logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

प्रहरीको जनचेतनामूलक स्कूल कार्यक्रम

प्रभातफेरी अनलाइन६१३१ पटक पढिएको | २०७१ जेष्ठ ३०, शुक्रबार
प्रहरीको जनचेतनामूलक स्कूल कार्यक्रम

निर्दिप के सी

धुलिखेल / ‘अपराधरहित समाजको श्रृजना, नागरिक र प्रहरीको चाहना’ मूल नारासहित जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकद्वारा “सुरक्षित तथा न्यायपूर्ण समाजको निर्माण यूवा विद्यार्थी र प्रहरीको सामुहिक आह्वान” अभियान संचालन गरिएको छ ।
यूनाईटेड स्टेट्स ईन्स्टीच्यूट अफ पिस, नेपालको सहयोगमा संचालित अभियानमा गत आइतबारदेखि काभ्रे जिल्लाका रहेका विभीन्न २० वटा सरकारी स्कुलहरुमा कक्षा ९ देखी १२ सम्म अध्ययनरत यूवा बिद्यार्थीहरुलाई लक्षित गरीे २ दिने आवशिय जनचेतनामूलक स्कूल कार्यक्रम गरेको छ ।
समाजमा देखीएका विकृती तथा विसंगतीलाई न्यूनिकरण गर्न तयार गरिएको प्रशिक्षण कार्यक्रममा प्रत्येक  स्कुलहरुवाट १ शिक्षक, १ छात्र तथा १ छात्राहरुको मनोनयन गरी जम्मा ५६ जना प्रशिक्षार्थीहरुलाई बाल अधिकार, लैङ्गिक हिंसा, लागूऔषध, मानव वेचविखन तथा ओसारपसार, साईवर अपराध, न्याय प्रणाली प्रत्रृmया लगायत विभीन्न समसामयिक विषयमा आन्तरिक तथा वाह्य (फिल्ड भिजिट) कक्षा संचालन गरी अध्यापन गराईएको थियो ।
जिल्ला स्थित चेतना तालिम केन्द्र, बनेपामा संचालित कार्यक्रम जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण वि.सी.को अध्यक्षतामा आईतवार जिल्ला स्थित विभिन्न सरकारी निकायका प्रमुखहरु, पत्रकार महासंघ, काभ्रेका अध्यक्ष महेश पौडेल, सहयोगी संस्था यू.एस.आई.पी नेपालका प्रमुख शोभाकर बुढाथोकी लगायत स्कुलका शिक्षक तथा विद्यार्थीहरु समेत ८० जनाको उपस्थितिमा समुदघाटन भएको कार्यक्रमको सोमबार प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा समापन भएको थियो ।