Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुनावपछिको महंगीमा सर्वसाधारण

प्रभातफेरी अनलाइन ४६२८ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ७, आईतबार (८ साल अघि)
चुनावपछिको महंगीमा सर्वसाधारण

ज्ञानमणि नेपाल कालोटोपी

पहिलो चरणको स्थानिय निर्वाचन सकियो । यस चुनावमा दलहरु प्रति प्रचार प्रसारमा अस्वस्थ प्रतिश्पर्धा पनि निकै नै वढ्यो । हुन त २० वर्ष पछि भएको स्थानिय तहको निर्वाचनमा एकातिर नागरिकको चासो पनि उत्तिकै वढेको थियो भने अर्कातिर दलहरुको व्यग्र पर्खाइ पनि छँदै थियो । त्यसैले पनि यस निर्वाचनमा प्रतिश्पर्धा हुनु स्वभाविक नै हो तर हुनु पर्ने भन्दा धेरै प्रतिश्पर्धा भयो भने चुनाव पछिको अवस्था के होला भनेर ध्यान दिइएको भने पाइएन ।

निर्वाचन आयोगले स्थानिय निर्वाचनमा उमेदवार बन्नेले खर्च गर्न पाउने खर्चको दायरा तोकेको थियो । तर आयोगले तोकेको सिमा भन्दा धेरै गुणा वढी खर्च गर्नेहरुको संख्या विगतका निर्वाचनमा पनि वढेको थियो र यो चुनावमा पनि अवश्य नै वढ्यो । आयोगले तोकेको सिमा अनुशार महानगरपालिका प्रमुख र उपप्रमुखका उमेदवारले ७ लाख रुपैयाँ सम्म खर्च गर्न पाउने र वडाअध्यक्ष र सदस्यले ३ लाख सम्म खर्च गर्न पाउने प्रावधान तोकिएको थियो । उपमहानगरपालिका प्रमुख र उपप्रमुखले ५ लाख रुपैयाँ तथा वडाअध्यक्ष र सदस्यले २ लाख सम्म खर्च गर्न पाउने, यसैगरि नगरपालिकाका प्रमुख र उपप्रमुखले ४ लाख सम्म र वडाअध्यक्ष र सदस्यले २ लाख सम्म खर्च गर्न पाउने आयोगले जनाएको थियो । गाउँपालिका प्रमुख र उपप्रमुखले ३ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यले १ लाख ५० हजार सम्मको खर्चको दायरा तोकेको थियो । यसैगरि जिल्ला समन्वय समिती प्रमुख र उपप्रमुखले २ लाख ५० हजार सम्म र सदस्यहरुले १ लाख ५० हजार सम्म चुनावी खर्च गर्न पाउने र यो सिमा भन्दा माथी गएर खर्च गरेमा कारबाहि हुने समेत निर्वाचन आयोगले बताए पनि यो सिमा भन्दा धेरै नै तडक भडक भएको थियो ।

हुन त यसरी हेर्दा आयोग स्वयंले नै पैसा हुनेले मात्र चुनाव लड्न पाउने र नहुनेले नपाउने नियम बनाएको प्रष्टै देखिन्छ । तर जे भएपनि यो नियमको परिधि भित्र राजनितीक दल र उमेदवारहरुले खर्च गर्ने अवस्था भने थिएन । विगतको कुरा गर्ने हो भने ०७० को संविधानसभा चुनावमा पनि आयोगले एउटा क्षेत्रको प्रत्यक्षतर्फका उमेदवारले १० लाख सम्म र समानुपातिक तर्फको उमेदवारले ७५ हजार सम्म खर्च गर्न पाउने सिमा तोकेको भएपनि कतिपय प्रत्यक्षतर्फका उमेदवारहरुले १ करोड रुपैयाँ सम्म खर्च गरेका थिए । तैपनि आयोगले कुनै कारबाहि गर्न भने सकेको देखिएन । यसर्थ पनि अहिलेको सिमा तोकाइ आयोगको कर्मकाण्डी पुरा गरे जस्तो मात्र देखिएको छ । किनकी नेताहरुले कार्यकर्ता पाल्न र चुनावी प्रचार प्रसारका लागि उनीहरुका सम्बन्धित दलहरुले कुनै सहयोग गर्ने अवस्था देखिदैन । दलहरुले नै अहिले आफूहरु ऋणमा डुबेको बताइरहेका छन् ।

अहिले भएको र हुन लागेको स्थानिय निर्वाचन नयाँ गठन भएका स्थानिय तह अनुशार छन् । १ करोड ४० लाख ५४ हजार मतदाता रहेको निर्वाचनमा ७४४ स्थानिय तहहरु कायम गरिएकाछन् । जसमध्ये ४ वटा महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ वटा नगरपालिका र ४८१ गाउँपालिका कायम रहनेछन् । जसमा ३६ हजार ६३९ जनप्रतिनिधीहरु निर्वाचित हुनेछन् । यस मध्येपनि ३४ जिल्लाका २८३ तहमा पहिलो चरणमा निर्वाचन भइसकेको छ ।

चुनावको यस्तो अवस्था एकातिर छँदै छ भने अर्कातिर चुनावी माहोल यो सम्म भएको छ कि आकांक्षी उमेदवारहरु कुनै पदमा धेरै जनाको दाबेदारी परेको थियो भने कुनै पदका लागि उमेदवार नै खोज्दै हिड्नु पर्ने पनि देखियो । एक अर्का दलले उमेदवार नै नपाएपछि ३१६ पदमा निर्विरोध निर्वाचित पनि भएको थियो । नयाँ व्यवस्था अनुसार एउटा वडामा अध्यक्ष, एक महिला सदस्य, एकजना दलित महिला सदस्य र २ जना वडा सदस्य सहित ५ सदस्यहरु रहनेछन् । जसमा एकजना दलित महिला र एकजना महिला सदस्य अनिवार्य छन् । यदि यी पदमा कुनैपनि महिलाको उमेदवारी परेन भने त्यो ठाउँ नै खाली रहने व्यवस्था छ । रिक्त हुन सक्ने पदमा के गर्ने भन्ने कुरा संविधानमा समेत उल्लेख छैन ।

चुनाव हुनु जरुरी एकातिर छँदै थियो, चुनौती पनि उस्तै थिए । ती चुनौतीलाई पाखा लगाएर निष्पक्षरुपमा पहिलो चरणको निर्वाचन सम्पन्न भयो । अब अर्को चरणको निर्वाचन पनि गराउनु आवश्यक छ । यसका लागि सम्बन्धित दलहरु, उमेदवार, निर्वाचन आयोग र नागरिकतहबाट पनि यसको वातावरण बनाउनु पर्छ । आयोगले तोकेको खर्च लगायतका अन्य आचार संहिता भित्र रहेर काम गर्ने हो भने यो असम्भव पनि छैन । तर ठूला भनिएका केहि दलहरु नै आचार संहिताको उल्लंघन गरेको र सामान्य पदमा उमेदवारी दिएकाहरुले पनि अहिले प्रचार प्रसारमा निकै नै खर्च गरेको पाइएको छ । एक तथ्याङ्क अनुशार यो चुनाव सम्पन्न गर्न करिव २० अर्ब रुपैयाँ सरकारी स्तरबाट खर्च भएको छ । यो सँगै आयोगले तोके अनुशारको सिमा भित्र मात्र रहेर उमेदवारले खर्च गरेका थिए भने पनि उनीहरुले गर्ने खर्च मात्रै १६ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भन्दा माथि थियो । पहिलो चरणको निर्वाचनमा १३ हजार ५५६ पदका लागि ४९ हजार ७१ जना उमेदवार चुनावी मैदानमा थिए । अब दोस्रो चरणको निर्वाचनको खर्च पहिलो चरणबाटै अनुमान लगाउन सकिन्छ कि यो भन्दा धेरै गुणा माथी जान सक्छ ।

यो खर्चको अनुमानसँगै अर्को एक प्रसङ्ग पनि छ कि अब निर्वाचित स्थानिय पदाधिकारीहरुले पाउने पारिश्रमिक पनि सरकारले तोकिसकेको छ । जसअनुशार महानगरपालिका प्रमुखको मासिक पारिश्रमिक ६० हजार, उपप्रमुखको ५० हजार र वडाअध्यक्षको ३० हजार तोकिएको छ । त्यसैगरि उपमहानगरपालिका प्रमुखको ४५ हजार, उपप्रमुखको ४० हजार, वडाअध्यक्षको २५ हजार र नगरपालिका प्रमुखको ३० हजार, उपप्रमुखको २५ हजार र वडाअध्यक्षको २० हजार तोकिएको छ । गाउँपालिका प्रमुखको २५ हजार, उपप्रमुखको २० हजार र वडाअध्यक्षको १५ हजार पारिश्रमिक निर्धारण समेत भइसकेको छ । यसैगरि वडासदस्यको हकमा भने प्रतिवैठक प्रतिदिन १ हजार पाउने व्यवस्था भएको छ । यसरी हेर्दा स्थानिय पदाधिकारीहरुको तलबमा मात्र राज्यको वार्षिक ४ अर्व रुपैयाँ भन्दा वढी खर्च हुनेछ ।

अब आउने बजेटको सिमा पनि विगत भन्दा पक्कै वढ्नेछ । अब नयाँ संरचनामा स्थानियतहहरु निर्धारण भइसकेपछि स्वभावतः करको दायरा पनि वढ्छ । अन्तिममा यसको भार उहि नागरिक माथी नै पर्ने प्रष्टै छ । निर्वाचन हुन्छ, स्थानिय पदाधिकारीहरु पनि आउँछन् र विकास निर्माणका काम पनि हुनेछन् भनेर मख्ख परेका नागरिकहरु त्यतिबेला निराश बन्नेछन् जतिबेला बजारमा महंगीले सिमा नाघ्ने पक्का छ । कतिपय खाद्यवस्तुहरुको अहिले नै मुल्यवृद्धि पनि भइसकेको छ । त्यसैले अहिले देखि नै खर्चको दायरा घटाउन सम्बन्धित निकायले पहल गरेन भने निर्वाचनपछिको आर्थिक अवस्थाको रुप भयानक रुपमा वढ्न सक्ने अर्थविद्हरुले बताउँदै आएका छन् । नयाँ संविधान अनुशार आगामी माघ ८ गते भित्र स्थानिय सहित प्रदेश र व्यवस्थापिका संसदको पनि निर्वाचन गरिसक्नु पर्नेछ । एउटा निर्वाचनमा यति धेरै खर्च हुँदैछ भने बाँकी निर्वाचनहरुको अवस्था के हुन सक्ला, जो कसैले पनि अनुमान लगाउन गाह्रो छैन । त्यसैले अब हुन सक्ने गम्भिर अवस्थाको मध्यनजर आजै गर्नु आवश्यक छ । यता तिर अब सम्बन्धित पक्षले सोच्नु पर्ने बेला आएको छ ।

[email protected]

  • चुनावपछिको
  • महंगीमा
  • सर्वसाधारण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0