Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दृष्ट्रिविहिनहरुको प्रश्न “हामी कसरी अशक्त भएनौ ”

प्रभातफेरी अनलाइन १४२६ पटक पढिएको प्रकाशित मिति: २०७० अषाढ १५, शनिबार (१२ साल अघि)
Post Thumbnail

भरोसा नेपालले गरेको सार्वजनिक सुनावाई कार्यक्रममा सहभागी दृष्टिविहिन राधेश्याम पलाञ्चोकले दृष्टिविहिनलाई पनि अशक्त भत्ता उपलव्ध गर्न पहल गरिदिन आयोजकलाइ आग्रह गरे । “ शारिरीक अशक्त लेखपढ गर्न सक्छन्, जागिर खान सक्छन् तर हामीलाई हिँडडुल गर्नको लागि अर्को एक जना सहयोगी चाहिन्छ, अनि हामी कसरी अशक्त भएनौँ ” पलाञ्चोकले प्रश्न गरे ।

कार्यक्रम सञ्चालक शिव अधिकारीले सम्वधित पक्षलाई उत्तर दिन अनुरोध गरे तर महिला विकास कार्यलय काभ्रेकी बरिष्ठ महिला विकास अधिकृत माया लोहनी कार्यक्रममा अनुपस्थित थिइन् । प्रश्नको उत्तर दिदै जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. अर्जनप्रसाद सापकोटाले निर्देशिका नै परिवर्तन गर्नुपर्ने बताए । “निर्देशिकाले अपांगताबारे अर्कै व्याख्या गरेको छ, निर्देशिका नै बदल्नुपर्ने भएकाले अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थालाई पहल गर्न अनुरोध गर्दछु । ” सापकोटाले भने ।

अर्का दृष्ट्रिविहिन सुरेश धितालले अपांगता मैत्री सरचना नभइ नक्सा पास नगर्न स्थानीय निकायलाई आग्रह गरे । उनले अपांगता भएकाहरुको बजेट विकास निर्माणमा खर्च हुने गरेको  गुनासो गरेका थिए ।

स्थानीय निकाय (गाविस, नगरपालिका)को सिफारिसका आधारमा जिल्लामा स्वास्थ्य, महिला विकास, प्रशासन लगायतका कार्यलयको सहभागिता हुने जिल्ला स्तरीय समितिले रातो, निलो, पहेलो र सेतो गरी ४ खाले अपांगताको परिचयपत्र दिने गर्छन् । रातोको लागि मासिक १ हजार भत्ता दिने गरिएको छ । निलो हुनेको लागि जिल्ला विकास समिति काभ्रेले मासिक ३ सयका दरले १ सय ५० जनालाई भक्ता दिँदै आएको छ । पहेलो र सेतो खालको परिचयपत्र हुनेले भने छात्रवृति, यातायातमा छुट लगायतका सुविधा पाउने गरेका छन् । बजेट अनुदान तथा सञ्चालन कार्यविधिमा कुल बजेटको १५ प्रतिशत रकम (दलित, जनजाति, अपांगता भएकाहरु ) विनियोजन गर्नुपर्ने व्यवस्था छ ।

सार्वजनिक सुनुवाईमा सरकारी निकायको बेवास्ता

सार्वजनिक महत्व र चासो राख्ने अधिकाशं सरकारी निकायका कार्यलय प्रमुख सार्वजनिक कार्यक्रममा सहभागी भएनन् । प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीले समेत कार्यक्रममा सहभागिता जनाएनन् ।

जिल्ला प्राविधिक कार्यलयका प्रमखु इञ्जिनियर कृष्णलाल पिया निमित्त स्थानीय विकास अधिकारीको हैसियतमा सहभागी थिए । तर अधिकाशं गुनासोमा आफु नयाँ भुमिकामा रहेकोले यसबारे केही जानकारी नभएको बताइरहे । जिल्ला विकास समितिकै महिला शशक्तिकरण इकाइकी अधिकृत माया बादे, छत्रेबाँझका सचिव सुवर्णदास श्रेष्ठ, खनाथोकका सचिव भैरवप्रसाद खनाल सहभागी थिए । नेपाली कांग्रेसका सचिव शंखबुद्ध लामा, एनेकपा माओवादीका पुर्व संयनत्र प्रतिनिधी इन्द्रबहादुर थिङ र एमालेका सचिवालय सदस्य इन्द्रबहादुर तामाङ पार्टी प्रतिनिधीको रुपमा सहभागी थिए ।

सार्वजनिक चासोको प्रहरी, शिक्षा, प्रहरी, मालपोत, नापी, खानेपानी तथा सरसरफाई, निर्वाचन, सहकारी, कृषि, बनका कार्यलय प्रमुख कार्यक्रममा सहभागी भएनन् । उनीहरु शाखा तथ्याकं कार्यलय काभ्रेले आयोजना गरेको होटल अरनिकोमा आयोजना गरेको गरिवीको तथ्याकं सार्वजनिक गर्ने कार्यक्रममा सहभागी थिए । ती कार्यलयले प्रतिनिधीको रुपमा अन्य कर्मचारीलाई समेत पठाएनन् । सहभागीले समेत कार्यलय प्रमुखको जवाफ नपाउँदा निराश थिए । भरोसा नेपालका अध्यक्ष शिव अधिकारीले सबै कार्यलयलाई निमन्त्रणा गरिएपनि वेवास्था गरिएको बताए ।  जिम्मेवार निकायको अनुपस्थिती रहेकाले करिव ४० जना सहभागी मात्रै हलमा थिए ।

बक्समा

अपांगता भएकाको शिक्षामा पहुँच कम

धुलिखेल ÷ जिल्लामा अपांगता भएकाहरुको शिक्षामा कम पहुँच भएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले पहुँच बढाउन सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिएका छन् ।

तथ्याकं अनुसार, जिल्लामा अपांगता भएका करिव १  सय ३० जना बालवालिकाले शिक्षा लिइरहेका छन् । काभ्रे बहिरा विद्यालयमा ६५ जना, आदर्श बाल विकास केन्द्रमा २२ जना सुस्तमनस्थिती पुनस्र्थापना केन्द्रमा १२ जना, खरेलथोकमा १० जना र महादेवस्थानमा १० जना अपांगता भएकाले शिक्षा लिइरहेका छन् । १२ जनाले प्रवेशिका परिक्षा उर्तीण भएकोमा २ जना मात्रै क्याम्पस तहसम्म पुगेका छन् ।

काभ्रे आधारभुत शिक्षा कार्यक्रमको सन् १९९५ को तथ्याकं अनुसार, अपांगता भएका कुल ७ हजार ३ सय ९३ मध्ये ३ हजार ४ सय ४० जना बालवालिका छन् । २०६८ सालको जनगणना अनुसार, ६ हजार ६ सय ७० जना बालवालिकामा अपांगता छ । काभ्रे बहिरा विद्यालयकी प्रधानाध्यापक कृष्णप्यारी नकर्मी यो संख्या बढ्न सक्ने अनुमान गर्छिन् । “यकिन तथ्याकं नभएपनि ७ हजार भन्दा बढी छन् भन्ने अनुमान गरिएको छ । ” उनले भनिन् ।

कार्यक्रमका सहभागीले समुदाय र सरोकारवालाहरुकै कम चासो भएको गुनासो गरे । अपांगता रोग नभइ एक अवश्था मात्रै भएको समान व्यवहार हुनुपर्नेमा उनीहरुले जोड दिए । विद्यालयका संरचना अपांगता मैत्री बनाउन पनि उनीहरुको सुझाव थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका उपसचिव नरेन्द्रकुमार पौडेल, खगेन्द्रकुमार प्रसाई, महिला विकास कार्यलयकी प्रमुख महिला विकास अधिकृत माया लोहनी, आदर्श बालविकास केन्द्रका प्रिन्सिपल मणिराज श्रेष्ठ लगायतले जिल्लाको अवस्थाबारे चर्चा गरेका थिए ।

अपांगता भएकाहरुलाई आत्मनिर्भर बनाउन जिल्लाको काभ्रे, पात्लेखेत, पाँचखाल, पोखरीचौरी, कुशादेवी, उग्रचण्डी नाला, रविओपी, शारदाबतासे, मेथिनकोट, पोखरीनारायणस्थान, चापाखोरी र चलाल गणेशस्थानमा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम लागु भइरहेको छ ।

यसैविच, सिविर कार्यक्रम लागु भएका १२ गाविसका १० जनालाई बनेपामा ३ दिने अपांगता सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रमुख महिला विकास अधिकृत माया लोहनी, अपागं बाल अस्पतालका सिविर कार्यक्रम संयोजक नित्र देउजा, कृष्णप्यारी नकर्मी लगायतले अपांगता परिचयपत्र र सिविआर कार्यक्रमबारे चर्चा गरेका थिए । असार १५ गते देउपुरमा कार्यक्रम गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0