Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृगौला तस्करी नियन्त्रणमा प्रहरीको ठूलो सफलता १० मृगौला तस्कर समातिए

प्रभातफेरी अनलाइन २०१० पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ ५, आईतबार (१२ साल अघि)
मृगौला तस्करी नियन्त्रणमा प्रहरीको ठूलो सफलता १० मृगौला तस्कर समातिए

धुलिखेल ÷ मृगौला तस्करीमा संलग्न ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विगत २० बर्षदेखि तस्करीमा संलग्न मध्येका १० जनालाई जिल्ला प्रहरी कार्यलय काभ्रेले सार्वजनिक गरेको हो । तस्करी नियन्त्रणका लागि प्रहरीको यो हालसम्मकै ठूलो उपलव्धी हो ।
पक्राउ पर्नेमा होक्से १ का प्रेम बजगाई, पनौती ९ का मनोज राउत, नुवाकोट मादनपुर १ की मिना दर्जी, सोही स्थानका कृष्णबहादुर दर्जी, ललितपुर २१ का सचिन महर्जन, ललितपुर  ११ का सानुलाल महर्जन, तनहँु मिर्लुङका कुमार अधिकारी र काभ्रेको काभ्रे गाविस ४ का सुमन श्रेष्ठ, पाँचखाल ६ राजन  दर्जी र काठमाण्डौँ ८ का विनोद ढकाल थिए ।
पक्राउ परे मध्येका बजगाई होक्सेमा तस्करीको शुरुवात गर्ने मध्येका मानिन्छन् । उनी  २०५० सालदेखि नै मृगौला तस्करीमा संलग्न हुँदै आएका थिए । २०६९चैत २५ गते पक्राउ परेका उनी पुर्पक्षका लागि थुनामा छन् । उनीसँगै पक्राउ परेका पनौती ९ का मनोज राउत भने ३५ हजार धरौटी तिरेर रिहा भइसकेको छन् ।
मिनालाई धुलिखेल, बजागाई, राउत, सचिन, सानुलाल लाई  आफ्नै घरबाट र कुमारलाई न्युरोडबाट पक्राउ गरेको थियो । प्रहरी नायव निरिक्षक दिपेन्द्र चन्दको नेतृत्वमा असई होमनाथ भट्टराई, प्रहरी हवल्दार ठुलोबाबु खड्का र प्रहरी शंकर कँडेलको अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको थियो ।
सबैलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्धा दर्ता गर्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल घर्तीले जानकारी दिए । प्रहरीले थप अनुसन्धान गरिरहेको र अन्य केहीको समेत पहिचान भइसकेको उनले जानकारी दिए । “सबै सरोकारवालाको सहयोगमा प्रहरीले ठूलो सफलता हासिल गरेको छ, समाजको कलंको रुपमा रहेको यसलाई निर्मुल गर्न प्रहरी लाग्छ । ” उनले भने ।
जिल्लाको होक्से, ज्याम्दी, काभ्रे, महादेवस्थान लगायतका क्षेत्रमा क्षेत्रमा मात्र मृगौला बेच्नेको संख्या १  सय नाघिसकेको छ । २० बर्षदेखि सुरु भएको मृगौला बेचविखन अझै रोकिएको छैन । बेच्नेलाई २ लाख सम्म दिने प्रलोभन देखाएर ३० देखि ६० हजारसम्म दिने गरिएको छ ।
जनअधिकार संरक्षण मञ्च, नेपाल तामाङ महिला घेदुङ, कानुनी सहायता केन्द्र, बहुसाँस्कृतिक मनोसामाजिक संस्था लगायतले जनचेतनामुलक कार्यक्रम, सुरक्षित बसाइसराई, कानुनी सहायता लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । मञ्चकी काभ्रे संयोजक कृष्णप्यारी नकर्मी जनचेतनाको कारण ढिलै भएपनि मुख्य तस्कर पक्राउ पर्नु उपलव्धी भएको बताउँछिन् । पुर्ण सन्तुष्ट हुने अवश्था नभएपनि यसले केही आशा दिलाएको उनले बताइन् ।
सञ्चारकर्मीलाई धन्यवाद
मृगौला तस्करी नियन्त्रणमा ठूलो सफलता हासिल गरेको काभ्रे प्रहरीले जिल्लामा कृयाशिल सञ्चारकर्मीलाई  धन्यवाद दिएको छ । सञ्चारकर्मीको सहयोग, प्रोत्साहन तथा प्रयत्नको कारण सफलता मिलेको भन्दै प्रहरीले इमेल मार्फत सबैलाई धन्यवाद दिएको हो ।
प्रहरीले इमेल लेखेर औपचारिक धन्मयवाद दिएको यो सम्भवत पहिलो घटना हो । “सञ्चार क्षेत्रकै सकृयताका कारण प्रहरीले यो सफलता हासिल गरेकोले आभार प्रकट गरेका हौँ । ” जिल्ला प्रहरी प्रमुख कमल घर्तीले भने । यसअघिका प्रहरीका सफलतामा उसले सञ्चार क्षेत्रको भुमिका रहेको बताउने गरेपनि यसरी आधारिक रुपमा व्यक्त गर्ने गरेको थिएन । उसले आफ्ना मिडियाबाट सकरात्मक प्रभाव पर्ने खालका सामाग्री प्रकाशन ÷ प्रशारण गरेर हौसला प्रदान गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0