logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

हिमाल तराईमा पुनः आत्मारामको नेतृत्व

प्रभातफेरी अनलाइन२०३८ पटक पढिएको | २०७१ भाद्र १६, सोमबार
Post Thumbnail

बनेपा ÷ हिमाल तराई यातायात सेवा समितिको तेस्रो साधारण सभाले पुनः आत्माराम थापाको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
गत आइतबार बनेपाको उग्रचण्डी बैन्क्वेटमा भएको सभाले उपाध्यक्षमा मंगलमान फुँयाल र ऋतुवर्ण शाक्य, सचिवमा सुरज लामा, सहसचिवमा नवराज पन्त, कोषाध्यक्षमा यादव कर्माचार्य र सहकोषाध्यक्षमा संयोग भण्डारी चयन भएका हुन् ।
त्यस्तै, समितिको सदस्यहरुमा वासुदेव खत्री, विजबहादुर पाख्रिन, राजकुमार रायमाझी, पूर्णबहादुर तामाङ र कविन्द्र लामा निर्विरोध चयन भएका छन् ।

साधारण सभाको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदार न्यौपाने, खड्गदल गणका गणपति जगतबहादुर पौडेल, हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, अरनिको यातायात सेवा समितिका जितबहादुर भारती, काभे्र मिनिबस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजू, काभ्रे बस व्यवसायी संघका अध्यक्ष रत्न श्रेष्ठ, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्य, जिफन्ट नेपालका केन्द्रीय सचिव शम्भु नेपाल लगायतले यातायातका बारेमा मन्तव्य राखेका थिए ।
हिमाल तराई यातायात अध्यक्ष आत्माराम थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रकाश कायष्ठले गरेका थिए ।