logo
२०८३ श्रावण १८, सोमबार |
📰
🔍

बजारमा आयो डिटिसीको सस्तो मोबाइल

प्रभातफेरी अनलाइन११७७४ पटक पढिएको | २०७४ बैशाख ४, सोमबार
बजारमा आयो डिटिसीको सस्तो मोबाइल

सबैभन्दा सस्तो मोबाइल सिंगापुरको उत्कृष्ट ब्राण्ड डिटिसी नेपाली बजारमा आएको छ। कल मोबिलिटी प्राइभेट लिमिटेडले मोबाइलको राजा भनिने डिटिसी ब्राण्डको नयाँ फोन एचटिसी एम वन नेपाल भित्र्याएको हो। यसको मूल्य ९ सय ९९ रुपैयाँ तोकिएको छ। नेपाली बजारमा पाइने यो सबैभन्दा सस्तो मोबाइल हो।

कल मोबिलिटी प्राइभेट लिमिटेडका मार्केटिङ प्रमूख रोशन न्यौपानेले ‘एम वन’ न्युनतम मूल्यको उच्च गुणस्तरिय फोन रहेको बताए । फोनमा वायरलेस एफएम रहेको यस फोनमा ७५० एमएएच ब्याट्री क्षमता रहेको छ ।यसमा एक वर्षको वारेन्टी पनि दिइएको छ l

Source : Ictframe