बनेपा ÷ शब्दयात्रा प्रकाशनले विभिन्न सर्जकहरुलाई विहिबार एक समारोहका बीच सम्मान गरेको छ ।
काठमाडौं विश्व विद्यालयका संस्थापक उपकूलपति डा. सुरेशराज शर्माले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
वरिष्ठ पत्रकार भैरव रिसाललाई देविप्रसाद सापकोटा आमसञ्चार, वरिष्ठ अनुसन्धानकर्ता दिनेशराज पन्तलाई भीमभक्तमान सिंह बस्नेत अनुसन्धान, वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाललाई नरबहादुर भारती विज्ञान–प्रविधि, अग्रज समाजसेवी वेलप्रसाद श्रेष्ठलाई हंसराज राजदास श्रेष्ठ सामाजिक जागरण र महाकाव्यकार नीलकण्ठ भट्टराईलाई बसन्त शर्मा कविता काव्य सम्मान समर्पण गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा काठमाडौं विश्व विद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, लोकसेवा आयोगका पूर्व सदस्य उर्मिला श्रेष्ठ, सम्मानित व्यक्तित्वहरु भैरव रिसाल, बेलप्रसाद श्रेष्ठ, निलकण्ठ भट्टराई, शंकरनाथ रिमाल र दिनेशराज पन्त लगायतले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य हरिगोपाल प्रधान, शब्दयात्रा प्रकाशनको संस्थागत गानको शुभारम्भ हिरण्य भोजपुरेले गरेका थिए ।
सोही अवसरमा नेपालभूमि साप्ताहिकको वार्षिक अंकको सार्वजनिकीकरण गरिएको थियो भने एक वर्षभित्र १० वटा भन्दा बढी लेखरचना प्रकाशन गरिएका लेखक तथा सम्वाददाताहरुलाई स्मृतिचिन्ह प्रदान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व समाजसेवी त्रिरत्न रंजितकारले गरेका थिए भने शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले कार्यक्रम संचालन गरेका थिए ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |