प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ आश्विन ३०, शुक्रबार
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधान सेनापति अशोकराज सिग्देलबीच शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विभिन्न पक्षमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
सो अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिका तथा भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिमा सेनाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
प्रधान सेनापति सिग्देलले देशभरको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा, शान्तिसुरक्षाको वर्तमान अवस्था र भोटेकोशी विपत्तिमा नेपाली सेनाले सञ्चालन गरेको उद्धार कार्यबारे उपराष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।