Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिक दवावमा धुलिखेल अस्पताल

प्रभातफेरी अनलाइन ११८६ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ३, मंगलबार (११ साल अघि)
Post Thumbnail

उपकुलपति नियुक्ति हुने बित्तिक्कै पत्रकारहरुको माझ काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुले धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयमा राजनीति दबाबमा आफू नझुक्ने उद्घोष गरेका थिए ।
तर डा. रामकण्ठ माकजुको अडान भने लामो समय टिक्न सकेन । दुई हप्ता अघिमात्र राजनीति दबाबमै विराटनगरस्थिति विराट मेडिकल कलेज र भैरहवास्थित देवदह विश्व कलेजलाई उपकुलपति डा. रामकण्ठ माकजु, प्रशासकिय प्रमुख डा. राजेन्द्र कोजू, सम्बन्धित डिन डा. नरेन्द्रबहादुर राणा र रजिष्टार डा. भोला थापा रहेको स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले सम्बन्धन दिने निर्णय गराउनुले काठमाडौं विश्वविद्यालयमा पनि राजनीतिक हस्तक्षेप बढ्दै गएको देखिन्छ ।
यसरी यसअघि विराटनगरमा नोबेल मेडिकल कलेजलाई सम्बन्धत दिई पढाई संचालन हुँदा त्यसै क्षेत्रको विराट मेडिकल कलेजलाई सम्बन्धन दिँदा थप रहस्य घुसेको र देवदह मेडिकल कलेजको भने अहिले निरीक्षण गर्न जाँदा पनि भौतिक पूर्वाधार नपुगेको गुनासो स्वास्थ्यसेवीहरुले बताउँदै आएका छन् ।
धुलिखेल अस्पतालको निमन्त्रणामा एकसाताअघि आएका नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले समेत यसरी सम्बन्ध दिनेबारे केयूले गरेको निर्णयप्रति गम्भिर चासो राखेका थिए ।
केयूले मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको प्रति आम शिक्षासेवी र समाजसेवीहरुको चासोको विषय बन्दै गएको छ । सम्बन्धन दिने अस्वस्थ दौडधुपबाट केयूको साख घट्न जाने र मुख्य सचिव पौडेलले उपकुलपति डा. रामकण्ठ माकजुलाई सम्बन्धनबारे कुनै सम्झौता नगर्न निर्देशन समेत दिएका थिए ।
जथाभावी मेडिकल कलेजलाई सम्बन्धन दिँदा स्वास्थ्य सेवा जोगाउन गाह्रो हुने र सरकारले मात्र मेडिकल सेवा दिएर सक्दैन तर नीजि क्षेत्रले मेडिकल सेवामा विकृति भित्र्याउँदा सेवा दिने भन्दा नाफा कमाउने प्रवृत्ति हाबी हुँदै गएको छ ।
एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदादेखि सम्बन्धन दिन केयू पदाधिकारीहरुलाई दबाब दिँदै आएकोमा एमाओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले मापदण्ड नपुगेको भनि ती दुई कलेजलाई सम्बन्धन नदिने अडान राखेका कारण ०६९ कात्तिक २४ गते १८ औं दीक्षान्त चल्नु अघि सिनेट बैठकमा शर्माको राजिनामा माग हुँदा डा. शर्माले अनदस्पट राजिनामा दिएकाले राजिनामा स्विकृत भई पार्टीको सिफारिसको आधारमा भट्टराईले धुलिखेल अस्पतालका निर्देशक रहेका श्रेष्ठलाई उपकुलपति नियुक्त गरेका थिए ।
यसरी राजनीतिक हस्तक्षेप र आर्थिक चलखेलले स्वस्थ केयू विज्ञान कार्यकारी परिषद्ले प्रभावित भई सम्बन्धन दिएको स्रोतको दाबी छ । यसअघि ८ मेडिकल कलेजलाई सम्बन्धन दिई १ हजार १० जनाले एमबीबीएस अध्ययन गरिरहेका छन् । यसरी सम्बन्धन दिनुले डा. गोविन्द केसीसँग सरकारले गरेको सहमति केयूले उल्लंघन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0