Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषकद्वारा चारघण्टा राजमार्ग अवरोध

प्रभातफेरी अनलाइन ८७७ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ३, मंगलबार (८ साल अघि)
कृषकद्वारा चारघण्टा राजमार्ग अवरोध

तरकारी परिक्षणको लागि काभे्र जिल्लाभरको नमुना संकलन

पाँचखाल÷पाँचखाल र आसपासका कृषकहरुले बिभिन्न माग राख्दै शुक्रबार ४ घण्टा राजमार्ग अवरोध गरेका छन् । कृषकहरुका समस्याको बिषयमा कुनै पनि किसान संगठन र राजनीतिक दलहरुले चासो नदिएपछि आफ्नो हक अधिकारका लागि कृषकहरु सडकमा उत्रिएका हुन् ।
पाँचखाल लगायत काभे्र जिल्लामै तरकारी खेतिमा बिषादीको न्यूनिकरण भएको अवस्थामा दुश्प्रचार गरी कृषकहरुलाई मारमा पारेको भन्दै कृषकहरु आन्दोलनमा उत्रिएका थिए । अनावश्यक हल्ला गराएर कृषकहरुले उत्पादन गरेको तरकारी तथा दुधमा अवमूल्यन गराएको भन्दै सरकार, सञ्चारकर्मी, नागरीक समाज, उपभोक्ता, कृषकहरु, व्यापारीहरु लगाएतलाई ध्यानाकर्षण गर्ने हेतुले दवावमुलक ढंगबाट आन्दोलनको थालनि गरेको जानकारी गराउंदै कृषकहरु सडकमा ओईरिएका थिए ।
काठमाडौ कालिमाटीस्थित बिषादी अवशेष विश्लेशण प्रयोगशाललाले एक महिना सम्म संकलन गरेको १ सय १२ थरिको तरकारीको नमुनालाई परिक्षण गर्दा  पाँचखाल र आसपासका क्षेत्रमा उत्पादन भएको तरकारीमा बिषादीको मात्रा नरहेको अवस्थामा समेत दुस्प्रचार गरी पाँचखाल र आसपासका साथै काभ्रेकै वद्नाम गरेको भनि कृषकहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा उत्रीएका कृषक तथा तरकारी व्यापारीहरुले आम कृषकहरुको समस्यालाई कुनैपनि पक्षले चासो नदेखाएकोले आन्दोलनमा उत्रिन बाध्य हुनु परेको उद्घोष गरेका थिए ।
शुक्रबार अरनिको राजमार्ग स्थित पाँचखालको तामाघाट बजारमा हजारौ कृषक तथा तरकारी व्यापारीकोरुको उपस्थितिमा बिभिन्न थरिका तरकारीहरुलाई राजमार्गमा प्रदर्शण गराएर आन्दोलनमा उत्रिएका थिए । दिउंसो ११ ः ४५ बजेबाट सुरुभएको (राजमार्ग अवरोध) आन्दोलन ४ बजेसम्म निरन्तर रुपमा रहेको थियो । आन्दोलनको क्रममा कृषक धूव सापकोटाले कृषकहरुले होसियारी पुर्वक तरकारीखेती गरी जिवन यापन गरीरहेको अवस्थामा दुस्प्रचार गर्ने र बिचौलियाहरुको बिक्रि कमिसनको गर्दा कृषकहरु मारमा परेको बताएका थिए । उनले कृषकको हितको खातिर संम्बन्धित निकायले बिक्रिमा हुने कमिसनको निर्धारणको साथै दुस्प्रचारको अन्त्यको माग राखेका थिए । आन्दोलनमा रामशरण दुलाल, राजेन्द्र लुईटेल, शिवहरी लामिछाने, शुभद्रा अधिकारी, किरण दनुवार लगायतका कृषकहरुले दुस्प्रचारको बिषयमा संम्बन्धित निकाएको चासो नरहेको भनि आक्रोस व्यक्त गरेका थिए ।
कृषकहरुको आन्दोलनबाट अबरोध सडकलाई सुचारु गर्ने उद्देश्यले दिउंसो १ बजे प्रहरीले प्रयास गरेको थियो । राजमार्ग सुचारु गर्ने प्रयास गर्दा झडपको स्थिति स्रिजना भएको थियो । झडपमा परि बर्ष ६७ का यदुकुमार आर्चार्य र बर्ष ६५ का कृष्णप्रसाद न्यौपाने सख्त घाईते भएका थिए । उनिहरुलाई स्थानिय अस्पतालमा तत्काल उपचार गराई घर पठाईएको थियो भने अन्य ७ जना कृषकहरु सामान्य घाईते भएका थिए । झडपमा प्रहरी तर्फ १ जना घाईते भएका थिए, सडक अबरोधलाई सुचारु गर्नको लागि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट थप मद्दका लागि आएका प्रहरी मध्यका प्रहरी जवान फौद्द आलेको निधारमा गम्भीर चोट लागेको थियो भने अन्य प्रहरीहरु घाईते भएका थिएनन् ।
कृषकहरुको मागलाई सम्बोधन गर्ने उद्देश्यले जिल्ला कृषि बिकास कार्यालय काभे्रका प्रमुख सहदेवब हुमागाईले बार्ताको लागि अगुवाई गरेका थिए । पाँचखाल स्थित मसला बालि बिकास केन्द्रमा भएको बार्ताको लागि पाँचखाल बिज भंण्डारका प्रोपाईटर सरोज सापकोटाले बार्ताको लागि वातावरण तयार गरेका थिए । सापकोटाको पहलमा कृषक तथा ब्यापारी प्रतिनिधिहरु बार्तामा बसेका थिए । बार्ताको वातावरण सहज ढंगबाट अगाडी बडेकोले अवरोध सडकलाई खुलाईएको थियो । बार्ताको क्रममा कृषक प्रतिनिधिहरुको माग अनुसार शनिबार पाँचखाल आसपास लगायतका जिल्लाको तरकारी पकेट क्षेत्रहरुमा रहेको स्थानहरुमा उत्पादन भएको तरकारीको नमुना संकलन गरी परिक्षणको लागि पठाउने सहमति भएको थियो ।
काठमाडौ कालिमाटीस्थित बिषादी अवशेष विश्लेषण प्रयोगशाललामा परिक्षणको लागि पठाईएको तरकारीको नमुनाको नतिजालाई पत्रकार सम्मेलन मार्फ भोलि सोमबार सार्वजनिक गर्ने सहमति भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0