प्रभातफेरी अनलाइन२१०५ पटक पढिएको | २०७० बैशाख २९, आईतबार
०६९÷१२÷३१
गोविन्दबहादुर थापा
भकुण्डेबेंसी, काभ्रे
तर ‘‘कु’’ भयो ?
(०६९)
उनान्सत्तरी त्यो साल बित्यो क्यै सम्झना भने
मनमा साँचिने भा छ बिर्सनै नसके पनि
नेपाली धरती बाँजो तन्नेरी तरुणी जति
लागे विदेश तर्फैै नै बस्छन् अशक्त जन्जति
महँगीको चपेटा र अव्यवस्थितका घर
धुँवा, धुलो, तुवाँलोले वातावरण खल्बल
भएको थ्यो, असुरक्षा मधेस र पहाडका
झ्याली भित्रै धमिरा झैं बस्ने गर्थे कठैबरा ।
घुस खाने हवेलीमा भूसका कनिका टीपी
छाप्रोमा बसी खानेको विल्लिबाठ भयो कति ?
अन्ध विश्वास बोक्सीको आरोपमा विभत्स भै
मृत्यु वरण भोग्ने थे, गाडी पल्टी मरे निकै ।
यहाँ यस्तै छली, ढाँटी ठगी लागू पदार्थको
चलखेल बलात्कार गर्ने दुर्गन्धको थलो ।
पशुपति, गुहेश्वरी, विष्णुमती, मनोहरा
ढलको पानीले तपर्ण गर्ने ठाउँ छ फोहोर ।
बितेको सालमा त्यस्तै घाटामा लाश भीड भो
सबैको जयहोस मैले भन्या थ्यें तर ‘कु’ भयो’
०७०÷१÷१
गोविन्दब
हादुर थापा
भकुण्डेबेंसी, काभ्रे
अणू परमाणूका कण
(०७०)
सत्तरी सालमा फेरि सबैमा शुभकामना
महा–भूकम्पको धक्का लागेर नमरुन जन
कोरिया–कोरिया बीच अणू परमाणूका कण
दुर्भाग्य निम्ति जिप्टेर नआओस् यस भेगमा
लकर बैंकमा राख्ने मान्छेको धन सम्पत्ती
झिकी विकासमा लागोस् पैनी कुला नहर ती
कोसी, कर्णालीको पानीबाट प्रशस्त विद्युत
निकाली विद्युतैबाट पानी पोखरी सुन्दर
बनाई त्यसको पानी बाँड्न सक्ने कुरा तीर
शिक्षा विज्ञान लागुहोस् सत्तरी सालमा अब
प्रयोगात्मक शिक्षाले देश बनोस् सँधै–सधंै
छिमेकी राष्ट्रको सामु नेपाली नाम विश्वमै
अन्न बाली पशुपन्छी सुरक्षा शान्ति घर–घर
सबैमा हुनुनै पर्छ कृषि विकासमा अब
बाटो बिजुली पानीको ग्यारेण्टी सरकारले
लिनै पर्ने छ अनिपो विकास हुन्छ शानले
उच्चतम विन्दुमा पुग्ने हाम्रो गौरव सानमा
कमी यहाँ हुने छैन मेरो यो शुभकामना
असक्तहरुको लागि बृद्धि विकास गर्दिने
बूढाबूढी असहाय प्रति हेर्चाह गर्दिने
राजनीति गरुन त्यस्तो कुटनीति पखालिने
संविधान बनोंस राम्रो जनका हितमा हुने