logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

हुलाकमार्फत राहदानी वितरण सेवाप्रति बढ्दो आकर्षण, ललितपुरमा ४३ जनाले पाए सेवा

प्रभातफेरी अनलाइन० पाठक संख्याप्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार(९ मिनेट अघि)
हुलाकमार्फत राहदानी वितरण सेवाप्रति बढ्दो आकर्षण, ललितपुरमा ४३ जनाले पाए सेवा

काठमाडौं,   हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा ललितपुरमा प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सेवा सुरु भएको एक महिनाभित्र ४३ सेवाग्राहीले घरमै राहदानी प्राप्त गरेका छन्।

गत वैशाख २२ गतेदेखि सुरु गरिएको उक्त सेवाअन्तर्गत ६४ जनाले घरमै राहदानी बुझ्ने विकल्पसहित आवेदन दिएका थिए। तीमध्ये ४३ जनाले राहदानी प्राप्त गरिसकेका छन् भने बाँकी राहदानी तयार हुने प्रक्रियामा रहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले भौगोलिक रूपमा टाढा रहेका स्थानीय तहका नागरिकलाई सेवा सहज बनाउन यो व्यवस्था उपयोगी साबित भएको बताइन्। यद्यपि अधिकांश सेवाग्राहीले राहदानी छिटो प्राप्त गर्न कार्यालयमै पुगेर बुझ्ने गरेको उनको भनाइ छ।