Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालका तीर्थहरुको वर्णन

प्रभातफेरी अनलाइन ३०२६ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २१, शनिबार (१३ साल अघि)
Post Thumbnail

श्री सुतजी भन्नुहुन्छ – जन्मेजय महारजपछि जैमिनी मुनीले महात्मा मार्कण्डय मुनिसँग सोध्नुभयो । हे त्रिकालदर्शी सर्वज्ञ मुनिश्वर तपाईले सबै स्थानका तीर्थहरुका साथै नेपालका फरात्रिक तिर्थहरुलाई जान्नुभएको छ । कृपा गरेर हामीहरुलाई पनि नेपालमा भएका तिर्थहरुको नाम तपाईका मुखारबिन्दबाट सुन्न पाउँ ।
मार्कण्ड मुनि भन्नुहुन्छ, हे मुने ! तपाईलाई नेपालमा भएका फलदायक तिर्थहरुका नाम भन्दछु मन दिएर सुन्नुहोस् । पिठहरुमा सबैभन्दा पहिलो पिठ तिर्थ मध्यको नेपालको पहिलो पिठ श्लेष्मानतक वनमा थियो । त्यो वन शालताल रुख बिरुवा सुन्तला कागती सहितले परिपूर्ण वन थियो । त्यहाँ अनेकौ झर्नाहरु कलकल र चराचुरुङ्गीको चुँ चुँ आवाजले गुञ्जाएमान थियो । बागमति नदी किनारमा श्लेष्मान्तक वनलाई देखेर हे मुनि श्रेष्ठ पार्वतीका साथ श्री महादेव जी ज्यादै प्रसन्न हुनुभयो र काशीलाई छाडेर श्री महादेव पार्वतीका साथ श्लेष्मान्तक वनमा बस्न थाल्नुभयो । त्यसै ठाउँमा देवता तथा आफ्ना गणहरुलाई छलेर त्यसै ठाउँमा बस्न लाग्नुभयो ।
पार्वती सहित मृग रुपले वन विहार गर्न लाग्नुभयो । शिवपार्वतीलाई देवताहरुले नदेखता सबै व्याकुल भए । नारद आदि ब्रह्मादी देवता थकित भएर हिमालय पर्वतको मुनि शिवर र पार्वतीको ध्यान सबै ऋषिमुनि र देवताहरु पुगे । त्यो ठाउँसम्म परेको श्लेष्मान्तक नाम गरेको वन थियो । त्यहाँ एउटा सिंग तिन आँखा भएको शरीर पुष्ठ मृग रुप धारी शिव पार्वतीलाई देवताहरुले खेदेर खुशी भए । सबै देवताहरु मृग रुपधारी शिव पार्वतीको स्तुति गर्न लागे । शिवले तैपनि मृग रुपलाई छाडेनन् । अनि ब्रह्मा, विष्णु, इन्द्रले सल्लह गरेर तिनै तिरबाट घेरा हाली समात्ने सल्लाहले घेरा हाली तिनै देवताले शिव रुप मृगका सिंगमा समाते मृग उफ्रँडा सिंग तीन टुक्रा भयो ।
हे मुने शिव बागमतिका किनारमा महाशिव रुप धारण गरेर रहनुभयो । ब्रम्हादि देवताहरुले हात जोडेर स्तुति गर्दै भन्न लागे । हे महारुद्र हिडुनहोस् । तपाई बिना हामीलाई यो संसारै शुन्य भइरहेको छ । हाम्रो दया गरि काशीपुरी अथवा हिमालयमा हिड्नुहोस् । देवताहरुका यस्तो प्रार्थना सुनेर विजी भन्नुहुन्छ, हे देवता हो ! म यहि रमाइलो श्लेष्मान्तक वनमै बस्दछु । म अब यहाँबाट कहिँ पनि जान्न पशु रुपमा स्थापित भए । अब मेरो नाम पशुपति भयो । जो देवता अथवा मनुष्य मलाई पशुपतिका रुपमा पुजा गर्दछ भने मेरा कृपाले तयसले पशु योनीमा जन्म लिनुपर्दैन । जसले मृगेन्द्र शिखर (मृगस्थलिबा) बागमतिको जल देख्दछ, अथवा पिउँदछ भने त्यो पशु योनीमा पर्नु पर्दैन । पशु कुण्डमा जसले नुहाएर मृगस्थली चढेर किरातेश्वर महादेवको दर्शन गर्दछ, त्यसको सबै पापको नाश भएर मुक्त हुनेछ ।
जसले कात्तिक महिनाको कृष्णपक्षको चतुर्दशीका दिन मृगस्थलीको प्रक्षिणा गरी दर्शन गर्दछ भने त्यो स्वर्ग जानेछ । हे ब्रह्मा, विष्णु, इन्द्र तपाईहरुका हातमा भएको मेरो सिंगलाई तपाइृहरुले आफुले चाहेको ठाउँमा स्थापना गर्नु होला । त्यसपछि पार्वतीले (गौरी) महादेवसँग भन्नुभयो । हे नाथ ! म पनि तपाई कै समिप बस्दछु । पार्वतीका यस्ता कुरा सुनेर श्री शिवले भन्नुभयो, हे गिरिजे (हिमालयपुत्री) तिमीलाई म यौटा गोप्य कुरा भन्छु सुन । पूर्वजन्ममा तिमी दक्ष प्रजापतिको छोरी थियौ । तिमीले आफ्ना बाबुको अपमान सहन नसकि प्राण त्यागेकी थियौं । मैले तिम्रो मृत शरीरलाई मायाले छाड्न नसकी काँधमा बोकेर हिँडेको थिएँ । त्यो देखे र श्री विष्णुले आफ्नो सुदर्शन चक्रले टुक्रा टुक्रा पारी खसाली दिनुभयो । त्यसबेला तिम्रो गुप्त अंग बागमती नदी किनार मृगस्थलीको उत्तर दिशामा भव्य परम पिठ्छ । हे पार्वती तिमी मेरो नजिक रहनेछ्यौं । तिम्रो नाम वत्सला हुनेछ । मेरो आज्ञाले तिमी आग्नेय दिशामा सँधै वस । बागमतिको जलामा नुहाएर हे शिवे तिमी वतसला देवीको जसले पूजा गर्छ र साथै दर्शन गर्दछ भने त्यसको कैलाशको नाश हुनेछ ।
जो मानिस मेरो समिप वा गुह्यश्वरीको नजिक भक्तिपूर्वकले जयपुजन गर्छ भने त्यसले सिद्धि प्राप्त गर्दछ । यस्तो शिवको आशिर्वाद पाएर पार्वती वत्सला नामधारण गरेर बस्नुभयो ।
विष्णुको हातको सिंग विष्णुले बागमति किनारको उत्तरतिर स्थापना गरि तयसको नाम सर्वपाप हरि राख्नुभयो । जसले विष्णुले स्थापना गरेको लिङ्गको पुजा दर्शन गर्दछ सबै पापबाट मुक्त हुनेछ । भाद् महिनाको औंसीका दिन जसले आफ्ना पितृका नाममा पिण्ड दिन्छ, श्राद्ध गर्दछ । यसका पितृ तृप्त हुनेछन् । गोकर्णको नजिक मृगपतन पहाडबाट फालहाली प्राण त्याग्दछ, त्यसको मनले चिताएको पुग्दछ । नेपाल महात्मय बताइएको छ ।
ब्रह्माको हातमा भएको सिंग ब्रह्माले लगेर दक्षिण सागर गएर गोकर्णेश्वर नामको उत्तम लिङ्ग स्थापना गर्नुभयो । गोकर्णेश्वरदेखि दक्षिण गोकर्ण नाम गरेको तिर्थ छ, त्यो तिर्थ उत्तम मानिएको छ । इन्द्रको हातमा भएको सिंग पनि इन्द्रले अमरावतीमा लगेर सबै कार्य सिद्धका लागि सर्वकार्य सफलता लिङ्ग स्थापना गर्नुभयो । बागमति नदी किनारमा पशुपास विमोचन लिङ्ग छ, त्यसेलाई श्लेष्मान्तक वनमा पशुपति पनि भन्दछन्, अर्थात्, दुवै लिङ्ग एउछै हो ।
जैमिनी ऋषि मार्कण्ड ऋषिलाई सोध्नुहुन्छ श्लेष्मान्तक वनमा पार्वती र शिव रनुभएपछि सबै देवताहरुले के के गरे ? भन्नुहोस्, मार्कण्डय मुनि भन्नुहुन्छ, हे मुने ! पशुपति नाथ त्यहाँ बस्नु भएपछि सबै देवताहरु आफ्ना आफ्ना स्थानबाट स्वर्ग छाडेर श्लेष्मान्तक वनमा आएर स्थिर भएर बस्नलागे । राढबाट कालिकादेवी श्लेष्मान्तक वनमा आएर जय वागिश्वरी नामकी भएर बस्नुभयो । यी जय बागीश्वरीको जो भक्तजनहरु छन्, ती भक्तहरु परम गतिको प्राप्त गर्दछन् । महिलाहरुले यिनको पुजा ध्यान गरे आफ्ना पतिका सँगसँगै हाँसमा चढेर यमलोक जान सक्दछन् । राजराजेश्वरी देवी त्रिपुर नगरबाट आइन । यिनको दर्शन गर्नाले जस्तै दरिन्द्र पनि सुख सँग दिन बिताउँछन् । वासुकी नाग आफ्नो पाताल लोकलाई छाडेर पशुपतिको दर्शनार्थ पशुपतिनाथको उत्तरतिर आएर बस्नुभयो ।
जनार्दन पनि बुद्धको रुपधारण गरेर सौराष्टबाट आएर मणि धातु पर्वतमा आए तपस्या गर्न लाग्नुभयो । त्यो पर्वतमा बसेर तपस्या गर्न लाग्दा उनको शरीरबाट पसिना निस्किएर नदी बन्यो मणिमति नदी भयो । बुद्धको तपस्याबाट खुशी भएकी गिरिजा बज्रयोगिनीको नामबाट प्रसिद्ध भइन् अनि बुद्धसँग भनिन् हे सुव्रत वरमाग । पार्वतीको वचन सुनेर भगवान् बुद्धले भन्नुभयो । हे देवी ! यस देशमा लोग सदाचारी होउन । बुद्धको यस्तो वाणि सुनेर भक्त वत्सल पार्वतीले भनिन् । यस तिर्थलाई शिवले रचा गर्नुभएको हुँदा र तपाइले तप गरेको कुरा यहाँ शैशचार परायण र बौद्धाचार दुवैथरी मानिस हुनेछन् । यसमा कुनै शंका छैन । किनकी बगमति र मणिमतिको संगम उत्रम तिर्थ मानिनेछ ।
शिवकर्मपरक भएर तपाइृले शिव लिङ्गको स्थापना गर्नुहोस् । श्री पार्वतीका यस्ता कुरा सुनेर भगवान् बुद्धले बागमति र मणिमतिको संगम दोभानमा करुणेश्वरको लिङ्ग स्थापना गर्नुभयो । भाद्रशुक्ल अष्टमीका दिन । जो यस करुणेश्वर लिङ्गको भक्तिभावले पुजा जप गर्दछ भने तयसको स्वर्गको वास अवश्य हुनेछ । यहि स्थानमा पार्वती बज्रयोगिनीको रुपधारण गरी भक्तहरुका हितका लागि रहनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0