logo
२०८३ कार्तिक ७, शुक्रबार |
☰
📰
🔍
✕

स्थानियतहमा महिलाको पहिलो उपलब्धि

प्रभातफेरी अनलाइन१९६३ पटक पढिएको | २०७४ जेष्ठ ७, आईतबार
स्थानियतहमा महिलाको पहिलो उपलब्धि

बनेपा / भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा यस पटक महिलाहरुको उपस्थिती अधिक रहेको छ । हुन त नयाँ संविधान अनुसार कुनै पनि स्थानियतहमा प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला अनिवार्य गरेपछि पनि निर्वाचित महिलाहरुको संख्या वढेको हो । यसका साथै प्रत्येक वडाहरुमा एकजना महिला सदस्य र एक दलित महिला सदस्य अनिवार्य गरेपछि पनि महिलाहरु निर्वाचित हुनेहरु वढेको प्रष्टै छ । तर धेरैजसो प्रमुखदलहरुले उपप्रमुखमा मात्र महिलालाई उठाएका थिए । जतिले प्रमुखमा स्थान पाए तिनीहरु अहिले निकै चर्चामा पनि रहेका छन् । यसको उदाहरणका रुपमा प्रमुख पदमा काठमाडौंबाट उमेदवारी दिएकी विवेकशिल नेपालीदलकी रञ्जु दर्शना न्यौपाने र चितवनबाट उमेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहाल लगायत निकै चर्चामा छन् ।

पछिल्लो परिणाम अनुसार परिणाम आएका २५३ स्थानिय तह मध्ये ११ वटामा महिला प्रमुख निर्वाचित भएका छन् । २२४ उपप्रमुखमा महिला उमेदवार विजयी भए । प्रमुख जित्ने एमालेका उमेदवारहरु मा सिता कुमारी पौडेल, रसुवा , चन्दा पुन, नवलपरासी , तमसरा पुन , म्याग्दी, सीमा क्षेत्री, स्याङ्जा छन् । त्यस्तै काँगे्रसबाट चितवनकी गिता गुरुङ , हुम्लाबाट कान्तिका सेजुवाल, लक्ष्मी पाण्डे , नवलपरासि, माया राना ,तनहुँ , छुपीमाया गुरुङ, लमजुङ छन् । त्यस्तै माओवादी केन्द्रबाट मेयरमा दीपा बोहरा सिन्धुली र दिलमाया बिएम, सल्यान रहेका छन् ।

त्यसैगरि उपप्रमुखमा अहिले सम्म २२४ जना महिला निर्वाचित भइसकेका छन् । काभ्रेमा निर्वाचित भएका महिला उपप्रमुखहरुमा बनेपामा एमालेबाट रेखा दाहाल, पनौतीबाट गीता बञ्जारा, मण्डनदेउपुरबाट निर्मला शाही र पाँचखालमा काँग्रेसबाट लक्ष्मी दनुवार निर्वाचित भइसकेका छन् । यसैगरि गाउँपालिकाहरुमा चौंरीदेउराली गाउँपालिकाबाट माओवादी केन्द्रकी ताराकुमारी चौलागाईं, महाभारत गाउँपालिकाबाट माओवादीकै जमुना सापकोटा, तेमाल गाउँपालिकाबाट नेपाली कांग्रेसकी दुर्गामाया लामा, बेथानचोक गाउँपालिकाबाट काँग्रसकै सरिता लामिछाने तामाङ, रोशी गाउँपालिकाबाट लक्ष्मी बर्तौला, भुम्लु गाउँपालिकामा एमालेबाट कल्पना श्रेष्ठ निर्वाचित भइसकेको निर्वाचन आयोगले जनाएको छ ।