Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनुत्पादक क्षेत्रमा वढ्दो लगानी

प्रभातफेरी अनलाइन ५४९१ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (९ साल अघि)
अनुत्पादक क्षेत्रमा वढ्दो लगानी

कुनैपनि क्षेत्रमा लगानी तब गरिन्छ जब त्यसबाट केहि प्रतिफल प्राप्त हुने आशा पलाउँछ । यसो भनेर फाइदा नहुने काममा लगानी नगर्नु नै त भन्न खोजेको होइन । तर राज्यले खर्च गर्दा देश र जनताका लागि केहि उपलब्धि हुने काममा लगानी गर्नु अहिलेको आवश्यकता भएपनि त्यसतिर खासै ध्यान पु¥याइएको देखिंदैन । प्रसङ्ग मद्यपान र ध्रुम्रपान लगायतका अनुत्पादक क्षेत्रमा वर्षेनी राज्यको लगानी वढ्दो अवस्थाको हो । विगत केहिवर्ष यता यस्ता क्षेत्रमा लगानी गर्ने दर वढ्दै गएको छ भने आर्कषित हुनेको संख्या पनि वढीरहेको छ । यसले राज्यको करको दायरामा केहि सुधार आएपनि सर्वसाधारणको स्वास्थ्यमा भने गम्भिर रुपमा असर परिरहेको तर्फ न राज्यले सोचेको छ न यस तर्फ आर्कषित हुनेहरुले नै सोच्न भ्याएका छन् ।
पछिल्लो एक तथ्याङ्क अनुशार नेपालमा वर्षेनी ६१ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ बराबरको मदिरा खपत हुन्छ । यो मदिराको मात्र खर्च हो । यसका अतिरिक्त ध्रुम्रपान र खैनीसूर्तीमा वर्षेनी अरु ५० अर्ब भन्दा धेरैको लगानी हुने गरेको डरलाग्दो तथ्याङ्क पनि बाहिर आइसकेको छ । गतवर्ष वियर २४ अर्ब र अन्य सूर्तिजन्य वस्तुहरु ३५ अर्बको कारोबार भएको अन्तशुल्क विभागले जनाएको छ । ५ करोड ७४ लाख लिटर मदिरा खपत भएको छ । त्यसो भए यति धेरै लगानी गरिएको मदिरा र सूर्तीजन्य वस्तुको उपभोगको प्रतिफल के हो त ? अहिले यो प्रश्नको जवाफ जो कसैले पनि खोजिरहेको हुन सक्छ । प्रश्न सँगै जवाफ पनि आएको छ । क्यान्सर, दमखोकी र अन्य शारिरीक कमजोरीहरु । यति मात्र होइन , प्रत्येक चुरोट र खैनीका प्याकेटहरुमा ध्रुम्रपान र सूर्तीसेवन स्वास्थ्यका लागि हानीकारक छ भनेर पनि लेखिएको हुन्छ । केहि वर्ष यता त ती प्याकेटहरुमा चेतनामूलक चित्रहरु अनिवार्य राख्नु पर्ने नियम बनाईएको छ । तर पनि यस्ता वस्तुहरुको उपभोगमा कुनै कमी आउनुको सट्टा उल्टो वृद्धी पो भएको देखिन्छ । आखिर यो किन त ? अहिले सोचनिय विषय बनेको छ ।
उल्लेखित तथ्याङ्क त राज्यले बाहिरी देशबाट ल्याउने परिमाणको मूल्य मात्र हो । अझ स्वदेशमै पनि स्थानियस्तरमा उत्पादन हुने मदिरा र सूर्ती बिंडीहरुको त यहाँ हिसाब नै गरिएको छैन । यो सबै जोड्ने हो भने उल्लेखित लगानीको मात्रामा चार गुणा सम्म वृद्धी हुन सक्छ । यति धेरै खपत र लगानी हुने गरेको नेपालको मदिरा र सूर्तिजन्य उत्पादनमा राज्यले अन्तशुल्क कर लगाउने भन्दा अरु कुनै नियम कानुन बनाउन पनि सकेको देखिंदैन । जसले गर्दा यस्ता अनुत्पादक क्षेत्रतिर विशेष गरि अहिलेका यूवापुस्ता धेरै नै लागि परेको प्रष्ट छ । सरकारले यी क्षेत्रमा कमी ल्याउन सक्ने खालका नियमकानुनको अभावको फाइदा उठाउँदै धेरै विकृतीहरु पनि फैलिरहेका छन् । वास्तवमा भन्नु पर्दा राज्यले सार्वजनिक ठाउँमा ध्रुम्रपान र मद्यपान सेवन गर्न नपाउने नियम बनाएको भएपनि यसको कार्यान्वयनमा खासै मतलब गरेको छैन । यसले गर्दा खानेहरुलाई भन्दा पनि सँगै रहेका अरुलाई धेरै नै असर पूगिरहेको हुन्छ । त्यतातिर अम्मलीले पनि खासै ध्यान दिएको पाईंदैन ।
एकातिर यो अवस्था छ भने अर्कातिर नेपालमा विभिन्न जातजातीहरु छन् । उनीहरुका धार्मिक वा साँस्कृतिक कामहरुमा अनिवार्य रुपमा रक्सिको प्रयोग गरिने गरिएको छ । धार्मिक रुपमै पनि रक्सिलाई सोमरस भनिन्छ । सगुनको रुपमा प्रयोग गर्नेहरु पनि छन् । त्यसैले राज्यले नियम कानुन बनाएपनि यसको कार्यान्वयनमा भने धेरै कठिनाईहरु रहने गरेका कारण यो नेपालका लागि पछिल्ला दिनहरुमा भयानक ठूलो समस्याका रुपमा देखा पर्दै गएको कुरालाई नकार्न सकिंदैन । नेपालमा हालसम्म मदिराजन्य वस्तुहरुको गुणस्तर निर्धारण र यिनीहरुको उत्पादनमा प्रयोग हुने कच्चा पद्धार्थको प्रयोगबारे कुनै मापदण्ड नभएकै कारण उपभोक्ताले गुणस्तरहिन मदिरा र सूर्तीजन्य वस्तुहरुको प्रयोग गरिरहनु परेको छ । कम गुणस्तरिय वस्तुको सेवनकै कारण ज्यान गुमाउनेहरुको संख्या पनि कम छैन । प्रत्येक वर्ष नेपालमा ध्रुम्रपानकै कारण करिव १५ हजार भन्दा वढि मानिसको मृत्यु हुने गरेको छ । यो तथ्याङ्क प्रत्येक वर्ष वृद्धि हुने क्रममा छ । मदिरापान, ध्रुम्रपान र अन्य सुर्तिजन्य पद्धार्थहरुको सेवनकै कारण मर्ने नेपालीहरुको संख्यामा वर्षेनी झण्डै दोब्बरले वृद्धि भएको छ । विशेष गरि सुर्तिजन्य पद्धार्थहरुको सेवनले क्यान्सर जस्तो भयानक रोगको शिकार हुनेहरुको संख्या पनि दैनिक रुपमा वढेको छ । धुम्रपान गर्नेहरु त यसका शिकार हुने नै भए जथाभावि रुपमा गरिएको ध्रुम्रपानकै कारणसँगै वस्नेहरु पनि यसको असरबाट मुक्त हुन सकेका छैनन् ।
यो नेपालको अवस्था मात्र हो, विश्वको सन्दर्भमा हेर्ने हो भने यसको भयानक अवस्था छ । यस्ता पद्धार्थहरुको सेवनकै कारण विश्वमा प्रत्येक वर्ष करिब ६० लाख मानिसहरुको मृत्यु हुने गरेको छ । अनि सेवन नगरेका र अरुले सेवन गरेकै कारण असर गरेर मर्नेहरुको संख्या ६ लाख छ । प्रत्येक वर्ष यो संख्या वढ्ने क्रममा छ । यहि अवस्था रहिरहने हो भने आउँदो २ वर्षमा सुर्तिजन्य पद्धार्थको सेवनकै कारण मर्नेहरुको संख्या वर्षेनी ८० लाख भन्दा वढि पुग्ने अनुमान गरिएको छ ।
हामीलाई थाहा छ , धुम्रपान र मदिरापान स्वास्थ्यका लागि हानीकारक छ । अनि यो पनि थाहा छ कि यसकै कारण धेरै किसिमका रोगको शिकार हुनु पर्ने अवस्था आउँछ । त्यति मात्र होइन, जाने बुझेरै पनि हामीले ध्रुम्रपान र मदिरापान गर्न छोडेका छैनौं । उत्पादनमा रोक लगाउँदा यस व्यवसायमा संलग्न भएका सयौं व्यवसायीहरुको रोजगारी गुम्छ, अनि सरकारलाई प्राप्त हुने राजश्व पनि कम हुन्छ । जसका कारण होला सरकारले मदिरा र सुर्तिजन्य पद्धार्थको उत्पादन र विक्रि वितरणमा पूर्ण रुपमा रोक लगाउन सकेको छैन । एकातिर धुम्रपान गर्न नपाइने भन्ने अनि अर्कातिर उत्पादन र विक्रिवितरणमा रोक लगाउन पनि नसक्ने । सेवन गर्नेलाई चाहिं कारवाहि गर्ने ? त्यसो हो भने उत्पादनलाई चाहिं कता विर्सजन गर्ने नि ? भन्नेहरु पनि छन् । एकहदमा यो पनि ठिकै कुरा हो ।
उत्पादनमा रोक लगाउँदा यस व्यवसायसँग सम्बन्धित सयौं व्यक्तिहरुको रोजगारी त गुम्न सक्छ , अनि यसकै कारण लाखौं मानिसको मृत्यु हुने गरेको अवस्थालाई चाहिं जिम्मेवार निकायले कसरी बुझेको छ नि ? यतातिर पनि ध्यान दिनु आवश्यक रहन्छ । उत्पादनमै रोक लगाउने हो भने ध्रुम्रपान र मदिरा उपभोग गर्नेहरुको संख्यामा करिव ९० प्रतिशतले कमि आउन सक्छ । तैपनि सरकारले यतातिर सोच्न सकेको छैन । बरु प्रत्येक वर्ष यस्ता उत्पादनहरुमा करको दायरा बढाएर आफ्नो आम्दानीको स्रोत थपेको छ । राम्रो कामबाट आम्दानीको स्रोत बढाउनु सकारात्मक होला नै तर जसले जनस्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पु¥याईरहेको हुन्छ त्यस्तो वस्तुबाट राजस्व वृद्धि गर्नुको के अर्थ रहला र ? सरकारले यस्ता अनुत्पादक वस्तुहरुमा गरिने गरिएको लगानीलाई जलविद्युत लगायतका क्षेत्रमा लगाउने हो भने यो लोडसेडिङ्गमा कति धेरै राहत हुने थियो होला ! यतातिर सरकारले कहिले सोच्ने ?
यदि सरकारले धुम्रपान र मदिरापानकै कारण उत्पन्न हुने समस्यालाई साँच्चै नै रोक्ने हो भने यसको उत्पादनमै रोक लगाउनुको विकल्प छैन । यस व्यवसायमा लागेका व्यक्तिहरुलाई अन्य उत्पादन मुखि क्षेत्रमा परिचालन गरिनुपर्छ । राजस्व त हरेक क्षेत्रबाट पनि आउन सक्छ । अनि जनचेतनामुलक सन्देशहरु सर्वसाधारणमाझ पु¥याउनु पर्छ । नियमकानुन बनाएर मात्र केहि हुदैन । त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गर्नुपर्छ । नियम कानुन बनाएर दराजमा थन्क्याउने अनि आफैं लुकि लुकि चुरोट र मदिरा दन्काउनेहरुले एकपटक यतातिर पनि सोच्ने पो हो कि ?

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0