प्रभातफेरी अनलाइन१४३७ पटक पढिएको | २०७० भाद्र १६, आईतबार
बनेपा ÷ भौतिक योजना तथा निर्माणमन्त्री छविराज पन्तले यातायातलाई अब उद्योगको रुपमा लिनुपर्ने बताएका छन् ।
शनिबार अरनिको यातायात सेवा समितिको ४२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा मन्त्री पन्तले यातायात क्षेत्रलाई व्यवसायी नभइकन यसलाई उद्योगको रुपमा सरकारले लिनुपर्ने बताएका छन् । अर्थतन्त्तमा समेत यातायातले ठूलो योगदान पु¥याउने बताउँदै मन्त्री पन्तले यातायात क्षेत्र थप गरि व्यवस्थित गर्नुपर्ने र पछि समस्या भए त्यसका लागि कानून परिवर्तन गर्न समेत सरकार तयार रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, यातायात विभागका सचिव तुल्सी सिटौला, महासंघका महासचिव डोलनाथग खनाल, कोषाध्यक्ष पुष्पप्रसाद ढकाल, रेयुकाइ आँखा अस्पतालका अध्यक्ष मधु आचार्य, विश्व हिन्दू महासंघका अध्यक्ष निलप्रसाद भट्टराई, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कञ्चनचन्द्र वादे, एमाले अध्यक्ष गोकुल बास्कोटा, नेकपा–माओवादी प्रतिनीधि होमबहादुर खुलाल, अरनिको यातायातका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर वादे, काभ्रे मिनिबस सेवा समितिका
अध्यक्ष सुरकृष्ण वैद्य, नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष महेश पौडेल र रामेछापका अध्यक्ष टिका भट्ट, अरनिको यातायातका सल्लाहकार रमेश वैद्य लगायतले बोलेका थिए ।
अरनिको यातायात समितिका अध्यक्ष जितबहादुर भारतीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ यातायात व्यवसायी ध्रुवराज कर्माचार्य, पूर्वअध्यक्षहरु रमेश वैद्य र केदार क्षेत्रीलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । त्यसैगरी वर्षा उच्च मावि काठमाडौं र त्यहाँ अध्ययनरत बालबालिकाहरुलाई समेत सम्मान गरिएको थियो