प्रभातफेरी अनलाइन९४९१ पटक पढिएको | २०७४ बैशाख १९, मंगलबार
दुई परिवारका बीचको समझ्दारीमा नेपालमै पहिलो पटक मृगौला प्रत्यारोण गरेका खेमराज निरौलाले आफूले शल्यक्रिया गर्दाका अनुभूतिलाई विषयवस्तु बनाएर लेखिएको “जीवनको खोजीमा” नामक कृतिको माननीय युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीद्वारा २०७४ साल वैशाख १ गतेका दिन ललितपुरस्थित राजदलगणको सैनिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा लोकार्पण गरियो। सोही अवसरमा कृतिको महत्व र यसको विषयवस्तुका बारेमा माननीय युवा तथा खेलकुद मन्त्री श्रीपाली, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, डा. कल्पना श्रेष्ठ तथा कृतिका भूमिका लेखक प्रा. डा. गङ्गाप्रसाद अधिकारीले समेत प्रकाश पार्नुभएको थियो।