धुलिखेल ÷ काठमाण्डौवाट वाह्रविसे तर्पm गईरहेको ना.२.ख.३३७७ नं. को यात्रुवाहक वसमा अवैध वन पैदावर रक्त चन्दनको गोलिया बरामद गरिएको छ ।
गत शुनिबार विहान १०ः३० वजेको समयमा पाँचखाल ६ स्थित प्रहरीचौकी पाँचखालको चेकप्वाईन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा सवारी साधन नरोकी भगाई लगेकोमा पिछा गर्दै ११ः०० वजेको समयमा भुम्लुटार गा.वि.स.वडा नं. ६ स्थित वनदेउ नजिक रोक्न खोज्दा पनि सवारी साधनका चालक र सहचालक भागी फरार भएका थिए ।
त्यसपछि शंका लागी उक्त नियन्त्रणमा लिएको गाडी चेकजाँच गर्दा गाडीको अन्तिम सिटमुनि फल्सवटम वनाई सो भित्र कालो, सेतो प्लाष्टिकले वेरी वाहिरवाट सेतोटेप लगाई लुकाई छिपाई राखी ल्याएको अवैध वन पैदावर रक्त चन्दनको गोलिया थान ११ (९८ के.जी.) पक्राउ गरी थप अनुसन्धान तथा कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
प्रहरी प्रमुख अरुणकुमार जिसीका अनुसार पक्राउ गरेको सावरीका गाडीधनी सिन्धुपाल्चोक निवासी हाल काठमाडौंमा रहेका जंकसन श्रेष्ठ रहेको र सवारी चालक भने अझै फरार रहेका छन् । सो ब्यक्ति बिगतमा खासा ब्यापार मा कह्लिएका तस्करि हरु मध्यको एक ब्यक्ति हुन भन्ने कुरा स्रोत का अनुसार खुल्न आएको छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |