logo
२०८३ श्रावण १७, आईतबार |
📰
🔍

कपिलवस्तुमा स्कोर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ श्रावण १७, आईतबार
कपिलवस्तुमा स्कोर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

कपिलवस्तु / कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

गएराति लुम्बिनी प्रदेश–०१–००१ च २०५४ नम्बरको स्कोर्पियोले लु.१४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–२ निवासी १८ वर्षीय शिखर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २१ वर्षीया शोभा सिर्पाली घाइते भएकी छन्। उनको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले स्कोर्पियो चालक दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २६ वर्षीय केशव रिजाललाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।