logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

समाचार हटाउने आदेश पुनर्विचार गर्न प्रेस सेन्टरको आग्रह

प्रभातफेरी अनलाइन१  पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार(१३ सेकेण्ड अघि)
समाचार हटाउने आदेश पुनर्विचार गर्न प्रेस सेन्टरको आग्रह

काठमाडौं, १० असार । प्रेस सेन्टर नेपालले समाचार हटाउन लगाउने काठमाडौं जिल्ला अदालतको अदेश पुनर्विचार गर्न आग्रह गरेको छ ।
बिजनेसन्यूज डटकममा प्रकाशित समाचार हटाउन तथा थप प्रसारण नगर्न अदालतले दिएको अन्तरिम आदेशप्रति आपत्ति जनाउँदै प्रेस सेन्टरले पुनर्विचार गर्न आग्रह गरेको हो । विद्युतीय कार बिआइडीको बिक्रेता माइमेक्स इन्क प्रालिसम्बन्धी समाचार हटाउन काठमाडौं जिल्ला अदालतले दिएको अन्तरिम आदेशलाई हालै निरन्तरता दिएको थियो ।

‘न्यायपालिकाको स्वतन्त्रता र गरिमाप्रति पूर्ण सम्मान व्यक्त गर्दै प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई दृष्टिगत गरी सम्बन्धित आदेशमाथि पुनर्विचार गर्न आग्रह गर्दछु,’ प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । उसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा अदालतबाटै हुने विश्वास व्यक्त समेत गरेको छ ।

प्रेस सेन्टरले समाचार हटाउनुपर्ने अदालतको आदेशले संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथि प्रत्यक्ष असर पर्ने बताएको छ । उसले यसलाई प्रेसमाथिको पूर्व नियन्त्रणको अभ्यासतर्फ उन्मुख कदम भएको बताएको छ ।