Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वतन्त्रता नै लोकतान्त्रिक व्यवस्थाको आधार हो -उद्धवप्रसाद नेपाल

प्रभातफेरी अनलाइन २२०६ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख ७, शनिबार (१३ साल अघि)
Post Thumbnail

स्वतन्त्रता विश्वमा निकै लोकप्रिय शब्द हो । यो शब्दको उत्पत्ति सन् १९८९ तिर फ्रान्सको राज्य क्रान्ति भएको समयमा देखा परेको हो । नेपाली वृहत शव्दकोषका अनुसार स्व र तन्त्र मिलेर स्वतन्त्र शब्दको निर्माण भएको हो र यसमा ता प्रत्यय जोडिइ स्वन्त्रता भन्ने शब्दको उत्पत्ति हुन्छ । यसको सामान्य अर्थ खुलापन हो । कुनै पनि बन्धनबाट मुक्ति पाउनु भन्ने यसको वास्तविक अर्थ हुन्छ । स्वतन्त्रता शब्द वर्तमानमा प्रजातन्त्रका आत्माका रुपमा फैलिएको पाईन्छ । स्वतन्त्रता आजको विश्वमा अति आवश्यक भईसकेको छ । सबै मानिसहरुले बिना रोकतोक आफ्ना कामहरु गर्न पाउन् र कसैले पनि कसैको बिचार माथि अङ्कुस नलगाओस भन्ने बुझीन्छ । त्यस्तै आफ्ना क्रियाकलापहरु सञ्चालन गर्दा अरुलाई हानी नोक्सानी र अरुले पनि आफुलाई कुनै किसिमको नोक्सानी नपु¥याओस भन्ने भाव यस शब्दले गरेको पाईन्छ । हरेक नागरिकलाई दैनिक जिवन यापन गर्नका लागी आर्थिक स्वतन्त्रताको अति नै आवश्यक पर्छ । आर्थिक स्वतन्त्रता बिना प्रजातान्त्रीक समाजवाद अधुरो नै रहन्छ । आर्थिक स्वतन्त्रता भन्नाले आफुले उद्योग, कलकारखाना, व्यापार व्याबसाय सञ्चालन र श्रम गरि कमाएको सम्पत्ति स्वईच्छाले उपभोग गर्न पाउनु नै आर्थिक स्वतन्त्रता हो । यस्तो आर्थिक स्वतन्त्रता प्रजातान्त्रिक समाजवादमा मात्र सम्भव छ ।  स्वतन्त्रताले मानव जिवन सुखमय यापन गर्न सहयोग गदर्छ । स्वतन्त्रता धेरै किसिमका हुन्छन् । स्वतन्त्रतालाई निम्नानुसार वर्गिकरण गरिएको पाइन्छ प्राकृतिक स्वतन्त्रता , नागरिक स्वतन्त्रा वा समाजिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता र धार्मिक स्वतन्त्रता लगायत विविध स्तन्त्रता समाजवादमा रहन्छ ।
प्राकृतिक स्वतन्त्रताः प्राकृतिक स्वतन्त्रता भनेको मान्छेको जन्मसिद्ध स्वतन्त्रता हो । मान्छे स्वतन्त्र जन्मन्छ र जन्मिसकेपछि सर्ववेदाङ्ग सामाजिक तरिकाले अनि कानुनी रुपमा ऊ बन्धनमा पर्छ । प्राकृतिक अवस्थामा मानिस आफ्नो इच्छानुसारको जुनसुकै काम गर्न पनि सक्थयो । त्यसैले उसलाई प्राकृतिक स्वतन्त्रता थियो ।  नागरिक स्वतन्त्रताः नागरिक वा समाजिक स्वतन्त्रता व्यक्तिले समाजको सदस्यको नाताले पाउने स्वतन्त्रता हो । यसमा व्यक्तिलाई शाररिक सम्पत्ति, विचार अभिव्यक्ति, न्याय तथा समानता आदिको स्वतन्त्रता पर्दछन । व्यक्ति जुन देशको नागरिक हो सोहि देशको कानुन र नियमानुसार स्वतन्त्रताको उपभोग गर्छ । आफु सन्तुष्ट नभएसम्म व्यक्तिगत र सामुहिक रुपमा आवाज उठाउनु पाउछ । राज्यको शासक विरुद्ध संघर्ष पनि गर्न पाउनुपर्छ ।
आर्थिक स्वतन्त्रताः मानव समाजका लागी दैनिक उपभोग गर्न चाहिने गाँस, बास, कपास, शिक्षा, स्वस्थ र रोजगारको लागी आवश्यक स्रोत अर्थ नै हो । कुनै पनि देशका नागरिकहरु आर्थिकरुपमा समान रहनु नै आर्थिक समानता हो । आर्थिक समानताको अर्काे अर्थ सम्पत्तीको समान र समयोचित वितरण गर्नु हो । हरेक मानवलाई बाँच्नको लागी आर्थिक समानता प्रमुख हो । देशका विपन्न तथा गरिब वर्गलाई भोक, रोग र अशिक्षाका साथै नाङ्गो आङलाई ढाक्नु पहिलो प्राथमिकता हो । विश्वका चर्चित सिद्धान्तहरु प्रजातान्त्रिक समाजवाद र माकर््सावादी साम्यवाद सिद्धान्तप्रति बिश्वास राख्ने जो सुकै नागरिकलाई पनि अर्थको पहिलो आवश्यक पर्दछ । सिद्धान्त र आर्दश भन्दा पनि हरेक नागरिकलाई बाँच्नको लागी आवासको साथै पेट भरि खान पाउनु र एक सरो कपडा लगाउन पाउनु महत्वपूर्ण कुरा हो । त्यसैले राज्यले हरेक नागरिकलाई सम्पत्तीको समान वितरण र आर्थिक उपार्जन गर्न पाउने अधिकार उद्योग कल कारखाना व्यबसाय गर्न पाउने अधिकार आय आर्जन र सम्पत्तीको उपभोग गर्न पाउनु नै आर्थिक समानता हो । यो बिना अन्य समाानताको अर्थ हुदैन । महामानव विपि कोइरालाका अनुसार समाजमा अर्थिक क्रान्ति ल्याउनु नै समाजवाद हो । समाज परिवर्तनको मुख्य आधार पनि आर्थिक परिवर्तन नै हो ।
राजनैतिक स्वतन्त्रता ः सबै नागरिकहरुले राजनैतिक रुपमा समान अवशर पाउनुपर्छ भन्ने हो । राज्य सञ्चालनमा सबै नागरिकले समानरुपले भाग लिन पाउनु र आफ्नो प्रतिनिधि छान्ने स्वतन्त्रता हुनु नै राजनैतिक समानता हो । त्यस्तै उम्मेदवार बन्ने, मतदान गर्ने निवार्चन पक्रियाबाट राज्य सञ्चालनमा प्रतक्ष्य सशभागी हुने अवशर पनि सबै नागरिकहरुले समानरुपले पाउनुपर्छ । यहि नै राजनैतिक स्वतन्त्रता हो । बहुदलिय प्रजातन्त्रको एउटा अभिन्न अङ्ग राजनैतिक स्वतन्त्रता पनि हो । यसले मानिसलाई पूर्ण स्वतन्त्र बनाउन सहयोग गर्छ । आफ्नो अधिकारका बारेमा सोच्न र अधिकारको सहि उपयोग गर्न पनि राजनैतिक समानताले सहयोग गर्छ । राजनैतिक स्वतन्त्रता पनि प्रजातन्त्रको अभिन्न अङ्ग हो । आफ्नो राज्यमा बस्ने सबै नागरिकहरुले वालिक मतअधिकारका भाग लिन पाउनु र राजनितिमा कुनै न कुनै रुपले भाग लिन पाउनु नै राजनैतिक स्वतन्त्रता हो । यसबाट नागरिकले आफुले रोजेको दल र सो दलको व्यक्तिलाई आफ्नो प्रतिनिधिको रुपमा छनोट गर्न पाउनु निर्वाचित प्रतिनिधिले निश्चित समयको लागी संविधानमा व्यबस्था भए बमोजिम राज्य शासन सञ्चालन गर्न पाउछन् । राजनैतिक स्वतन्त्रताबाट नै सबै किसिमका स्वतन्त्रता प्राप्त हुन सक्छ । यस अन्तर्गत दल वा पार्टी संघ सस्था वा संगठन खोल्न पाउने अधिकार रहन्छ । आफ्नो बिचार सम्प्रेसण गर्न हरेक नागरिकलाई स्वतन्त्रता रहन्छ । यस्तो स्वतन्त्रता बहुदलिय प्रजातन्त्र ब्यबस्थामा मात्र सम्भव छ । निरंकुश राजतन्त्र, शैनिक शासन, एकदलिय साम्यवादी शासनमा स्वतन्त्रता र समानता पाईदैन । त्यसैले आज विश्वका अधिकांश मुलुकहरु बहुदलिय प्रजातान्त्रीक ब्यबस्थाप्रति आकर्षित भएका छन् । बहुदलिय प्रजातान्त्रीक ब्यबस्थामा मात्र मानव अधिकारको ग्यारेन्टी रहन्छ । त्यसैले हामी सबै नागरिकले स्वतन्त्रता र समानताको रक्षाका लागी बहुदलिय प्रजातान्त्रीक ब्यबस्था नै रोज्नु पर्छ । यसैगरि राजनैतिक स्वतन्त्रताको सन्दभैमा विपिको भनाइ यस्तो छ कि “दल विहिन वा एकदलिय ब्यबस्था स्वइच्छाचारी हुन्छ निरंकुश प्रवृति वा शासकले नागरिकलाई यातना दिन्छ र मौलिक हक अधिकारको उपेक्षा गरेको हुन्छ त्यसैले हरेक नागरिकको कल्याण बहुदलिय प्रजातन्त्रमा मात्र सम्भव छ ।”
धार्मिक स्वतन्त्रता ः मानिस जन्मने बित्तिकै आफ्नो कुल, धर्म, संस्कृति, परम्परा र संस्कार अनुसार कुनै न कुनै धर्मसंग सम्बन्धित हुन्छ । हरेक मानिसलाई आफ्नो विश्वास र कुल परम्पराको आधारमा धर्म गर्न कानुनले छुट दिनुपर्छ । यहि नै धार्मिक स्वतन्त्रता र समानता हो । धार्मिक समानता नभएको अबस्थामा समाजमा अशान्ति, हत्या, हिंसा, उत्पन्न हुन्छ । युद्ध हुन्छ । त्यसैले राज्यको शासकवर्गंले कुनै पनि धर्मलाई हतोत्साहित गर्न हुदैन । जनताको धार्मिक स्वतन्त्रता माथि आघात पुग्ने काम सरकारले गर्नु हुदैन । त्यसैले धार्मिक समानता  निकै महत्वपुर्ण मानिन्छ ।
धर्मिक स्वतन्त्रता मानव समाजमा अनिवार्य छ । राज्यको शासकले धर्ममा प्रतिबन्ध लगाउछ भने मुलुकमा अशान्ति फैलिन सक्छ । त्यसैले शान्तमय समाजको सिर्जनाको लागी धार्मिक स्वतन्त्रता अनिवार्य छ  । हरेक नागरिकले आफ्नो कुल परम्परा अनुसारको धर्मको प्रचार प्रसार अध्ययन अनुसन्धान र स्वतन्त्र रुपमा धर्म संस्कृतिको प्रचार गर्न पाउनु नै धार्मिक स्वतन्त्रता हो । राज्यले वा कोही कसैले पनि कुनै धर्म र संस्कृतिप्रति जवरजस्ती थोर्पन पाउदैन । त्यसैले हरेक नागरिकलाई  धार्मिक आधारमा भेदभाव गर्न पाईदैन ।
नैतिक स्वतन्त्रताः नैतिक स्वतन्त्रता पनि मानव समाजमा अनिवार्य नै हुन्छ । नैतिक स्वतन्त्रताले मानवसमाजमा नैतिकताको बिकास गराउछ । नैतिकताको प्रभाव सामाजिक र राजनैतिक  दुबै क्षेत्रमा पदर्छ । नागरिकलाई यसले समाज र राष्ट्रिको नैतिक जिम्मेवारी लिन सिकाउछ । आदर्श र समाज राष्ट्रको कल्पना नागरिकको समुचित नैतिक स्वतन्त्रतामाथि आधारित छ । यो पनि व्यक्तिगत स्वतन्त्रताभित्र पर्छ । नैतिकता भन्ने कुरा देशका हरेक नागरिकमा हुनु अनिवार्य छ । तर एउटा व्यक्तिको स्वतन्त्रताले अर्काे व्यक्तिको स्वतन्त्रतामा हानी पु¥याउनु भने हुैदन । मानव चेतनाले स्वतन्त्रताको माग गर्दा स्वतन्त्रताको रक्षा राज्यबाटै हुनुपर्छ । राज्यले कानुन बनाई यस्तो परिस्थति निर्माण गदर्छ जहाँ स्वतन्त्रताको रक्ष सम्भव छ ।
व्यक्तिगत स्वतन्त्रताः व्यक्तिको चौतर्फी बिकास गर्नु कानुनको उद्देश्य हो । कानुनी राज्यले मात्रै हरेक व्यक्तिको स्वतन्त्रताको अनुभुति गर्न सक्छ । कानुने सदा स्वतन्त्रताको रक्षा गर्छ । जहाँ स्वतन्त्रता छैन त्यहाँ कानुन पनि छैन । स्वतन्त्रता र कानुन एक अर्काका परिपुरक हुन् । यी दुबै एकअर्कामा  आधारित पनि हुन्छन् ।
बहुदलीय प्रजातान्त्रीक मुलुकमा नागरिकका प्रतिनिधिहरुबाट ऐन नियमको निर्माण गरिन्छ । जनताको प्रतिनिधिले बनाएको संबिधान, ऐन,नियमले मात्र जनताको भलो गर्छ । जनतालाई आघात पर्ने कानुन जनताका  प्रतिनिधिले बनाउदैनन् । नागरिकलाई कानुनी स्वतन्त्रता प्राप्त हुन्छ । त्यसैले आज विश्वका अधिकांश मुलुकहरु ब्हुदलीय प्रजातान्त्रिक संससदिय व्यवस्थाप्रति आकर्षित भएका छन् । यहि प्रजातान्त्रिक व्यवस्थामा मानव अधिकारको रक्षा ग्यारेन्टी हुन्छ । कानुनी राज्यमा सार्वभौमसत्ता जनतामा निहित भई प्राकृतिक स्वतन्त्रता ,नागरिक स्वतन्त्रा वा समाजिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता,नैतिक स्वतन्त्रता र व्यक्तिगत लगायतका स्वतन्त्रता व्यक्तिले प्राप्त गर्दछ । यी कुरा बहुदलीय प्रजातान्कि शासन व्यवस्थामा मात्र सम्धव भएकाले हामीले आफ्नो स्वतन्त्रताको रक्षको लागी यहि व्यवस्था नै रोज्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0