Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यो माया भन्ने चिजै यस्तो हो……………

प्रभातफेरी अनलाइन १७७९ पटक पढिएको प्रकाशित मिति: २०७० माघ ६, सोमबार (१२ साल अघि)
Post Thumbnail

यो माया भन्ने चिजै यस्तो हो
तिमीसँग भेट नहुँदा लाग्न थाल्यो दिनै कस्तो खल्लो ।
उनलाई मात्रै सम्झिरन्छु दिनरात आृँछ उन कै झल्को ।।
किन किन डुब्न पुग्छु उन कै मायाको संसारमा हर पल ।
हाँसी दिन्छिन् सधैं उनी  लाग्छ माया उनको निश्चल ।।
मृगन यनी रुप उनको चिटिक्क ती बारुली कम्मर ।
उनी बिनाको जीवन सुवास बिनाको फूल निश्चल ।।
रिसाउदिनन कहिल्यै पनि हाँसी हाँसी सँधै बोल्छिन् ।
कपट उनको छैन मनमा मायालु बोली सधैं बोल्छिन् ।।
उनीसँगै मायाको संसारमा डुब्ने मेरो भयो चाहना ।
मायामा रमाइ जोडी पंछी झैं डुल्ने रह्यो हाम्रो चाहना ।।

एक्काइसौं शताब्दीको आजको आधुनिक प्रविधिको जमानामा मानिसहरुको चाहना र इच्छा सहजै पूरा हुँदै आएको छ भने यसको नकारात्मक असरहरु समेत दिनानुदिन बढ्रदै जान थालेको हामी पाउँछौं । सामाजिक संजालहरु फेसबुक तथा ट्वीटर तथा नेट इनटरनेटमा मानिसहरु झुम्मिन थालेको हामी पाउँछौ । सामाजिक संजाल तथा च्याटको माध्यमबाट थुप्रैको मित्रता गाँसिएको हामी पाउँछौं । बतिले यसैको माध्यमबाट जीवनका महत्वपूर्ण कार्यहरु गरेका छन् भने कतिले जीवन साथी समेत पाएका छन् । कतिले यसको दुरुपयोग समेत गर्न पछि हटेका छैनन् ।

फेसबुकमा मित्रता गाँसे पछि नजिकिने क्रममा  विभिन्न प्रलोभन देखाइ माया प्रेममा फसाइ बिहे गर्ने बहानामा कतिपय चेलीलाई विदेशी मुलुकमा पु¥याई बेचिने गरेको पनि बेला बेलामा समाचारहरुमा पढ्न र सुन्नमा आउने गरेको छ । हालै मात्र भारतको सिमाना रक्सौलबाट दुई जना नेपाली युवतीलाई माइती नेपालले भेटेर परिवारलाई पिर्ता गरेको समाचार आएको थियो । सामाजिक संजालको माध्यम बाटै गहिरो माया प्रेममा परेको घटनाहरु पनि अब त कुनै नौलो घटना नै हैन ।

सागर एक जेहेन्दार विद्यार्थी राजधानीको महँगो कलेजमा ब्याचलर पढ्दै थियो । पढाइका साथै प्रविधिको सामाजिक संजाल फेसबुकमा पनि निकै खाबर्षित थियो । उसले फेसबुकबाट थुप्रै साथीहरु बनाएको थियो । जस मध्ये आधा भन्दा बढी त केटी साथीहरु नै थियो । प्राय फेसबुकको च्याटमा रहिरहने उनको आदतै बस्न थाल्यो । साँझ, बिहान राती समेत फेसबुकमा झुण्डिने उसको बानी नै थियो । घण्टौ च्याटमा रमाउने उसको फेसबुकबाट एकजना युवतीसँग उनको धेरै नै गफ हुन थालेको थियो । धरानतिरकी ती युवती थिइन् अनिता ।

अनिता र सागर फेसबुकको माध्यमबाट यति नजिक हुन पुगे की एकले अर्कालाई हरेक कुरा सेयर गर्न थाले । आफ्नो मनको बहहरु पोख्न थाले । एकले अर्कालाई एकदिन च्याटमा नभेट्दा कता कता खल्लो महसुस गर्न थाल्थे । घण्टौ च्याटमा गफ गर्ने क्रममा उनीहरु एक अर्काका यति नजिक पुगे की एकले अर्कालाई जीवनभर साथ दिने वाचा कसम  खान थाले ।

एवं रितले दिनहरु बित्दै जाँदा सागरको ब्याचलरको परीक्षा समेत सकियो त्सको परिणाम पनि आइसकेको थियो तर सधैं फस्ट डिभिजनमा उत्तीर्ण हुने सागर ब्याचलरमा भने एउटा विषयमा अनुत्तीर्ण हुन पुगे । उता अनिताको पनि परीक्षा बिग्रियो । ब्याचलर सम्म सरासर राम्रै डिभिजनमा उत्तीर्ण अनिता मास्टरर्समा फेल हुन पुग्यो । तर पनि उनीहरुलाई कुनै चिन्ता थिएन । उनीहरु फेसबुकमा एक अर्कासँग गफिनुमा नै आनन्दित हुन्थे ।

यसै क्रममा उनीहरुको फोनमा समेत गफगाफ हुन थाल्यो । झन झन नजिकिदै गएका उनीहरु एक अर्काको जीवनभर साथ दिने बाचा गर्दै भेटघाट गनेृे निर्णयमा पुगे । यसै क्रममा अनिता धरान देखि काठमाण्डौ सम्म आइन् सागरलाई भेट्न । सागर पनि अनितासँग भेट्न पाउँदा अति नै खुसी थियो । काठमाण्डौमा अनिता आएपछि उनीहरु दिनभर थानकोट, बालाजुतिर घुमेर बिताए ।

साँझ दोहारी साँझमा छिरेर दोहोरीको मजा पनि लिए । दोहोरीमा साँझमा नै उनीहरुले खाना खाए । त्यसपछि उनीहरु सागरको कोठामा पुगे । कोठामा पुगेर पनि उनीहरु तीन चार घण्टा सम्म मीठा मीठा गफ अनि भविष्यको योजना तथा आफ्नो मायाको सुन्दर संसारको कल्पना गर्दै एक अर्काको अँगालेमा बाँधिएर बिताए ।

क्रमशः रात छिप्पीदै जाँदै थियो । अब उनीहरु सुत्ने तरखरमा थिए । सागरको कोठा साँघुरो थियो । त्यस माथि पनि एउटै मात्र खाट थियो । उनीहरु दुबै जना एउटै खाटमा सुत्ने निर्णयमा पुगे । बत्री निभाएर उनीहरु खाटमा पल्टिए । भित्र भित्रै उनीहरुमा रोमान्चकता पैदा भएको थियो । नौलो अनुभूति गर्दै थिए । दुबैको विपरित लिङ्गीसँगको पहिलो सामिप्यता थियो । निन्द्रादेवीले पनि उनीहरुलाई साथ दिइरहेको थिएन ।जति नै निदाउने प्रयास गरे पनि दुबै जना निदाउन सकेको थिएन । रातको दुई बजिसकेको थियो तर दुबै निदाउन सकेको थिएन ।

अनिता सागर पट्टी फर्किएर सुस्तरी बोल्यो–‘सागर, निन्द्रा लागेन ?’‘अहँ निन्द्रा नै लागेन भन्या हेर न अनिता । तिमी पनि त निदाएकी छैनौ नि ।’ सागरले जवाफ दियो । उनीहरु फेरि एक अर्काको अँगालोमा बेरिए । आगोको छेउमा घिउ पग्लिनु स्वभाविकै थियो । उनीहरु पनि बिस्तारै पग्लिदै थियो । सागर बोल्यो–‘अनिता माइण्ड मगर है । आज हामी एक अर्कामा समर्पित बनौं न हुन्न ।’ यति भन्दै सागरले अकिताको अंग प्रत्यङ्गमा आफ्नो हात सल्बलाउन थाल्यो । अनिताले न त कुनै प्रतिकार नै गरिनन् ………….

क्रमशः. (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)

[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0