logo
२०८३ आश्विन ५, सोमबार |
📰
🔍

तामाङ परिवारको तर्फबाट बाढिपिडितलाई राहत

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | ४८ मिनेट अघि
तामाङ परिवारको तर्फबाट बाढिपिडितलाई राहत

बेलकोटगढी / भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.७ स्थित ठुलोखोलामा करिव ५० परिवारलाई नेपाली कम्युनिष्ट पार्टी काठमाडौं जिल्ला कमिटी र काठमाडौं क्षेत्र नं. ३ को नेकपाबाट प्रत्याशी उम्मेदवार निरज तामाङज्युको परिवारको तर्फबाट उपलब्ध राहत सामग्रीहरु (ग्यास,टेबल पंखा लगायत) प्रदान गरिएको छ ।

बेलकोटगढी नगर प्रमुख जगतबहादुर गुरुङ, नेकपा नगरपालिका कमिटीका नेता सम्भु सिग्देललगायत पार्टीका स्थानीय नेता साथीहरूको उपस्थितिमा, नेपाली कम्युनिष्ट पार्टी काठमाडौं संयोजक संजय लामा, सहसंयोजक महेश्वर फुँयाल, प्रत्याशी उम्मेदवार निरज तामाङसहित जिल्ला कमिटीका टोलीले संयुक्तरुपमा उक्त सामग्रीहरु राहतस्वरूप प्रदान गर्नुभएको हो । विपदको बेलामा सहकार्य र सहयोगको लागि काठमाडौं टीम र संबन्धित सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु ।

साथै पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल’प्रचण्ड’ज्युले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनको क्रममा अस्थायी आवास र पुनस्स्थापनाको कार्य सुरु गर्न निर्देशन दिनुभए पश्चात् यसै बेनपा ७ र ८ मा YCL नेपालद्वारा अस्थायी आवास टहरा निर्माणको कार्य पनि भईरहेको छ । निर्माण टोलीलाई हौसला प्रदान गर्दै आफैं निर्माण कार्यमा सहभागि प्रतिनिधीसभा सदस्य माननीय रमेश मल्ल र YCL केन्द्रीय उपाध्यक्ष हरि ढकाल, साथै स्वास्थ्य सरसफाई सामाग्रीहरुको राहत प्याकेज वितरणका लागि पार्टी केन्द्रीय सदस्य मुस्कान खातुन लगायत कार्यकर्ताहरुको अथक योगदान प्रती बेलकोटगढी नगर पालिकाले आभार व्यक्त गरेको छ ।