Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सेक्सले आत्मीयतालाई बढाउँछ ःनायिका सुरबिना कार्की

प्रभातफेरी अनलाइन ३१९० पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (१० साल अघि)
सेक्सले आत्मीयतालाई बढाउँछ ःनायिका सुरबिना कार्की

कलाकारितामा लागेर छोटो समयमा नै आफ्नो नाम र चर्चा कमाउने रहर आम यूवायूवतीमा रहन्छ । ग्लामरको भीडमा आफूलाई होम्दै नाम र दाम कमाउने महत्वकांक्षा बोकी ग्ल्यामरको दुनियाँमा हाम फालेकी छिन्  सुरबिना कार्की । सिन्धुलीमाढीमा रकेश कार्की र सुशिला कार्कीको सुपुत्रीको रुपमा जन्मिएकी उनी चलचित्र “झेली” मार्फत रंगीन दुनियाँमा हाम फालेकी हुन् । ग्ल्यामरको रंगीन दुनियाँमा पाइला चालेको छोटो समयमा नै करिब २ण् वटा जति म्युजिक भिडियोमा काम गरिसकेकी छिन् भने चलचित्र “कात्तिक” को छायाँकनमा व्यस्त छिन् । प्लस २ मेनेजमेन्टकी विद्यार्थी उनै नायिका सुरबिना कार्कीसँग मध्यमार्ग साप्ताहिकको कला मनोरञ्जन विशेषको लागि अमरकृष्ण चन्दले गरेको कुराकानीको साराँशः–

कला क्षेत्रमा के देखेर लाग्नुभयो ?
कलाक्षेत्र मलाई मन पथ्र्यो तर कलाक्षेत्रमा नै लाग्छु भन्ने त थिएन । नाम कमाउन सकिन्छ की भनेर योक्षेत्रमा लागेकी हुँ । यस क्षेत्रमा लागेर आफूलाई र आफ्नो प्रतिभालाई सबैसामु चिनाउने अनि नाम कमाउने सौखले गर्दा यस क्षेत्रमा लागें । रहरै रहर अकि बाबाको इच्छा पनि भएकोले यो क्षेत्रमा आएकी हुँ ।
कहिलेदेखि यो क्षेत्रमा लाग्नुभयो ?
धेरै भएको छैन । एक दुई वर्ष जति भयो होला । चलचित्र “झेली”बाट म यो रंगीन संसारमा छिरेकी हुँ । ड्याडीको इच्छा यो क्षेत्रमा लागोस् भन्ने थियो । उहाँ कै सल्लाहमा मोडलिङमा मिस ग्लोबल कन्टेस्टमा उत्कृष्ट दस सम्म पुगेकी थिएँ ।
तपाईलाई नेपाली चलचित्रमा नायिका भएर अभिनय गर्न अप्ठेरो परेन ?
कुनै त्यस्तो खासै अप्ठेरो परेन । सबैको सहयोगले गर्दा सजिलै भयो । सुरु सुरुमा केहि असहज भए पनि निर्माता, निर्देशक, सहकर्मी कलाकार साथिहरुको सहयोगले केहि असजिलो महसुस नै भएन ।
झेलीमा कसरी मौक पाइयो नि ?
मलाई पनि चलचित्रमा अभिनय गर्ने रहर थियो । अमररत्न प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको झेलीमा निर्देशक कमल दाहालले प्रस्ताब राख्नुभयो । घर परिवारबाट पनि स्वीकृति पाएपछि त्यसमा काम गर्ने अबसर पाएँ ।
तपाईंलाई नेपाली चलचित्रमा नायिका हुन्छु भन्ने लागेको थियो ?
इच्छा त थियो तर मलाई यति सजिलै नेपाली चलचित्रमानायिका हुन्छु भन्ने लनगेका थिएन । झेलीमा काम गरेपछि म पनि नायिका भएछु भन्ने लाग्यो । छुट्टै आनन्द र खुशीको कहसुस भयो झेलीमा काम गर्न पाउँदा ।
यो क्षेत्रमा लाग्न त धेरै संघर्ष गर्नुपर्छ रे । निर्माता निर्देशकलाई खुसी पार्नु पर्छ रे ?
खोई आफूलाई त त्यस्तो लागेन ।मैले त खासै त्यस्तो संघर्ष गर्नुपरेन । झेलीको लागि उहाँहरुले नयाँ अनुहार खोजीरहनुभएको रहेछ । मलाई भेटेर प्रस्ताव गर्नुभयो । बस काम गरियो ।
झेली कस्तो पिल्म हो ?
यो फिल्म अरु नेपाली फिलभन्दा धेरै फरक छ । एक पृथक धारको चलचित्र हो । यो हाम्रै समाजमा घट्ने जालझेलको कथा बोकेको फिल्म हो ।
तपाईंको के भुमिका छ त झेलीमा ?
झेलीमा मेरो महत्वकांक्षी यूवतिको भूमिका छ । जो आफ्नो महत्वकांक्ष्ााँ पूरा गर्न जे पनि गर्न सक्ने यूवतिको भुमिकामा छु । पैसाको लागि जे पनि गर्ने ।
जे पनि गर्ने भन्नाले ?
आफ्नो महत्वकांक्षा पूरा गर्न पैसाको लागि आफ्नै साथिको बुबालाई पे्रमजाल तथा बासनामा फसाउने भूमिका छ ।
अहिलेका नायिकाहरु झैं अङ्गप्रदर्शन होला नी हैन ?
त्यति भल्गर त छैन तर हल्का त हुनै प¥यो नी ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
म अहिले चलचित्र कात्तिकको छायाँकनमा व्यस्त छु ।
कात्तिकमा कस्तो भूमिका छ ?
मेरो त्यसमा सोझी गाउँले यूवतिको भूमिका रहेको छ ।
चलचित्रमा टिक्न सक्छु भन्ने लाग्छ ?
मलाई आत्मविश्वास छ यो क्षेत्रमा टिक्न सक्छु भन्ने । किनकी राम्रो गर्न सक्नेलाई अवसरको कमी छैन यहाँ । आफू गर्न सक्छु भन्ने कन्फिडेन्स छ ममा त्यसैले यो क्षेत्रमा टिक्न सक्छु भन्ने लाग्छ ।
नेपाली फिल्को दर्शक छैन भन्छन् नी अहिले ?
नेपाली फिल्मको बजार घटेको पक्कै हो । तर राम्रो फिल्म उद्योगले दिन सके दर्शक बढ्छ नि । जस्तो लुटले कति राम्रो व्यापार ग¥यो नी ।
माया के हो ? जीवन के हो ?
माया एउटा जीवनको अभिन्न अंग हो भने जीवन एउटा मीठो यात्रा हो । एकचोटी पाएको जीवनलाई सदुपयोग गर्नुपर्छ  दुरुपयोग होईन ।
सेक्स के हो ?
सेक्सलाई प्राकृतिक आवश्यकता हो । आधारभूत आवश्यकता हो
प्रेममा सेक्स आवश्यक छ ?
सेक्सलाई अन्यथा लिनु हुँदैन । यो बेसिक निड हो । प्रेममा सेक्स आवश्यक नै छ त भन्न मिल्दैन तर यदि मन मिलेको खण्डमा सेक्स गर्दा केहि फरक पर्दैन भन्ने मलाई लाग्छ । सेक्सले प्रैमलाई प्रगाढ बनाउँछ । आत्मीयता बढ्छ ।
बिहे अघिको सेक्स उचित हो ?
उचित पनि हैन एकदमै गलत पनि होईन । तर सेक्स सुरक्षित हुनुपर्छ । त्यसले पछि जीवनमा नकारात्मक खसर नपरोस् ।
अन्तमा…………… ?
मलाई सम्झेर आफ्नो लोकप्रीय पत्रिकामा स्थान दिनुभएकोमा मध्यमार्ग साप्ताहिक र तपाईंलाई धेरै धेरै धन्यवाद । अनि सबै मिलेर हाम्रो नेपाली चलचित्र उद्योगलाई जोगाऔं । नेपाली फिल्मलाई माया गरौं नेपाली कलाकारलाई माया गरौं भन्न चाहन्छु । मेरो अभिनय रहेको नेपाली चलचित्र उद्योगको बिल्कुलै पृथक र सबैले हेर्नै पर्ने चलचित्र झेली चाँडै नै रिलिज हुँदैछ । कृपया एक पल्ट सबैले चलचित्र झेलीलाई हेरिदिउँ । मेरो कामको मुल्याङ्कन गरी राम्रा नराम्रा प्रतिक्रिया दिईदिनुहुन अनुरोध गर्न चाहन्छु ।

[email protected]/[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0