Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तेस्रो लिङ्गीद्वारा समान अधिकारको माग

प्रभातफेरी अनलाइन २५३० पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख ७, आईतबार (१२ साल अघि)
तेस्रो लिङ्गीद्वारा समान अधिकारको माग

बनेपा ÷ समलिङ्गीलाई महिला पुरुष सरह समान अधिकार राज्यले दिनुपर्छ ।
उक्त कुरा निल हिरा समाजका संचार अधिकृत माधव दुलालले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको आधार प्राप्तिको अभियानबारे पत्रकारसँग बनेपामा अन्तक्र्रिया कार्यक्रममा बताएका हुन् ।
अधिकृत दुलालले पहिचान अनुसारको राज्यले नागरिकताको प्रमाणपत्र, शिक्षा स्वास्थ्य र रोजगारमा तेस्रो लिङ्गको समान पहुँच हुनुपर्छ र विभेदकारी कानूनहरु खारेज गरी अब बन्ने संविधानमा समलिङ्गी (तेस्रो लिङ्गी) मैत्री व्यवस्था हुनुपर्छ भने अब संविधान सभामा मनोनित सभासद्मा तेस्रो लिङ्गको प्रतिनीधित्व हुनुपर्नेमा जोड दिएका थिए ।
अन्तक्र्रिया कार्यक्रममा तेस्रो लिङ्गी विष्णु अधिकारीले ‘म जैविक रुपमा महिला हुँ भने बाहिरी सामाजिक रुपमा पुरुष भएकोले तेस्रो लिङ्गीको रुपमा रहेको छु । मैले नेपालमा कास्कीबाट पहिलो पटक तेस्रो लिङ्गीको नागरिकता पाएको छु’ भन्छन् ।
उनले भने, यसरी रुप र भूमिका परीवर्तन भएकोले समाजले परिवारले हेर्ने तरिका फकर हुने हुँदा विभेद शुरु भएको छ । यसलाई चिर्न निल हिरा समाजमा विगत आठ वर्षदेखि रिपोर्टरको रुपमा काम गर्दै आएको र आउँदा दिनहरुमा संचार माध्यम मार्फत समाजमा रहेको विभेदीलाई समान अधिकारको रुपमा अगाडी बढ्न सम्पूर्ण नेपाली दाजुभाई र तेस्रो लिङ्गी साथीहरुलाई अनुरोध समेत गरेको बताएका छन् ।
काभ्रे शंखुकी समलिङ्गी सुशिला लामाले भने ‘म पहिला पुरुषको रुपमा देखा परेपनि छोराको रुपमा हेर्थे, म पुरुषको नागरिकता लिएको व्यक्ति हुँ अहिले म नागरिकता लिएर रोजगार खोज्द हिँड्दा अप्ठ्यारो परेको छ ।’
‘मेरो शरीर, मेरो चाहना र मेरो अधिकार भनि समाजमा पहिचान दिँदै आएको छु र म अहिले मेरो पहिचान र कामसँग खुशी छु । सानैदेखि म महिला प्रकृतिको थिएँ, म जैविक रुपमा नै महिलाहरु साथी भएकोले परिवारले सानैदेखि यो सन्तान यस्तै हो भनि सहजै सहयोग गरिरहेका छन्’ उनले भने ।
उनले भने, ‘हामी नागरिकताको लागि प्रशासनसँग लड्दै आएका छौं । अदालतमा पनि मुद्दा दायर गरिरहेका छौं ।’
नेपालमा मात्र ४ लाख व्यक्तिहरु समलिङ्ग छन् र निल हिरा समाजले ३१ जिल्लामा आफ्ना कार्यक्रम संचालन गर्दै आएको छ र काभ्रे जिल्लामा मात्र ४ सय ११ जना समलिङ्ग भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
हालसम्म नेपालमा १ सय ५५ जनाले तेस्रो लिङ्गीको रुपमा नागरिकता पाइसकेका छन् । एल.जी.बी.टी.आई. महिला समलिङ्गी, पुरुष समलिङ्गी, दुई लिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीको रुपमा समलिङ्गीहरु विभाजित रहेका छन् ।
निल हिरा समाजका प्रशासकिय अधिकृत प्रभुराम राईका अनुसार नेपाल सरकारबाट भने हामीलाई खासै सहयोग भएको छैन । अमेरिका, नर्वे, विश्व बैंक, ग्लोबल फण्ड र अर्थ मन्त्रालयको एच.आई.भी. एड्स शीर्षकबाट मात्र सहयोग आउने गरेको छ ।
तेस्रो लिङ्गीमा पनि ३.५ प्रतिशत संक्रमित रहेको आशंका गरिँदै आएको कुरा कार्यक्रममा उपस्थिति व्यक्तिहरुले बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0