प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ कार्तिक २२, आईतबार
दैलेख / दैलेखको ठाटीकाँध गाउँपालिका–४, धनकोटमा एक व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आइतबार बिहान सुतिरहेको अवस्थामा स्थानीय बमबहादुर रावलले चन्द्रबहादुर पुनको परिवारमाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनामा चन्द्रबहादुरकी ४५ वर्षीया श्रीमती बीमा पुनमगरको मृत्यु भएको वडाध्यक्ष केहेरसिंह कठायतले पुष्टि गरेका छन्।
घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा उपचारका लागि लगिएको छ। प्रहरीले घटनामा संलग्न रावललाई नियन्त्रणमा लिएको छ।