Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एकहल गोरुको ज्याला पन्ध्रसय नाघ्यो

प्रभातफेरी अनलाइन १९७५ पटक पढिएको प्रकाशित मिति: २०७० अषाढ २४, सोमबार (१२ साल अघि)
एकहल गोरुको ज्याला पन्ध्रसय नाघ्यो

ज्ञानमणि कालोटोपी÷मण्डनभेग
असारको शुरुमै भएको मनसुन वर्षाका कारण रोपाईं गर्नका लागि गोरु खोज्न गाउँतिर छिरेका जिल्लाको राम्चेवेसिका कृषक कृष्णप्रसाद सापकोटा त्यतिखेर अचम्ममा परे जतिखेर गाउँमा उनलाई एकहल गोरुको एक दिनको ज्याला पन्ध्र सय दिने भए मात्र गोरु दिन सकिने स्थानिय गोरुपालक कृषकहरुले बताए ।
एकहल गोरुको एक दिनको ज्याला पन्ध्र सय रुपयाँ भएको यस भन्दा अगाडि उनले न कहिल्यै सुनेका थिए न तिरेका नै । गएको वर्ष एक दिनको गोरु ज्याला आठ सय सम्म तिरेका उनलाई अहिले नै दोब्बर हुने गरि यति धेरै तिर्नु पर्ला जस्तो लागेको थिएन । तैपनि खेत बाँझै भएकाले रोपाईं नगरिकन उनको परिवार चलाउन पनि समस्या पर्ने अवस्था थियो । बल्ल तल्ल १४ सयमा कुरा मिलाएर रोपाईं गर्न पाइने आशामा घर फर्केका उनले भने–‘गोरुको प्रयोग गरेर खेती गर्न नै नसकिने भईसकेछ अव ।’
उनी जस्ता सयौं कृषकहरु यसभेगमा यतिबेला यस्तै खाले समस्यामा छन् । गाउँमा पहिले जस्तो गोरुपालक कृषकहरु नभएकाले थोरै मात्रामा रहेका उनीहरुले मनपरि ढङ्गले ज्यालादर तोकेका कारण एकहल गोरुको एकदिनको ज्याला पन्ध्रसय नाघेको पीडित कृषकहरु बताउँछन् । यसले गोरु पाल्ने कृषकहरुलाई फाइदा भएपनि गोरुको प्रयोग गर्नेहरुलाई भने ज्यादै नै मर्का परेको छ । उनीहरुका अनुसार गएको पाँच वर्ष यता गोरुको ज्यालादर पनि पाँच गुणाले वृद्धि भएको छ । पाँच वर्ष अगाडि एक दिनको गोरुको ज्यालादर ३ सय रुपयाँ मात्र थियो ।
गाउँका अधिकांस कृषकहरु अहिले कृषिमा आधुनिक प्रविधी अपनाउन थालेका कारण गोरुको सट्टामा खेतबारी जोत्न पावरटिलर (ट्याक्टर)को प्रयोग गर्न थालेका भएपनि भिरालो जमिन भएको र पावरटिलर लैजान नसकिने कतिपय ठाउँमा गोरुकै प्रयोग गर्नु पर्ने बाध्यता यद्यपी छदैं छ । त्यसैले यस्ता जमिनमा खेती गर्न प्रयोग गरिने गोरुको अभाव र ज्यालादर महङ्गीका कारण उनीहरु पीडित भएका छन् । स्थानिय कृषक सुर्दशन नेपाल भन्छन्–‘खेतबारी बाँझो राखे परिवार चलाउन नै मुस्किल पर्छ, खेती ग¥यो ज्याला उठाउननै नसकिने भएको छ । खेती नगरे पनि भयो अव त ।’ उनका अनुसार यस भेगमा अहिले गोरुको मात्र नभएर कामदारको पनि ज्यालादर उच्च भएको छ ।
सबै कृषकहरुले गोरु पाल्न पनि सम्भव छैन । गोरु प्रयोग गरि खेती गर्न धेरै कामदार चाहिने र उत्पादन पनि कम हुने भएकाले केहि कृषकहरु पावरटिलरको प्रयोग गर्न थालेका भए पनि अधिकांसहरुले आधुनिक प्रविधीको पहुँच नपुगेका कारण पुरानै प्रविधी अपनाउने गरेका छन् ।  जसले गर्दा महङ्गोमै भएपनि गोरुको प्रयोग गर्नु परेको सम्बन्धित कृषकहरुको भनाई छ । कृषकहरुका समस्या तर्फ सरकारले कुनै चासो नदिंदा अहिले यहाँका कृषकहरु धेरै खाले समस्याबाट पीडित हुनु परेको उनीहरुको गुनासो छ ।
फोटो ः गोरुको प्रयोग गरि खेत जोतिंदै । तस्विर ः ज्ञानमणि कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0