Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कछुवागतिमा राष्ट्रिय गौरवका आयोजना

प्रभातफेरी अनलाइन ५७५५ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ १४, आईतबार (८ साल अघि)
कछुवागतिमा राष्ट्रिय गौरवका आयोजना

विचार
ज्ञानमणि नेपाल कालोटोपी
सरकारले विभिन्न समयमा निकै ठूला र महत्वाकांक्षी योजनाहरु संचालनमा ल्याएको छ । तर ती योजनाहरुको काम शुरु भएको लामो समय सम्म पनि कुनै पनि योजनाहरु सम्पन्न भने भएका छैनन् । निर्माणाधिन अवस्थाका त्यस्ता योजनाहरु समयमै सम्पन्न भएका थिए भने देशले आर्थिकरुपमा निकै नै ठूलो फड्को मार्ने निश्चित थियो । तर देशमा उत्पन्न राजनितीक अस्थिरताले न योजनाहरु सम्पन्न भए त जनताले राहतको महशुस नै गर्न पाए ।
सरकारले बिभिन्न जिल्लाका २१ वटा आयोजनाहरुलाई राष्ट्रियगौरबका आयोजनाहरुको रुपमा अगाडी सारेको छ । जुन आयोजनाहरु पुरा भए राष्ट्रकै गौरब हुने र समृद्धिका धेरै सम्भावना खुल्ने भएपनि आयोजनाहरुको कामले गति लिन भने अझै सकेको छैन । महालेखा परिक्षकको कार्यालयलले निकालेको आर्थिकबर्ष २०७२÷ ०७३ को प्रतिबेदनले राष्ट्रिय गौरबका आयोजनाहरुको काम प्रभावकारी नभएको निस्कर्ष निकालेको थियो । सडक, सिंचाई, बिमानस्थल, खानेपानी लगायत बिभिन्न जिल्लाका २१ वटा आयोजना राष्ट्रिय गौरबको आयोजनामा छन् । ती आयोजना मध्ये सडक अन्र्तगत मध्यपहाडी लोकमार्ग , हुलाकी लोकमार्ग , काठमाडौ –तराई फास्ट ट्र¥याक लगायतका छन् । सिंचाईं आयोजना तर्फ सिक्टा सिंचाई आयोजना, रानीजमरा सिंचाई आयोजना, बबई सिंचाई आयोजना लगायतका रहेका छन् । त्यस्तै जलविद्युत आयोजनातर्फ बुढीगण्डकी जलविद्युत आयोजना र माथिल्लो तामाकोशी जलविद्युत आयोजना छन् । लुम्बिनीक्षेत्र बिकासकोष, गौतमबुद्ध बिमानस्थल, पोखरा अन्तराष्ट्रिय बिमानस्थल, निजगढ बिमानस्थल लगायतले पनि राष्ट्रिय गौरबका आयोजनाको मान्यता पाएका छन् । यस अन्र्तगत मेलम्ची खानेपानी आयोजना पनि परेको छ । यी मध्ये कतिपय आयोजनाहरु आउँदो आर्थिकबर्ष सम्ममा सम्पन्न गरिसक्नु पर्नेछ । तर त्यो सम्भावना भने ज्यादै कम छ । जसमध्ये ५ आयोजना भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मामा छन् ।
राष्ट्रिय गौरबका आयोजना मध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले ७७ प्रतिशत काम सम्पन्न गरेको छ । तर धेरैजसो आयोजनाहरुको काम प्रतिशतका आधारमा हेर्ने हो भने दोहोरोअंकमा पनि पुगेका छैनन् । ४ वटा आयोजना रहेको सिंचाई मन्त्रालय अन्र्तगतका आयोजनाले पनि खासै प्रगति गर्न सकेका छैनन् । बहुप्रतिक्षित बबई सिंचाई आयोजनाको काम शुरु नै भएको छैन भने सिक्टा सिंचाईं आयोजना गतवर्ष परिक्षणकै क्रममा भत्कियो । अन्य आयोजनाहरु कुन मन्त्रालयले लिने भन्ने पनि भर्खरै मात्रै टुङ्गो लागेको छ । महालेखा परिक्षकका अनुसार पुर्वपश्चिम रेलमार्ग, निजगढ विमानस्थल लगायतका आयोजनाहरुको अध्ययन पनि भएको छैन । तर चर्चा भने अध्ययन नै नभएका आयोजनाकै धेरै छ । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्र्तगत तीन बिमानस्थल र पशुपति तथा लुम्बिनीक्षेत्र बिकास आयोजना राष्ट्रिय गौरबका आयोजना अन्र्तगत परेका छन् ।
यी आयोजनाहरुमा सरकारले अर्बौं रुपैयाँ लगानी गरिसकेको छ । तर ती आयोजनाका लागि विनियोजित रकम पनि सहि ढंगले खर्च हुन नसकेको पाइएको छ । आर्थिकवर्ष ०७२ ÷०७३ मा २१ वटा यस्ता ठूला आयोजनाका लागि सरकारले ३४ अर्ब बजेट छुट्याएको थियो । जसमध्ये २१ अर्ब मात्र खर्च हुन सकेको थियो । विनियोजित मध्ये वुढीगण्डकी जलविद्युत आयोजनाका लागि ३ अर्ब ३७ करोड छुट्याइएकोमा १७ करोड रुपैयाँ मात्र खर्च हुन सक्यो । त्यस्तै पशुपतिक्षेत्र विकासकोषका लागि ३५ करोड छुट्याइएकोमा २२ करोड खर्च भयो । लुम्बिनीक्षेत्र विकासकोषका लागि ५५ करोड मध्ये ३५ करोड मात्र खर्च भएको थियो । निजगढ अन्र्तराष्ट्रिय विमानस्थलका लागि ५० करोड छुट्याइएको थियो तर १ रुपैयाँ पनि खर्च हुन सकेन ।
यसैगरि अन्य आयोजना मध्ये राष्ट्रपति चुरेसंरक्षण कार्यक्रमका लागि १ अर्ब ९६ करोड विनियोजन मध्ये १ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको देखिन्छ । मध्यपहाडी लोकमार्गका लागि १ अर्ब ९५ करोड छुट्याइएको थियो तर यहाँ ३ अर्ब १९ करोड खर्च गरियो । काठमाडौं तराई द्रुतमार्गका लागि १ अर्ब विनियोजन गरिएकोमा ४७ करोड मात्र खर्च भयो । हुलाकी लोकमार्गका लागि ३ अर्ब १९ करोड छुट्याइयो तर काम भने ९५ करोडको मात्र हुनसक्यो । पूर्वपश्चिम रेलमार्गका लागि १ अर्ब ५५ करोड विनियोजन मध्ये ६५ करोड मात्र खर्च भयो भने मेलम्ची खानेपानी आयोजनाका लागि ४ अर्ब ७५ करोड छुट्याइएको मध्ये ३ अर्ब ६१ करोड मात्र खर्च हुन सक्यो । सिक्टा सिंचाईं आयोजनाका लागि १ अर्ब ६९ करोड मध्ये १ अर्ब ४० करोड खर्च भयो । भेरी बबइ डाइभर्सनका लागि १ अर्ब १९ करोड मध्ये ८० करोड मात्र खर्च भएको थियो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका लागि २ अर्ब २० करोड मध्ये १ अर्ब ७० करोड खर्च भयो । माथिल्लो तामाकोशी आयोजनाका लागि २ अर्ब मध्ये सबै खर्च भएको थियो भने भैरहवा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थलका लागि विनियोजन गरिएको ४ अर्ब ५३ करोड मध्ये १ रुपैयाँ पनि खर्च भएन । राष्ट्रिय गौरवका आयोजना अन्र्तगत नपरेपनि ५ वर्ष देखि निर्माणाधिन अवस्थामा रहेको कोटेश्वर कलंकी सडक विस्तारको काम जम्मा २० प्रतिशत मात्र सकिएको छ भने त्रिभुवन विमानस्थलको स्तरोन्नती १६ प्रतिशत मात्र सम्पन्न भएको छ । आर्थिकवर्ष ०७४÷०७५ मा राष्ट्रिय गौरवका कुनैपनि आयोजनालाई बजेट अभाव हुन नदिने र बाँकी रहेको काम द्रुतगतिमा अगाडि वढाइने सरकारले जनाएको छ ।
यसरी हेर्दा कुनै आयोजनामा विनियोजित मध्ये धेरै नै खर्च भएको देखिए पनि अधिकांशमा लक्ष्य अनुशारको खर्च भएको छैन । प्रगती पनि खासै छैन । खर्च भएको मध्ये पनि सबै विकासमै खर्च भएकोमा पनि शंका नै छ । लामो समय देखि निर्माण शुरु भएका आयोजनाहरु किन समयमा सम्पन्न नहुनेक्रममा छन् भन्ने प्रश्नमा सरकारी जवाफ बन्द, हड्ताल, नाकाबन्दी र भूकम्प लगायतलाई देखाइने गरिएकोछ । तर यहाँ बुझ्नु पर्ने कुरा के छ भने २० वर्ष देखि निर्माणाधिन र बहुचर्चित मेलम्ची खानेपानी आयोजना पनि अहिले सम्म सम्पन्न हुन सकेको छैन । ढिलासुस्ती र सरकारी लार्पबाहि लगायतका कारण पनि यसका चुनौती भएका छन् ।
सरकारले निकै आशा गरिएका ठूला विकासे यस्ता आयोजनाका कामहरुको अवस्था त यस्तो दयनिय छ भने अन्य साना विकासे कार्यक्रमहरुको अवस्था कस्तो होला भन्ने प्रश्नको जवाफ दिने निकाय नै छैन । यसबाट के प्रष्ट हुन्छ भने सरकारका विकास कार्यक्रम र आयोजना जनहितका लागि छैनन् , नेता र तिनीहरुका कार्यकर्ताका लागि कमाई खाने भाँडो झैं भएका छन् । देशको अर्बौं रुपैयाँ खर्चिएका यी आयोजना कहिले सम्पन्न हुने हुन त्यो भने प्रतिक्षाकै विषय बनेको छ । कामको गति यस्तै हुने हो भने बहुप्रतिक्षित फास्ट ट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मेलम्ची खानेपानी, रेल्वे तथा मेट्रो रेलमार्ग जस्ता आयोजनाहरु सम्पन्न हुन अझै धेरै बर्ष कुर्नुपर्ने देखिएको छ । सरकारी ढिलासुस्तीका कारण यी आयोजनाका लागि आएको अर्बौं रुपैयाँको बैदेशिक सहयोग रोकियो भने यसको दोषी को हुन्छ ? त्यसैले जतिसक्दो छिटो राष्ट्रिय गौरवका भनिएका ठूला विकासे आयोजना तथा अन्य साना खाले आयोजनाहरुको पनि समयमै काम सकिनु जरुरी छ ।

[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0