पुण्य माविले सम्मान गर्यो
पनौती÷ पुण्य माध्यमिक विद्यालयले विद्यालयका पुर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधी र ११ जना दिवंगत संस्थापकहरुलाई सम्मान गरेको छ । ४५ औँ बाषिकोत्सव कार्यक्रममा पूर्व प्रधानाध्यापक प्रेमबहादुर प्रधान, गणेशभक्त कर्माचार्य लगायतलाई सम्मान गरिएको हो । जिल्ला शिक्षा कार्यालयका उप सचिव फटिक बहादुर के. सी. ले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा स्रोत व्यक्ति नानीवावु थापा, पूर्व मेयर सप्तकाजी वुद्धाचार्य, प्रधानाध्यापक रमेशचन्द्र कर्माचार्य, शिक्षक प्रताप ताम्राकार लगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए । प्रत्येक कक्षामा प्रथम, दितिय र तृतिय हुने विद्यार्थिहरुलाई पुरस्कृत गरिनुका साथै १ सय ३० जना छात्र—छात्राहरुलाई पोशाक वितरण गरिएको थियो ।
भालेश्वर ५७ बर्षमा प्रवेश
पनौती÷ भालेश्वर उच्च माध्यमिक विद्यालयको ५७ औं बर्षमा प्रवेश गरेको छ । ५६ औँ बार्षिकोत्सवको अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।
पूर्व प्रधानाध्यापक रामचन्द्र के. सी., जनार्दन शर्मा, गोपालदास सैंजु, निलसुन्दर सैंजु तथा दाता समाजसेवी जनक के. सी., केशव थापा, गंगाकुमारी के. सीलाई सम्मान गरियो । आफ्नो विहेको गोड्धुवा विद्यालयलाई सहयोग गर्ने पूर्व विद्यार्थी जानुका बञ्जारा (थापा)लाई पनि कार्यक्रममा सम्मान गरियो । जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टले उनीहरुलाई सम्मान गरेका थिए । विद्यालयमा विगत चार वर्षदेखी नियमित उपस्थित हुने सहायक प्र. अ. हरिप्रसाद तिमल्सिना, उत्कृष्ट सेवा गर्ने शिक्षक उत्तम थापा, सजनी थापा र कमल के. सी. लाई प्रशंसा—पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
जिशिअ भट्टले जिल्लाका सरकारी विद्यालयहरु नमूना बन्न सफल भएको चर्चा गर्दै पठनपाठनमा अझ गुणस्तर कायम गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा स्रोत व्यक्ति नानीवावु थापा, एमालेका जिल्ला उपाध्यक्ष रामहरी सुवेदी, मल्पी इन्टरनेशनल बोर्डिड स्कूलका व्यवस्थापक दिपकमान शेरचन,
प्रधानाध्यापक ओमप्रसाद थपलिया, सहायक प्रअ तिमल्सिना, शिक्षक उत्तम थापा, विद्यार्थीद्वय प्रज्वल अधिकारी र यमुना के. सी. लगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।
लेखा व्यवस्थापन तालिम धुलिखेल÷ जिल्ला विकास समिति काभ्रेले जिल्ला महिला संजाल र जिल्ला महिला समन्वय समितिका ३० जनालाई लेखा व्यवस्थापन तालिम दिएको छ । जिल्ला अडिटर एसोसिएसन (अडान) का अध्यक्ष शारदाप्रसाद शर्माले प्रशिक्षण दिएको तालिम संयोजक माया वादेले जानकारी दिइन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |