Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जीवन्त चाड तिहार

प्रभातफेरी अनलाइन ४२९७ पटक पढिएको प्रकाशित मिति: २०७३ कार्तिक १४, आईतबार (६ साल अघि)
Post Thumbnail

तिहार नेपालीहरुको दोस्रो ठूलो चाड हो र दसैंभन्दा फरक रुपमा कारमार नभई पशुपन्छी र मानवजातिको स्वयम् पूजा हुने गर्छ । दिदीबहिनीहरुले भाइको पूजा गर्ने, घरमा लक्ष्मीपूजा गर्ने, शान्त वातावरणमा दीपावली मनाएर यमराजलाई समेत प्रवेश निषेध गरी एक जीवन्त चाडको रुपमा नेपालीहरुले मनाउँदै आएका छन् । तिहारमा काग, कुकुर, गाई–गोरुका साथै कुचो, नाङ्लोको समेत पूजा गरिन्छ । नेवारहरुले शरीरको पूजा गरेर आफैलाई चिन र स्वस्थ हाऊ, राम्रो बन भनी पूजा गरिने परम्परा छ । यस पूजा भाइटिकाको अघिल्लो दिन गरिन्छ र यस दिन नेपाल सम्वत्को शुरुको दिन पनि रहेको छ । वैदिकालदेखि नै लक्ष्मीपूजा गर्ने संस्कृति भएकोले सो दिन अन्नको भण्डारको रुपमा मानिँदै आएका कुवेरको पूजा गर्ने चलन छ । लक्ष्मीपूजाको दिन कहीँकतै बत्ती बलेन सफा भएन भने लक्ष्मी प्रवेश हुने छैनन् भन्ने विश्वास समेत रहेको छ । जहाँ लक्ष्मी आइन्, त्यहाँ सम्पन्नता हुन्छ भन्ने विश्वासका साथ लक्ष्मीपूजाको दिन र रातका नाम नै सुखरात्री हो । त्यो दिन जाग्राम बसी मनोरञ्जनको रुपमा जुवातास र द्यौसीभैली खेल्ने प्रचलन रहीआएको छ । लक्ष्मीपूजा गर्ने पनि आआफ्नै परम्परा रहीआएको छ । कोही राति र कोही साँझ पूजा गर्छन् । कोही भने साइत हेरेर लक्ष्मीपूजा गर्छन् । लक्ष्मीपूजाको दिन द्रव्य पूजा गर्ने हो । असर्फी, सिक्का र कागजको मुद्रालाई लक्ष्मीको प्रतिकको रुपमा मान्ने गरिन्छ । हिन्दूहरुले सन् १९४७ मा सात समुद्रपारीका राजाको क्वाइनलाई द्रव्यका रुपमा राखेर पूजा गर्ने गरेको इतिहासमा उल्लेख भएको पाइन्छ । तर सम्पूर्ण हिन्दूहरुले नेपालमा मुद्राको आविष्कार भएदेखि नै लक्ष्मीपूजाको दिन मुद्राको पूजा गर्ने परम्पराको थालनी भएको पाइन्छ । हिजोआज मुद्राबाट नै खरीद गरिएको सुन, चाँदी, हिरा, असर्फीको समेत पूजाआजा गरिन थालिएको छ । लक्ष्मीपूजाको भोलिपल्ट गोबद्र्धन पूजाको दिन नेवारी समुदायले म्हः पूजा गर्छन् । म्हः पूजाको दार्शनिक मान्यता अनुसार मेरो भित्र चेतनाको कुनै एउटा तत्व छ, त्यसलाई चिन, जीवनलाई स्वस्थ पार, शरीर बलियो बनाउ भन्ने मान्यता राखी तान्त्रिक विधिबाट पूजा गर्ने परम्परा रहीआएको पाइन्छ । म्हः पूजा गरेसँगै नेपाल सम्वत्को शुरुवात हुन्छ र तिहारको अन्तिम दिन दाजुभाईलाई मखमली फूलको माला, तेलको धारा लगाई कालले प्रवेश गर्न नपाओस् भन्ने मान्यता अनुरुप भाइटिका लगाइन्छ । काग र कुकुरलाई यमदूतको रुपमा लिने प्रचलन रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

  • “वीरे ज्योज्योले बचाएको दिन”

    “वीरे ज्योज्योले बचाएको दिन”

  • गुदीविहीन रिटले हल्लाएको देश !!!

    गुदीविहीन रिटले हल्लाएको देश !!!

  • विवाह ः एक सामाजिक संस्था !

    विवाह ः एक सामाजिक संस्था !

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0