होला त्यो त सायद प्रवीण जस्ता पिडितलाई मात्र थाह होला । अनि चोखो माया गरी मायाको संसारमा डुब्नेलाई नै थाह होला । आफन्तबाट नै घात उपहार पाउनेलाई थाह होला मायाको पीडा सहन कति सहज कति असहज हुन्छ भन्ने । माया जस्तो पवित्र शब्दलाई आफ्नो स्वार्थ अनुकुल बनाउन खोज्नहरुलाई के थाह के हो मायाको मीठास ?
उता प्रवीण भने अतितमा डुब्दै थियो । हरियालीले ढाकिएको सुन्दर प्राकृतिक सुन्दरतामा रम्दै रेखाकोे काखमा आफ्नो शीर राख्दै मायाको संसारमा हराउँदै थिए । मीठा मीठा मायाका कुराहरु गर्दै मायाको संसारमा आफूलाई डुबाउँदै थिए । “रेखा, माया प्रेमलाई किन आफ्नो स्वार्थ पूर्तिको साधन बनाउँछन् मानिसहरु …………………… ? मलाई……. धोका दिने त छैनौ नि तिमीले ? आजभोलीका यूवतीहरु सुन्दर तन, धन दौलतलाई हेरेर माया गर्छन् रे !” साजनको कुरा नसकिँदै सजनाले भनी– “के मेरो विश्वास छैन तिमीलाई ? के थाह तिमीलाई म तिमीलाई कति माया गर्छु भन्ने कुरा ? तिमी बिनाको जीवन त म कल्पना पनि गर्न सक्दिन । जिन्दगी जीउन त माया चाहिन्छ सम्पत्ति हैन । म तिमी बिना बाँच्न सक्दिन साजन । मलाई जुनी भरको लागि, यो जन्म मात्र हैन सयौं जन्म तिम्रो बनाऊ । म केबल तिम्रै हुन चाहन्छु ।” एक्कासी प्रवीण अतितबाट वर्तमानमा फर्कियो ।
फेरी एकपल्ट उसले रेखाको मोबाइलमा सम्पर्क गर्न खोज्यो तर ………. तर फेरि उस्तै नियति “माफ गर्नुहोला…………..” आखिर के हुँदैछ यहाँ ? के भो रेखालार्ई ? किन उनको मोबाइल स्वीच अफ छ त ? उस्तै यस्तै प्रश्न उब्जियो उसको मनमा । “ के रेखाले मेरो जीवन अनि भावनासँग खेलवाड मात्र गरेकी हुन् त ? के मलाई उनले धोका दिएकै हुन् त ?” यस्ता अनगिन्ती प्रश्नहरु उब्जिरह्यो उसको मन मस्तिष्कमा ।
“होईन ऽऽ होईन यो सब मेरो भ्रम मात्र हो । उनले मलाई धोका दिन सक्दिनन् । उनी त मेरो मुटुको धड्कन हुन ् । यदि रेखा तिमीले मलाई धोका दिएकै हौ भने तिम्रा ती बाचा कसम सारा झुठा हुन् त ? किन यति झुठो बाचा कसम खायौ त ? किन ? आखिर धोका दिनु नै थियो त किन झुठा वाचा कसम खायौ ? आखिर किन ? पल पल तड्पाएर मार्नु भन्दा एकै चोटि बिष पिलाएर मारेको भए पनि त हुन्थ्यो । हाँसी हाँसी मरिदिन्थें तिम्रो खुसीको लागि केवल तिम्रै खुसीको लागि । जसलाई आफ्नो ठानें । जसलाई आफ्नो सबथोक सम्झें ऊ नै पराई भए पछि अब बाँच्नुको के नै अर्थ रह्यो र ? अब ममा कुनै जिउने चाह छैन । तिमीबिना म बिल्कुल एक्लो छु । मेरा सबै खुसीहरु रित्तिए । मलाई अब उस स्वार्थी संसारमा बाँच्नु छैन ।” एक्कासी साजनले आफूलाई सम्हाल्नै सकेन र भित्तामा आफ्नो टाउको ठोक्काउन थाल्यो । टाउको ठोक्काउँदा ठोक्काउँदै अर्धचेत बन्यो ऊ । डङ्रङ्ङ भुईंमा ढल्न पुग्यो साजन ।
बेहासीमा नै बर्बराउन थाल्यो ऊ– “ रेखा क्ष् ीयखभ ग्, म तिमीबिना बाँच्न सक्दिन । मलाई छाडेर नजाऊ । सयौं जन्मको साथ दिन्छु भन्ने । तर … तर ठीक छ, तिमी खुशी छौ नी ? म बाट के भूल भयो ? मेरो सबथोक नै तिमीलाई सुम्पीसकेथें मैले त । म बाट केहि गल्ति भए माफ गर ल । सायद तिमीलाई खुसी राख्न तिमीलाई दिने मसँग केहि थिएन र त तिमीले मलाई आफ्नो हृदयबाट निकाली फोहोरको नालीमा फालिदियौ । ठीकै छ………, ठीकै छ सधैं तिमी खुसी रहनु ल म पीडामा जले पनि, मरे पनि । म तिमी बिना न त खुसी हुन नै सक्छु न त अरुलाई नै खुसी दिन सक्छु । मात्र तिमी खुसी रहनु …………. । तिमीले किन मलाई पराया बनायौ रेखा…………… ?
क्रमशः
( घटना सत्य भए पनि पात्रहरु प्mेरिएका छन् )
अजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयm
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |