Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रगति पथमा इन्द्रेश्वर क्याम्पस # कृषि क्याम्पसको रुपमा विकास गर्नुपर्छ

प्रभातफेरी अनलाइन १९९५ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (१२ साल अघि)
Post Thumbnail

कृषि क्याम्पसको रुपमा विकास गर्नुपर्छ ः हुमागाईं          शिक्षा क्षेत्रमा राजनीति गर्नुहुँदैन ः सुवेदी
स्थानीय नगर शिक्षाको अवधारणा ल्याउन जरुरी ः अधिकारी

पनौती÷इन्द्रेश्वर क्याम्पस पनौतीले १२ औं वार्षिकोत्सव कार्यक्रम सोमबार भव्य रुपमा मनाएको छ ।
नेपाली कांग्रेस काभ्रेका सभापति शिवप्रसाद हुमागईले क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको कुरा कोट्याउँदै शिक्षानीतिमा आधुनिकिकरण र व्यवसायीमुलक नभए शैक्षिक बेरोजगारी थपिँदै जाने विचार व्यक्त गरेका थिए । यस क्याम्पसलाई कृषि क्याम्पसको रुपमा विकास गरेमा मात्र शैक्षिक बेरोजगारीको समस्या हल हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।
एमालेका जिल्ला उपाध्यक्ष रामहरी सुवेदीले शिक्षा क्षेत्रमा हामीले भुलेर पनि राजनीति गर्न हुँदै र आफूले सकेको समयमा कार्य गर्नु जरुरी छ भन्दै संविधान सभा निर्वाचनमा लोकतान्त्रीक नेताहरु छान्न अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा पनौती नगरपालिकाका प्रशसकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले शैक्षिक जनशक्ति तयार गर्दा गम्भिर भएर सोच्न जरुरी रहेको छ भन्दै स्थानिय नगर शिक्षाको अवधारणा ल्याउनुपर्ने र राष्ट्रभक्तिको भावबाट अघि बढ्नुपर्ने भनेका थिए । यस क्याम्पसलाई भौतिक निर्माण पूर्ण गर्न नगरपालिकाले बजेट विनियोजन गर्न तयार रहेको समेत अधिकृत अधिकारीले आश्वासन व्यक्त गरेका थिए ।
कार्यक्रममा इन्द्रेश्वर उमाविबाट प्रथम एसएलसी उत्तीर्ण शिक्षा सेवी तुइकाजी ताम्राकार, संस्थापक क्याम्पस प्रमुख देवकृष्ण शर्मा, पूर्व मेयर सप्तकाजी बुद्धाचार्य, स्ववियु सभापति रुपक महत, सहायक क्याम्पस प्रमुख गुरासँ श्रेष्ठ, व्य.स.स. रामचन्द्र नास्नानी लगायतले बोलेका थिए भने कार्यक्रमको सभापतित्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमृतमान गोच्छेले गरेका थिए । उक्त कार्यक्रममा क्याम्पस प्रमुख श्रीकुमार सुवालले क्याम्प्सको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
क्याम्पस प्रमुख सुवालले क्याम्पस स्थापनाको १२ वर्ष पूरा गर्दा क्याम्पस व्यवस्थापन समिति, चन्दादाता, शुभेच्छुकहरुलाई धन्यवाद दिँदै हामीले छोटो अवधिमा थुप्रै उपलब्धी हासिल गर्न सकेको कुरा व्यक्त गरेका थिए ।
हाल क्याम्पसमा आइपरेका समस्याहरु सिमित स्रोतसाधन, शिक्षक प्राध्यापकहरुमा शिक्षण प्रतिबद्धतामा कमी, आावश्यक चलखेल र व्यक्तिगत स्वार्थपूर्ति हुनु, संघसंस्थाले संगठनको नाममा गरिने गतिविधि, विद्यार्थीविद्यार्थीबीच, शिक्षकक्षिकबीच र व्यवस्थापक बीच अन्तरविरोध र टिकाटिप्पणी, क्याम्पस शैक्षिक भौतिक र
प्राविधिक रुपमा सम्पन्न गर्न नसक्नु मुख्य समस्याहरु देखापरेको संकेत गरेका थिए ।
क्याम्पस प्रमुख सुवालले भावि योजनाका कुरा कोट्याउँदै अधुरा भवन,क्यान्टिन र कम्पाउण्डवाल निर्माण गर्ने, पुस्तकालय व्यवस्थित गरी पुस्तक थप्ने, क्यामप्स र लेखाको कार्यालय व्यवस्थित गरी सुधार गर्ने, पठनपाठन गर्न फर्निचर थप गरी शैक्षिक गुणस्तर सुधार गर्ने, सार्वजनिक रुपमा कबोल गरिएका प्रतिबद्धताहरु पूरा गर्दै जाने, शिवपुराणमा चन्दादिने दाताहरुको नाम शिलालेखमा उल्लेख गर्ने, शैक्षिक प्रशासनलाई चुस्त र परिवर्तन गर्ने, क्याम्प्समा कम्प्युटर फ्याक्स फोटोकपी मेशिन राखी विद्युत जडान, खानेपानी, भ¥याङ्गमा मार्बल लगाइने, संस्थापक प्राध्यापक कर्मचारीहरुलाई सम्मान गर्ने, काभ्रेको दक्षिणी भेगको बृहत र गुणस्तरीय शैक्षिक संस्थाको रुपमा विकास गर्ने, उपलब्धीमुखी शैक्षिक गुणस्तरमा सुधार गर्ने खालका कार्यक्रम गर्ने अठोट समेत व्यक्त गरेका थिए ।
ॐ शिवशक्ति कल्याणी सेवा केन्द्र धसिखेल र इन्द्रेश्वर क्याम्पस पनौतीको संयुक्त आयोजनामा शिवपुराण लगाई ४० लाख ७५ हजार ३ सय ३२ मध्ये रु. २१ लाख ४३ हजार ९ सय ४४ खर्च भई १९ लाख ३१ हजार २ सय ८८ बाट इन्द्रेश्वर उमावितर्फ +२ विज्ञान संकाय विषय संचालन गर्न आवश्यक उपकरण, ल्याब, फर्निचरहरुको व्यवस्था गरी एमबिएस कक्षा संचालन गरिएको कार्यक्रममा जनाएको थियो । क्याम्पसमा १ जना कर्मचारी, ६ शिक्षक, प्राध्यापकबाट शैक्षिक कार्यक्रम संचालन गरिएकोमा हाल आएर ४ जना कर्मचारी र ३६ जना शिक्षक प्राध्यापकहरुबाट शैक्षिक उपलब्धी हासिल भएको बताए ।
कार्यक्रममा क्याम्पस भवन निर्माण गर्न २०६४÷६५ देखि हालसम्म १ करोड ६ लाख ३५ हजार ९ सय ८४ रुपिँया खर्च भएको समेत जनाएको थियो । २०५९ देखि २०६९ सम्म १ हजार ९९ जना विद्यार्थीहरु उत्तीर्ण भैसकेका छन् जसमा बिबिएसमा ६ सय ४५, बिएडतर्फ ४ सय २४, बिएतर्फ ३६, एमबिएसतर्फ १ सय ३६ र बिएडतर्फ ९६ जना विद्यार्थीले चारित्रिक प्रमाणपत्र प्राप्त गरिसकेको बताए ।
बीस वर्षमा ६९ लाख ८४ जार ४ सय ९ रुपिँया बराबरको आयव्यय विवतरण प्रस्तुत समेत गरी ७० ालख ४८ हार विश्वविद्यालय अनुदान, ४६ लाख ११ हजार ३५ रुपिँया पनौती नगरपालिकाबाट प्राप्त, २ लाख खेलकुद परिषद्बाट, क्याम्पसबाट नपुग रकम ३१ लाख २८ हजार ९ सय ४९, सभासद्हरुबाट १ लाख ९६ हजार गरी कुल १ करोड ६ लाख ३५ हजार ९ सय ८४ को हिसाब विवरण प्रस्तुत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0