Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘पोल्ट्री व्यवसायीहरुले फार्ममा जैविक सुरक्षा अपनाउनुपर्छ’ वर्ड फ्लु फोकल पर्सन, वरिष्ठ पशु चिकित्सक जिल्ला पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोक

प्रभातफेरी अनलाइन १४३३ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र २, आईतबार (१२ साल अघि)
‘पोल्ट्री व्यवसायीहरुले फार्ममा जैविक सुरक्षा अपनाउनुपर्छ’ वर्ड फ्लु फोकल पर्सन, वरिष्ठ पशु चिकित्सक जिल्ला पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोक

‘पोल्ट्री व्यवसायीहरुले फार्ममा
जैविक सुरक्षा अपनाउनुपर्छ’
वर्ड फ्लु फोकल पर्सन, वरिष्ठ पशु चिकित्सक
जिल्ला पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोक

– डा. हरिकुमार रघु श्रेष्ठ
राजधानी काठमाडांै लगायतका क्षेत्रहरुमा वर्डफ्लुको महामारी फैलिएको अवस्थामा विभिन्न क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा भएको छ । यसै सिलसिलामा काभ्रे जिल्लामा पनि वर्ड फ्लुको असर र यसको नियन्त्रणबारे जिल्ला पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकका वरिष्ठ पशु चिकित्सक, वर्ड फ्लु फोकल पर्सनसँग यस मध्यमार्ग साप्ताहिकका लागि सम्पाक प्रदीप के.सी.ले गरेको कुराकानीको सम्पादित अंश ः

० हाल उपत्यकामा फैलिइरहेको वर्डफ्लु कस्तो रोग हो ?
हाल उपत्यकामा फैलिरहेको वर्डफ्लु भन्ने रोग कुखुरा तथा पंक्षी वर्गमा लाग्ने भयानक सरुवा रोग हो जसले धेरै संख्यामा पंक्षी र कुखुराको मृत्युदर गराउँछ । जसले गर्दा कुखुरापालन व्यवसायमा आर्थिक नोक्सान कृषकदेखि लिएर व्यवसायी र उद्योगपतिसम्मलाई ठूलो मात्रामा नोक्सान पु¥याउनुको साथै देशको अर्थतन्त्रमा समेत प्रतिकुल असर पु¥याउँछ । यसको अतिरिक्त यो एउटा पंक्षी तथा कुखुराबाट मानिसमा पनि सर्न सक्ने प्राणघातक जनोटिक रोग हो । हालसम्म नेपालमा पंक्षीबाट मानिसमा सरेको पाइएको छैन । नेपालमा वि.सं. २०६५ सालमा झापामा पत्ता लागेको यो रोग हाल चितवन, काठमाडांै उपत्यका हुँदै काभ्रे जिल्लामा पनि फैलिएको छ । काठमाडांै उपत्यका भित्रमात्र यही साउन महिना भित्र १५० भन्दा बढी पटक रोग देखा परिसकेको छ र आजका दिनमा भक्तपुर जिल्लाभरी र काठमाडौंका केही गाविसहरुमा संकटग्रस्त क्षेत्रको समेत घोषणा गर्नुपरेको छ ।
० अहिले उपत्यका लगायत जोडिएका जिल्लाहरुमा वर्डफ्लुको महामारी फैलिएको छ, काभ्रेमा यसको असर के पाउनुभएको छ ?
काभ्रे जिल्ला पनि वर्डफ्लुबाट अछुतो रहन सकेन । विगत ४ दिन अगाडि काभ्रेको साँगा, नासिका गाविस र महेन्द्रज्योति गाविसको २ वटा फार्ममा वर्डफ्लु देखापरेको छ । जसले गर्दा काभ्रेको पोल्ट्री व्यवसायीलाई ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । यसको अतिरिक्त अन्य व्यवसायीहरुले पालेका लाखौं तयारी कुखुराहरु हाल दाना ख्वाएर पालिराख्नुपरेको छ र तिनीहरुको बजार भनेको काठमाडौं उपत्यका नै हो । हाल काठमाडौं जाने मुख्यमार्ग बनेपा, साँगा नाका र नाला ताथली दुइटै मार्ग निषेध भएकोले व्यवसायीहरुले पनौती कुशादेवी लाँकुरीभञ्ज्याङ्ग हुँदै ललितपुर निस्कने र ढोडखोला बाहुनपाटी हुँदै साँखु निस्कने बाटो प्रयोग गर्नुपर्दा असजिलो, अप्ठ्यारो र लागत बढी पर्न गई साह्रै मर्कामा परेको छ । साथै, समयमै बिक्रि नहुँदा दानामा लागत बढाउनु परेको छ ।
० तपाई काभ्रे जिल्लाको जिल्ला पशु सेवा कार्यालयको वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ र वर्डफ्लु नियन्त्रणको फोकल पर्सन पनि हुनुहुन्छ । काभ्रेमा यो रोग लाग्न नदिन के के कार्य गर्दै आउनुभएको छ ?
हाम्रो काभ्रे जिल्लामा यो रोग लाग्न नदिन हाल काठमाडौं उपत्यका भित्रबाट यस जिल्लामा भित्रिने दाना बाहेक अन्य तयारी कुखुरा, अण्डा, अण्डाको क्रेट, बाकस, कुखुराको सुलीमल, बुढी कुखुरा, प्यारेन्ट कुखुरा, मासु आदि सम्पूर्ण कुरा पूर्ण रुपमा ल्याउन प्रतिबन्ध लगाइएको छ र दाना ल्याउने गाडीलाई पूर्ण निःसंक्रमण गरेर मात्र ल्याउने र बजारमा ल्याइए मार्केहरुको निरीक्षण तथा जिल्ला भित्रका व्यवसायीहरुको फार्ममा सर्भेलियन्स गरेर नमुना संकलन गरि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पठाई रोग पत्ता लगाउने कार्य भइराखेको छ र सम्पूर्ण व्यवसायीहरुले आआफ्नो फार्ममा जैविक सुरक्षा नीतिपूर्ण अवलम्बन गर्ने गराउने कार्यहरु भइराखेको छ ।
० कुखुरा व्यवसायीहरुले रातिराति कुखुरा ओसारपसार गरी बनेपालाई केन्द्रविन्दु पारी उपत्यकाबाट कुखुरा भित्र्याएको चर्चा छ । तपाइहरुले यसमा सावधानी कसरी अपनाउनु भएको छ ?
यस सम्बन्धमा भन्नुपर्दा काभ्रे जिल्लामा काठमाडौं उपत्यकाको भित्रको कुखुरा ओसारपसार भइराखेको भन्ने कुरा सरासर झुठ हो किनकी हाम्रो बनेपा तथा काभ्रे जिल्लाभरीको कुखुराको मार्केट काठमाडौं नै हो यहाँबाट उत्पादन भएर काठमाडौं जान्छ । त्यति गरेर पनि माग बमोजिम धान्न सक्दैन । काठमाडौंबाट यहाँ भित्रिने कुरै छैन । यो बजारमा फैलाइएको एउटा भ्रममात्र हो ।
० काभ्रेमा वर्डफ्लु प्रभावित क्षेत्रमा भएका नोक्सानीबारे केही बताइदिनु हुन्छ कि ?
काभ्रेमा साउन २४ गते वर्डफ्लु देखिएको साँगा नासिका गाविसस्थित नेपाल ह्याचरीमा प्यारेण्ट कुखुरा १५ हजार २ सय ७० गोटा, अण्डा ८ हजार ८ सय ६० गोटा, चल्ला निकाल्न मेसिनमा राखिएको अण्डा १ लाख १५ हजार ४ सय ३४ ओटा र दाना ८ हजार ५ सय ५० किलो नष्ट गरिएको छ । त्यसैगरी भगवान केसीको नाममा रहेको महेन्द्रज्योति गाविसस्थित आशापुरी ह्याचरीको फार्ममा प्यारेण्ट कुखुरा ३ हजार १ सय ५०, अण्डा ६ हजार ६ सय ७० र दाना १ हजार ६ सय केजी र त्यसकै विकटेश्वरमा रहेको फार्ममा प्यारेण्ट कुखुरा ८ हजार १ सय ४० गोटा, अण्डा ३८ हजार ३ सय १० र दाना १ हजार ७ सय केजी नष्ट गरिएको छ । हालसम्म काभ्रेमा भएको नोक्सानी यत्ति नै हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0