Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लुकेर बसेको प्रतिभाको साथि हो गौरीशंकरः कुमारी लामा

प्रभातफेरी अनलाइन १८०७ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ १३, सोमबार (१२ साल अघि)
Post Thumbnail

काभ्रे जिल्लाको पाँचखाल–१ खावामा जन्मिएर आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण संबद्र्धन गर्ने उद्वेश्य बोकी कला क्षेत्र प्रति असाध्यै रुचि राखी लामो समयदेखि नृत्य क्षेत्रमा संघर्ष गर्दै आएकी छिन् कुमारी लामा । उनले गौरीशंकर समम्स्कृतिक समूहमा स्थापनाकालदेखि नै सदस्य तथा कलाकारको रुपमा काम गर्दै आएकी छिन् । केहि म्युजिक भिडियोहरुमा समेत उनले काम गरिसकेकी छिन् । उनीसँग प्रतिभा  भएर पनि अवसरको अभावले आफ्नो प्रतिभा देखाउने उचित मौका उनले अझै पाएका छैनन् । संजीवनी कलेज धुलिखेलमा स्नातक तह अध्धयनरत उाी गौरीशंकर साँस्कृतिक समूह मार्फत आफ्नो प्रतिभा देखाई आफ्नो र समूहको छुट्टै पहिचान बनाउन सफल भइसकेकीछिन् । कुमारी समूहमा सदस्यको रुपमा रहि आफ्नो र समूहको लक्ष्य प्राप्तीको लागि सक्रिय छिन् । यस क्षेत्रमा केहि गर्ने उद्धेश्य बोकी कलाकारिताकोे दुनियाँमा फाल हालेकी उनै कुमारी लामासँग मध्यमार्गको कला मनोरन्जन विशेषको लागि अमरकृष्ण चन्दले गरेको कुराकानीः–
251272_104315119660849_7002247_n

यस क्षेत्रमा किन लाग्नुभयो ?

सानै देखि कलाकार बन्ने रहर थियो । यस क्षेत्रमा लागेर आफूलाई सबै सामु चिनाउने रहर भए पनि खवसर पाएकी थिइन । गाउँघरमा डोको नाम्लो गर्दै विद्यार्थी जीवन विताइरहेकोमा पाँचखाल–१ खावामा गौरीशंकर साँस्कृतिक समूहको स्थापना भए पछि धेरथोर समय निकालेर विभिन्न कार्यक्रमहरुमा सक्रिय भएँ । गौरीशंकर साँस्कृतिक समूहले एउटा कलाकारको रुपमा चिनायो । साँच्चै भन्नुपर्दा यो क्षेत्र मेरो सौख अनि आफ्नो प्रतिभा देखाई नाम कमाउने इच्छाले लागेको हुँ तर अहिले त नसा जस्तै भएको छ ।।

कहिलेदेखि यस क्षेत्रमा लाग्नुभयो ?

सानैदेखि नाचगानमा भाग लिन्थें । गौरीशंकर साँस्कृतिक समूहमा २०६४ सालदेखि आबद्ध हुँदै थुप्रै ठाउँमा कार्यक्रमहरुमा सहभागी भइयो । केहि म्युजिक भिडियोहरुमा पनि काम गरें ।

यस क्षेत्रमा लागेर के फाइदा भो त ?

यस क्षेत्रमा मैल खासै केहि गरेकै छैन नै । खासै त्यति अवसर पनि पाएको छैन । गौरीशंकर कै कार्यक्रमहरुमा विभिन्न ठाउँमा आफ्नो प्रतिभा देखाएँ । नृत्यको क्षेत्रमा मौलिक कला संस्कृतिको संरक्षण संबद्र्धनमन लागि थोरै भए मना गर्न पाएँ । आफू कलाकार हुन पाएकोमा यसैमा सन्तुष्ट छु भन्नु पर्ला ।

केले आकर्षित ग¥यो यस क्षेत्रमा ?

सानैदेखि आफूलाई केहि गरेर आफूलाई चर्चित बनाई सबैसामु परिचित गराउने महत्वकांक्षाले नै यस क्षेत्रमा लागें । त्यसपछि परिवार साथिभाइ तथा गुरुहरुको पे्ररणा र साथले आज यहाँसम्म आइपुगें ।

भविष्यको लक्ष्य ?

खासै लक्ष्य नै त बनाएकी छैन । सफल कलाकार बनी आफ्नो र आफ्नो जन्मस्थलको नाम उचो राख्ने । विशेष गरि लोपोन्मुख मौलिक कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा केहि गर्ने लक्ष्य लिएकी छु हेरौं कति सफल हुन्छु । संगसंगै नृत्य निर्देशकको रुपमा आफूलाई चिनाउने र नृत्य क्षेत्रमा भएको विकृति विसंगतिलाई हटाउँदै नृत्यको विकासमा सहयोग पु¥याउने मेरो भविष्यको उद्धेश्य छ ।

गौरीशंकरले के के गर्छ ?

गौरीशंकरले लुकेर बसेका प्रीतभाको खोजी गरी त्यसलाई एउटा अवसर प्रदान गर्छ प्रतिभाको लागि । अनि मौलिक लोक नृत्यको प्रशिक्षण तथा सचेतनामूलक कार्य गरी लोक संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नुको साथै वातावरण संरक्षणको क्षेत्रमा काम गर्छ

गौरीशंकरले अहिलेसम्म के के ग¥यो त ?

धेरै नगरे पनि वातावरणीय सरसफाईको कार्यक्रम वर्षेनी गर्दै आएके छ । हामीसँग प्रयाप्त बजेट छैन तर पनि भएको सिमित बजेटले लोपोन्मुख लोक नृत्यको प्रशिक्षण का साथै त्यसको संरक्षण सम्बद्र्धन गर्नु पर्छ भन्ने नारा सहित सचेतना कार्यक्रम पनि गर्दै आएको छ । भविष्यमा काहिँ कतैबाट सहयोग पाए यस अभियानलाई जिल्ला तथा जिल्ला बाहिर लैजानै समेत सोच छ समूहको । हामीले मौलिक लोक नृत्यको डिभिडी तयार गरी विदेशमा समेत हाम्रो मौलिकताको प्रचार गरेकाछौं भने चाँडै नै गौरीशंकर कै लगानी र संलग्नतामा अर्को लोक डिभिडी निकाल्ने गृहकार्य गरिरहेको छ । तपाईं्रहरुलाई यस्तो गर्न कहाँबाट प्रेरणा मिल्यो ?

हेर्नुस् “मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ, जति रुवाओस धरधरि रुवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ ।” भने झैं आफ्नो संस्कृति संस्कारको माया गर्नु परिहाल्यो नि । हामीले नै लोक संस्कृतिको संरक्षण सम्बद्र्धन नगर्ने हो भने हाम्रो मौलिकता, कला संस्कृति भन्ने नै कहाँ रहन्छ र ? यी कुराहरुले अनि अग्रजहरुको प्रेरण र हौसलाले हामीलाई यो क्षेत्रमा लाग्न प्ररित ग¥यो ।

तपाईंको उमेरका यूवा यूवति त विदेशी संस्कृतिमा रम्न चाह्छ नि ?

सबैको आ–आफ्नो इच्छा रआकांक्षा हुन्छ । आफूले चाहेको गर्ने स्वतन्त्रता र अधिकार सबैलाई छ । अहिलेका यूवापुस्ता पश्चिमा संस्कृतिप्रति ढल्केको तीतो यथार्थ हो तर हामी तिनै यूवा साथिहरुलाई आफ्नोपन जोगाउनुपर्छ भनेर हिंडिरहेकाछौं । बिस्तारै बुझेर आफ्नोपनलाई माया गर्नुहुन्छ उहाँहरुले भन्ने हामीलाई आशा छ । हामी यूवाहरु सजग भएर मौलिक कला संस्कृतिको संरक्षण सम्बद्र्धनमा नलाग्ने हो भने भोलिका दिनमा हाम्रोे अस्तित्व र पहिचान नै संकटमा पर्ने पक्का छ । त्यसैले हामी जस्ता यूवाहरु मौलिक संस्कृतिको संरक्षण सम्बद्र्धनमा लागि पर्नु आजको समयको माग हो भन्ने मलाई लाग्छ ।

कस्तो खाले नृत्यलाई पहिलो प्राथमिकता दिने गर्नुभएको छ ?

साँस्कृतिक समूहमा आबद्ध भए पछि विशेष गरि नेपाली संस्कृति झल्कने नृत्य तथा गीत संगीतलाई प्राथमिकता त दिनै प¥यो नि । प्राय त्यस्तै नृत्य नै गर्ने गरेकीेछु । तर मलाई सबै किसिमको नृत्य गरेको छु मैले ।

पहिलो माया…………… ?

पहिलो माया त पक्कै नै जानी नजानी नै आमासँग होला नि । अर्कै माया भन्नुहुन्छ भने आज सम्म अनुभव गरेकै छैन ।

पहिलो धोका ?

धेका त अलिअलि खाएकी छु । साथीहरुले बोलेको कुरा नपु¥याउँदा भने साह्रै रिस उठ्छ । बोलेको कुरा पु¥याउन नसक्नेले किन बोल्नु भन्ने लाग्छ । यस्तै यस्तै धोका त हो नी ।

माया के हो ?

खै के भन्ने । माया जिवनको सार हाला । माया बिना जीवनको अर्थ छैन भन्छन् ।

आजसम्म कसैको प्रेममा पर्नुभएकोे छ ?

छैन, अहिले भनेको मेरो स्ट्रगलको पिरियड हो । प्रेमजालमा फस्ने होईन भन्ने सोची आफ्नै कामलाई नै प्रमी सम्झेकोछु । आफ्नो खुट्टमा उभिन सक्ने भएपछि त्यस बारेमा सोच्नुपार्ल नि होईन र ?
[email protected]

जीवन के हो ?

जीवन आकांक्ष्ँहरु पुरा गर्ने माध्यम होला ।

सेक्स के हो ?

सेक्स प्राणीको वंस विस्तार गर्ने साधन होे ।

बिहे अघिको सेक्स……………… ?

नाजायज नै हो । किनकी हाम्रो संस्कार र समाजले हामीलाई त्यो छुट दिंद्यैन ।

यस क्षेत्रमा के कस्ता विकृति विसंगति देख्नुभएको छ ?

विकृति त धेरै छन्, थुप्रै छन् भन्छन् तर आफू त नयाँ परियो खासै त्यति थाह छैन । तर पनि आफूभन्दा सिनियरको सम्मान नगर्ने आफैं मै हुँ भन्ने प्रवृति नै ठूलो विकृति हो झैं लाग्छ यस क्षेत्रमा ।

अन्तमा…………… ?

धेरै धेरै धन्यवाद, तपाईंको लोकप्रिय पत्रिका मार्फत मलाई पाठक सामु चिन्ने मौका दिनुभएकोमा मध्यमार्ग साप्ताहिक प्रति आभारी छु । हामी जस्तै ओझेलमा परेका प्रतिभालाई खोजी खोजी ल्याइदिनको लागि संचारमाध्यमलाई मेरो अनुरोध छ । जसले गर्दा ओझेलमा परेका प्रतिभाहरुले पनि अवसर पाउन सकोस् । मौलिक कला र संस्कृति भनेको हाम्रो अस्तित्व र पहिचान हो यसलाई बुझेर आजै देखि मौलिक नेपाली बला र संस्कृतिको संरक्षण संम्बद्र्धनमा आफूले जति सकिन्छ सहयोग गरौं भन्न चाहन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0