Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तेस्रो लिङ्गीद्वारा समान अधिकारको माग

प्रभातफेरी अनलाइन २२४७ पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख ७, आईतबार (९ साल अघि)
तेस्रो लिङ्गीद्वारा समान अधिकारको माग

बनेपा ÷ समलिङ्गीलाई महिला पुरुष सरह समान अधिकार राज्यले दिनुपर्छ ।
उक्त कुरा निल हिरा समाजका संचार अधिकृत माधव दुलालले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको आधार प्राप्तिको अभियानबारे पत्रकारसँग बनेपामा अन्तक्र्रिया कार्यक्रममा बताएका हुन् ।
अधिकृत दुलालले पहिचान अनुसारको राज्यले नागरिकताको प्रमाणपत्र, शिक्षा स्वास्थ्य र रोजगारमा तेस्रो लिङ्गको समान पहुँच हुनुपर्छ र विभेदकारी कानूनहरु खारेज गरी अब बन्ने संविधानमा समलिङ्गी (तेस्रो लिङ्गी) मैत्री व्यवस्था हुनुपर्छ भने अब संविधान सभामा मनोनित सभासद्मा तेस्रो लिङ्गको प्रतिनीधित्व हुनुपर्नेमा जोड दिएका थिए ।
अन्तक्र्रिया कार्यक्रममा तेस्रो लिङ्गी विष्णु अधिकारीले ‘म जैविक रुपमा महिला हुँ भने बाहिरी सामाजिक रुपमा पुरुष भएकोले तेस्रो लिङ्गीको रुपमा रहेको छु । मैले नेपालमा कास्कीबाट पहिलो पटक तेस्रो लिङ्गीको नागरिकता पाएको छु’ भन्छन् ।
उनले भने, यसरी रुप र भूमिका परीवर्तन भएकोले समाजले परिवारले हेर्ने तरिका फकर हुने हुँदा विभेद शुरु भएको छ । यसलाई चिर्न निल हिरा समाजमा विगत आठ वर्षदेखि रिपोर्टरको रुपमा काम गर्दै आएको र आउँदा दिनहरुमा संचार माध्यम मार्फत समाजमा रहेको विभेदीलाई समान अधिकारको रुपमा अगाडी बढ्न सम्पूर्ण नेपाली दाजुभाई र तेस्रो लिङ्गी साथीहरुलाई अनुरोध समेत गरेको बताएका छन् ।
काभ्रे शंखुकी समलिङ्गी सुशिला लामाले भने ‘म पहिला पुरुषको रुपमा देखा परेपनि छोराको रुपमा हेर्थे, म पुरुषको नागरिकता लिएको व्यक्ति हुँ अहिले म नागरिकता लिएर रोजगार खोज्द हिँड्दा अप्ठ्यारो परेको छ ।’
‘मेरो शरीर, मेरो चाहना र मेरो अधिकार भनि समाजमा पहिचान दिँदै आएको छु र म अहिले मेरो पहिचान र कामसँग खुशी छु । सानैदेखि म महिला प्रकृतिको थिएँ, म जैविक रुपमा नै महिलाहरु साथी भएकोले परिवारले सानैदेखि यो सन्तान यस्तै हो भनि सहजै सहयोग गरिरहेका छन्’ उनले भने ।
उनले भने, ‘हामी नागरिकताको लागि प्रशासनसँग लड्दै आएका छौं । अदालतमा पनि मुद्दा दायर गरिरहेका छौं ।’
नेपालमा मात्र ४ लाख व्यक्तिहरु समलिङ्ग छन् र निल हिरा समाजले ३१ जिल्लामा आफ्ना कार्यक्रम संचालन गर्दै आएको छ र काभ्रे जिल्लामा मात्र ४ सय ११ जना समलिङ्ग भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
हालसम्म नेपालमा १ सय ५५ जनाले तेस्रो लिङ्गीको रुपमा नागरिकता पाइसकेका छन् । एल.जी.बी.टी.आई. महिला समलिङ्गी, पुरुष समलिङ्गी, दुई लिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीको रुपमा समलिङ्गीहरु विभाजित रहेका छन् ।
निल हिरा समाजका प्रशासकिय अधिकृत प्रभुराम राईका अनुसार नेपाल सरकारबाट भने हामीलाई खासै सहयोग भएको छैन । अमेरिका, नर्वे, विश्व बैंक, ग्लोबल फण्ड र अर्थ मन्त्रालयको एच.आई.भी. एड्स शीर्षकबाट मात्र सहयोग आउने गरेको छ ।
तेस्रो लिङ्गीमा पनि ३.५ प्रतिशत संक्रमित रहेको आशंका गरिँदै आएको कुरा कार्यक्रममा उपस्थिति व्यक्तिहरुले बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

  • धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0