Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किसानको विकासका दुई अभियन्ता झलेन्द्र भट्टराई

प्रभातफेरी अनलाइन २१५५ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र २, आईतबार (१२ साल अघि)
Post Thumbnail

श्रीकृष्ण उपाध्याय

श्रीकृष्ण उपाध्यायको जन्म सन् १९४५ जून ११ मा सिराहा जिल्लाको निम्नमध्यमवित्तीय परिवारमा भएको हो । उहाँले सिराहामा नै प्रारम्भिक शिक्षा पूरा गर्नुभएको हो । पछि उहाँ अध्ययनार्थ काठमाडौँ आउनुभयो र त्रिभुवन विश्वविद्यालयबाट सन् १९६४ मा वाणिज्यशास्त्र विषय लिई स्नातक उपाधि हासिल गर्नुभयो । यसका साथै संयुक्त राज्य अमेरिकास्थित नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीबाट उहाँले सन् १९७४ मा अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभयो ।

श्रीकृष्ण उपाध्याय स्नातकोत्तर गरिसकेपछि सन् १९६४ मा कृषि विकास बैङ्कको सेवामा प्रवेश गर्नुभयो । उहाँ सन् १९८५ मा उक्त बैङ्कको महाप्रबन्धक बन्नुभयो । सन् १९८५ देखि १९९१ को फेब्रुअरीसम्म उहाँले उक्त बैङ्कको अध्यक्ष तथा महाप्रबन्धकको गौरवशाली जिम्मेवारी सम्हाल्नुभयो ।

संस्थागत सेवाको आफ्नो अवधिमा विकासवित्तलाई प्रवद्र्धन गर्ने र सहरी क्षेत्रको निक्षेपलाई ग्रामीण क्षेत्रमा पु¥याउन वाणिज्य बैकिङको सुरुवात गर्ने आदिजस्ता कार्यहरूमा उहाँले विशेष योगदान पु¥याउनुभयो । उहाँ कति भिजनरी हुनुहुन्थ्यो भन्ने कुराको उदाहरण साना किसान विकास अभियानले नै देखाइसकेको छ । किनभने उहाँले प्रारम्भ गर्नुभएको साना किसान विकास अभियान नेपालको कालजयी उपलब्धिका रूपमा रहेको छ ।

न्यून आर्थिक स्तर भएका र वञ्चितीकरणमा परेका नेपालका ग्रामीण साना किसानहरूको आर्थिक र सामाजिक उत्थानका लागि प्रविधि–हस्तान्तरण, सीप–विकास, सशक्तीकरण र वित्तीय सेवाको एकीकृत प्रयासलाई लक्षित वर्गमा पु¥याउन स्थानीय तहमा संस्थागत विकासको आवश्यकता महसुस गरी सन् १९८० मा कृषि विकास बैङ्कबाट साना किसान विकास कार्यक्रमको सञ्चालन गरिएको हो । यसको श्रेय श्रीकृष्ण उपाध्यायलाई नै जान्छ ।

साना किसान विकास कार्यक्रम सन् १९९० सम्ममा नेपालको गरिबी–निवारणको राष्ट्रिय कार्यक्रमका रूपमा स्थापित भइसकेको थियो । यो कार्यक्रम त्यस सयमसम्ममा पनि २ लाख सङ्ख्याका साना किसानहरूको परिवारमा पुगिसकेको थियो ।

ग्रामीण गरिबहरूको समग्र विकासका लागि समूहगत पद्धति र बचत गर्ने संस्कारको विकास तथा लगानीका लागि कर्जामाथि सहज पहुँचको सरल प्रणाली रहेको साना किसान विकास कार्यक्रम नेपालमा नै यस प्रकारको पहिलो कार्यक्रमका रूपमा परिचित रहेको छ ।

कृषिक्षेत्रमा प्रविधिको प्रयोग, बायोग्यास प्रविधिको विस्तार, लघु–जलविद्युत आयोजनाको प्रवद्र्धन एवं विस्तारमा निजी क्षेत्रको सहभागिता, दूरदराजमा रहेका ग्रामीण क्षेत्रसम्म उन्नत बीउविजन र कृषिमुखी सीप आदि पु¥याउनमा श्रीकृष्ण उपाध्यायको दूरदृष्टि, लगनशीलता र समर्पणले मुलुकलाई नयाँ बाटोका लागि ढोका खोलिदिएको छ । बैङ्कको सेवामा रहँदा नै उहाँले सुरु गर्नुभएका बालविकास र महिलाविकास जस्ता कार्यक्रमहरूको महàव अहिले पनि उत्तिकै छ ।

श्रीकृष्ण उपाध्याय सन् १९९१ देखि १९९४ सम्म राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा सेवारत रहनुभयो । त्यस बेला उहाँ स्थानीय विकासको विकेन्द्रीकरण, सहरी विकास र गरिबी–न्यूनीकरणसम्बन्धी नीति एवं योजनाको निर्माणमा सरिक हुनुभएको थियो । पछि उहाँ गरिबी निवारण कोषको सदस्यका रूपमा पनि कार्यरत रहनुभयो । त्यहाँ रहँदा विपन्न तथा गरिबकेन्द्रित विकास गतिविधिलाई सोझै दुर्गम र पिछडिएको क्षेत्रमा पु¥याउन उहाँले गर्नुभएको योगदानलाई कसैले पनि बिर्सन सक्तैन ।

श्रीकृष्ण उपाध्याय विश्व बैङ्क, एसियाली विकास बैङ्क, क्ष्ँब्म्, ग्ल्म्ए र ँब्इ जस्ता अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको परामर्शदाताका रूपमा पनि रहनुभएको छ । कृषि, कर्जा, गरिबी–निवारण, विकेन्द्रीकरण, नवीकरणीय ऊर्जा आदिका क्षेत्रमा उहाँले नेपालबाहेकका अन्य विभिन्न देशहरूमा पनि सेवा गर्नुभएको छ । उहाँको सेवाका कारण उहाँलाई यस क्षेत्रका अन्तर्राष्ट्रिय व्यक्तित्वका रूपमा विश्वसामु पहिचान दिलाएको छ ।

श्रीकृष्ण उपाध्याय वैकल्पिक नोबेल पुरस्कारका रूपमा चिनिने च्क्ष्न्ज्त् ीक्ष्ख्भ्ीथ्ज्इइम् ब्ध्ब्च्म्, द्दण्ज्ञण् बाट समेत विभूषित हुनुहुन्छ ।

श्रीकृष्ण उपाध्याय हाल क्गउउयचत ब्अतष्खष्तष्भक ायच एययच एचयमगअभचक या ल्भउब ि९क्ब्एएच्इक् ल्भउब०ि मा आबद्ध रहनुभएको छ । अहिलेसम्म पनि उहाँ नेपालको ग्रामीण गरिबीबाट आम जनताले मुक्ति पाउने बाटोको निरन्तर खोजीमा हुनुहुन्छ । त्यसैले उहाँ सदैव आदरणीय रहनुभएको छ ।

चन्द्रकान्त अधिकारी

चन्द्रकान्त अधिकारी लमजुङ जिल्लाको दुराडाँडा स्वाँरामा वि. सं. १९९५ मा जन्मनुभएको हो । उहाँले ११ वर्षको उमेरमा गाउँबाट ७ दिन पैदल हिँड्दै वि. सं. २००६ सालमा शिक्षा आर्जनका लागि काठमाडौँमा प्रवेश गर्नुभयो । वि. सं. २०१२ मा उहाँले एसएलसी उत्तीर्ण गर्नुभयो । तत्पश्चात् उहाँको सरकारी जागिरे जीवन सुरु भयो । उहाँले जागिरकै क्रममा स्नातक तहसम्मको शिक्षा हासिल गर्नुभयो ।

चन्द्रकान्त अधिकारी २ छोरा र १ छोरीका पिता हुनुहुन्छ ।

तत्कालीन समाजले ब्राह्मणले हलो जोत्नु हुँदैन भन्ने मान्यता बोकेको थियो । चन्द्रकान्त अधिकारीको परिवारले भने आफ्नो गाउँमा आफैँले हलो जोतेर नयाँ सामाजिक क्रान्तिको नेतृत्व गरिरहेको थियो । परिवर्तन, शिक्षा, चेतना र विकासप्रति उहाँमा सानैदेखि जुन आकर्षण बढेको देखिन्छ, त्यस कार्यमा उहाँको त्यही पारिवारिक पृष्ठभूमिले ज्यादै ठूलो सहयोग पु¥याएको थियो ।

वि. सं. २०३२ सालमा सरकारी कार्यक्रमका रूपमा साना किसान विकास कार्यक्रमको आरम्भ भयो । पछि त्यो कार्यक्रम सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी कृषि विकास बैङ्कले पायो । त्यति बेला चन्द्रकान्त अधिकारी कृषि विभागअन्तर्गत कृषि प्रसार लघु सिँचाई कार्यालयमा सरकारी जागिर खाइरहनुभएको थियो । उहाँलाई साना किसान विकास आयोजनाको पहिलो परीक्षण कार्यक्रममा आयोजना प्रमुखको भूमिका दिई नुवाकोटको तुप्चे र कार्कीमनकामना गाविस (तत्कालीन गाउँ पञ्चायत) मा पठाइयो । उहाँले ७ वर्षसम्म तुप्चेमा अवस्थित साना किसान विकास आयोजनामा रही ग्रामीण गरिबी जीवन भोगिरहेका साना किसानहरूमा प्रविधि–हस्तान्तरण, सीप–विकास, सशक्तीकरण र वित्तीय सेवा पुग्ने व्यावहारिक नमुना स्थापित गर्नुभयो ।

नुवाकोटको कार्यक्रमको सफलता बिस्तारै मुलुकका ७५ वटालाई जिल्लालाई चिर्दै विदेशमा पनि चर्चाको विषय बन्न पुग्यो । त्यस समयसम्ममा चन्द्रकान्त अधिकारी साना किसान विकास कार्यक्रमका सिद्धहस्त स्रोतव्यक्ति बनिसक्नुभएको थियो । २०३९ सालदेखि २०४७ सालसम्ममा उहाँका ती अनुभव र क्षमतालाई कृषि विकास बैङ्कले साना किसान विकास कार्यक्रमको विकास र विस्तारका लागि आवश्यक तालिम, अनुगमन र नीतिनिर्माणमा उपयोग ग¥यो ।

तत्कालीन जीटीजेड ÷ धादिङ विकास परियोजनाको सहयोगमा वि. सं. २०४५ सालबाट साना किसान संस्थागत विकास कार्यक्रमको सुरुवात हुँदा चन्द्रकान्त अधिकारीले त्यसको नीतिगत र व्यावहारिक प्रयोगका पक्षमा कृषि विकास बैङ्कका तर्फबाट नजिक रही काम गर्नुभयो । परिणामस्वरूप धादिङका ४ वटा साना किसान विकास आयोजना साना किसान सहकारी संस्थाका रूपमा वि. सं. २०५० मा हस्तान्तरण गरिए । साना किसान विकास अभियानका क्षेत्रमा यो अर्को महàवपूर्ण मोड थियो । विपन्न तथा साना किसानहरू आफ्नै स्वामित्वको स्थानीय सङ्गठनमा गोलबद्ध भई आर्थिक र सामाजिक उत्थानका योजना र कार्यक्रम तर्जुमा गर्न थाले एवं त्यसको व्यवस्थापन गर्ने नयाँ खोजपूर्ण अभ्यासका रूपमा साना किसान विकास आयोजनाको व्यवस्थापन क्रमशः साना किसान सहकारी संस्थाहरूमा हस्तान्तरण हुँदै गयो । साना किसान विकास आयोजनाको व्यवस्थापन हस्तान्तरण र साना किसान सहकारी संस्थाको स्थापनामा सहयोग गर्ने संस्था तत्कालीन जीटीजेड ÷ एसटीडीपी र कृषि विकास बैङ्कबीचको सहमतिमा उहाँ उक्त संस्थामा नै रही वि. सं. २०५८ सम्म साना किसान गतिविधिमा सक्रिय भइरहनुभयो ।

चन्द्रकान्त अधिकारी गोरखादक्षिणबाहु (चौथो) विभूषणबाट विभूषित हुनुहुन्छ । उहाँ ‘गरिबतिर फर्कौं’ र ‘गरिबको विकास संस्थागत रूपमा’ जस्ता सामाजिक परिचालन र ग्रामीण विकासका लागि अमूल्य, उपयोगी र व्यावहारिक ज्ञानमा आधारित पुस्तकका लेखकसमेत हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0