Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीयले गाविस सचिवलाई सोधे “सचिवले पनि जग्गा अतिक्रमण गर्नुभएको हो ? ”

प्रभातफेरी अनलाइन २१८६ पटक पढिएको प्रकाशित मिति: २०७० अषाढ ११, मंगलबार (१२ साल अघि)
स्थानीयले गाविस सचिवलाई सोधे “सचिवले पनि जग्गा अतिक्रमण गर्नुभएको हो ? ”

स्थानीयले गाविस सचिवलाई सोधे
“सचिवले पनि जग्गा अतिक्रमण गर्नुभएको हो ? ”
दाप्चा ÷ स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहयोगमा भरोसा नेपालले खनालथोकमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय राजनैतिक दलका नेता, सरकारी कार्यलयका प्रतिनिधी र सरोकारवालाहरु सहभागी थिए । सहभागी मध्ये ४ नं वडाका स्थानीय ङेमा लामाले सोधे, “सचिव ज्यु, हजुरले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेको गुनासो आएको छ, यसको वास्तविकता के हो ? ”
गाविस सचिव भैरवप्रसाद खनालले आफ्नो वचाउ गर्दै भने, “यो सरासर कपोलकल्पित र भ्रामक आरोप हो, मेरा बाबु बाजेले विजन दर्ता गराएको १६ रोपनी जग्गा उपभोग गर्दै आएका हौँ, यसमा कुनै सत्यता छैन । ”
स्थानीयका अनुसार, खनालथोकका स्थानीय समेत रहेका सचिव खनालले आर्मी व्यारेक नजिकको १६ रोपनी जग्गा उपभोग गर्दै आएका छन् । विजन दर्ता गरेपनि २०३४ सालमा नापी हुँदा सो जग्गा व्यक्तिको नाममा दर्ता भएको छैन ।
सार्वजनिक सुनुवाईका अधिकांश सहभागीले स्थानीय ल्यासे बन अतिक्रमण भएको भन्दै गुनासो गरेका थिए । खनालथोक ४ मा वीपी राजमार्गसगै जोडिएको उक्त बन करिव १० परिवारले उपभोग गर्दै आएका छन् । विजन दर्ता भएको करिव ४ सय हेक्टर क्षेत्र २०३४ सालको नापीमा बन बुट्यानको रुपमा दर्ता भएको छ । सोही क्षेत्र उपभोग गरिरहेका धुव्रप्रसाद खनाल कर्मचारीको फटाइको कारण आफुहरु अन्याय परेकोे गुनासो गर्छन् । “एउटै अंश पाएका दाजुभाइको जग्गा दर्ता भएको छ, हाम्रोमा सिसा कलमले बन लेखिएको छ । ” उनले भने ।
सहभागीले  गाविस भित्र रहेका बन अतिक्रमण हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । अतिक्रमणको आरोप लागेका गाविस सचिव खनालले यसमा आफु कटिबद्ध भएर लाग्ने बताए । “यो यहाँको मात्रै समस्या हैन, राष्ट्रिय समस्या हो, अभियान शुरु भए सबै भन्दा अगाडी म लाग्छु । ” उनले भने ।
नेकपा एमालेकी जिल्ला सदस्य यशोदा खनालले अतिक्रमण हटाउन सबैले आट गर्नुपर्ने बताइन् । “ल्यासे मात्रै हैन, गाविस भित्रका प्राय बनमा अतिक्रमण छ, हटाउनको लागि सबै लाग्नुपर्छ । ” उनले भनिन् ।
नेपाली कांग्रेसका गाउँ सभापति श्रीकृष्ण न्यौपानेले सामुदायिक बनको संरक्षणमा लाग्नुपर्ने बताए । एकिकृत नेकपा माओवादीका प्रतिनिधी शम्भुप्रसाद खनालले वन सिमाना छुट्याउनुपर्ने बताए ।
कार्यक्रमका सहभागीले विकास निर्माणका काममा आर्थिक पारदर्शिताको माग गरेका थिए । सचिवले नागरिक वडापत्र र गुनासो पेटिका राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले गाविसको नाममा भएका केही बेरुजु तत्काल फच्र्यौट गर्ने पहल गर्ने प्रतिवद्धता जनाए । सहभागी सरोकारवाला निकायले गाविस बजेट अनुदान तथा सञ्चालन कार्य विधी अनुसार नै बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । स्थानीयले बजेट विनियोजन प्रकृयामा केही सरोकारवालाहरुलाई कम जानकारी हुने गरेको गुनासो गरेका थिए । गाविस भित्र हुने विकास निर्माणका योजना अनुगमन गर्न समिति समेत समेत बनेको छ । नारायण कृष्ण श्रेष्ठको संयोजकत्वमा बनेको ७ सदस्यीय समितिको सदस्यहरुमा  रामजी खनाल, यशोदा खनाल, खड्ग बहादुर परियार, नानीबाबु लामा, सुनिता खनाल र दिपा खनाल छन् ।
बक्समा
कार्यविधी अनुसार नै विनियोजन गर्ने प्रतिवद्धता
डराउनेपोखरी ÷ डराउनेपोखरी गाविसका राजनैतिक दल, गाविस सचिव लगायत सरोकारवालाहरुले बजेट कार्यविधी अनुसार नै रकम विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले जनगुनासोलाई सम्बोधन गर्ने, लक्षित वर्गलाई बजेट विनियोजन बारे सचेत गराउन पहल गर्ने तथा दलिय भागवण्डाको परिपाटी हटाउने प्रतिवद्धता व्यक्त गरे ।
यहाँ भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाविस सचिव केशवप्रसाद पौडेलले कार्यविधी अनुसार नै बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । उनले निर्देशिका अनुुसार सबैको समानुपातिक सहभागिता गराएको जानकारी दिए । एकिकृत नेकपा माओवादीका गाउँ कमिटी अध्यक्ष नवराज  अधिकारीले सहमतिमा नै कार्यविधी अनुसार नै बजेट विनियोजन गर्ने गरेको बताए । नेपाली कांग्रेसका गाउँ सभापति रामेश्वर अधिकारीले अपर्याप्त बजेटको कारण सबैको माग सम्वोधन गर्न नसकिएको स्विकारे । एमालेका गाउँ अध्यक्ष मनोज अधिकारीले निर्देशिका अनुसार बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का गाउँ अध्यक्ष ध्रुवलाल श्रेष्ठले साना दल भन्ने व्यवहार भएको गुनासो गरे । कार्यक्रमका सहभागीले भने  महिला, आदिवासी, दलित, अपाङता, बालबालिका लगायतलाई नै लक्षित वर्ग कार्यक्रमबारे थाहा नभएको गुनासो गरेका थिए । उनीहरुले वडा भेलाबाट आएका योजना भन्दा राजनैतिक दलका योजनाले प्राथमिकता पाउने गरेको गुनासो गरे ।
भरोसा नेपालले छत्रेबाँझ, खनालथोक र पुरानागाउँ गाविसमा कार्यक्रम गरिसकेको छ भने आइतवार (आज) जिविसमा कार्यक्रम गर्दैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0