Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जीवन, दर्शन र योग

प्रभातफेरी अनलाइन ५१४५ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ३, शनिबार (८ साल अघि)
Post Thumbnail

विश्व योग दिवस भनेर जुन २१ मा संसारभरी मनाइँदैछ ।
प्राचीन कालदेखि नै ऋषिमुनिहरुले तपोभूमिमा गर्दै आएका कुरा आजसम्म पनि सम्पूर्ण मानव जातिका लागि शिक्षा मात्र नभएर जीवन सहज बनाउने माध्यम बन्न पुगेका छ ।
जुन २१ मा योग दिवस त मनाइन्छ ? तर त्यस अघि योगबारे चर्चा परिचर्चा गर्नु र योग के हो ? भन्ने कुरा सम्पूर्ण जनमानसमा यसको अर्थ, लाभ, आवश्यकताबारे पनि बुझ्नु जरुरी छ ।
योगको अर्थ समाधि, आध्यात्मिक दर्शन, आत्मदर्शन, जीवन दर्शन, जीवन, प्रबन्धन, आत्मानुशासनका साथै व्यक्ति, समाज र विश्व समुदायलाई समस्याबाट मुक्त दिने अमोध समाधान हो । त्यसैले योग के हो भन्नका लागि यसका नियम बुझ्नु जरुरी छ। यम, नियम, आसन, प्राणयाम, प्रत्याहार, धारणा, ध्यान र समाधि योगका आठ अंगहरू हुन् । यिनै आठ अंगहरुको साधना बिना कुनै पनि व्यक्ति योगी बन्न सक्दैन ।
तसर्थ योग गर्नका लागि कुनै पनि बाधा अड्चन वा प्रतिकुल अवस्थाबाट पनि विचलित नभइ निरन्तर लक्ष्यतर्फ अविचलित भई अगाडि बढिरहनु यसको टप हो । त्यही तपद्वारा स्वस्थ, सम्बृद्ध र संस्कारवान् व्यक्ति, राष्ट्र र विश्वको निर्माण गर्न सक्दछ । यो नै योगको लक्ष्य हो । यही लक्ष्यबाट जनजनमा राष्ट्रभक्ति जगाउनका साथै आत्म जागरणको पुण्य अभियानलाई अगाडि बढाउन सकिन्छ ।
अर्का कुरा योगबाट नै आत्मोन्नति र राष्ट्रोन्नतिको पवित्र अनुष्ठानमा आफ्नो सर्वस्व समर्पित गर्न सकिन्छ ।
साथै मानव भित्रको अज्ञान, आग्रह, स्वार्थ, अहंकार, पूर्वाग्रह आदि नष्ट भई परमार्थ र ओंकारको भावना प्रतिष्ठित हुन जानेछ । मानवभित्रका रोग, भय, दुःख, असुरक्षा, अशान्ति, असहिष्णुता, अज्ञान, घृणा, अधैर्य, बुढापन, मृत्यु यी सबै भोगका कारण हुन् ।
तसर्थ, यी सबैलाई परास्त गरी योग ज्ञान कै माध्यमद्वारा हटी निरोगी, अभय, सुख, सुरक्षा, शान्ति, सहिष्णुता, ज्ञानी, धैर्यपवान्, भइ सदा जीवन्त बन्न सकिन्छ ।
योगबाट शक्ति, ज्ञानबाट मुक्ति, प्रेमबाट भक्ति प्राप्त भइ व्यक्तिको संकल्प पूर्ण हुन जान्छ । योग प्राणायाम र व्यायामबाट स्वस्थ र स्वावलम्बी बन्न सकिन्छ । कुनै पनि वैद्य डाक्टर औषधीको आवश्यकता छैन बरू आफै योगी व्यक्ति आफै औषधी प्रयोग गर्न नपर्ने डाक्टर बन्न सक्छ । योगीभित्रै औषधी र वेदका मन्त्रोच्चारणका माध्यमबाट निरोगी, आरोग्य बन्न सक्छ । त्यसैले आफूभित्रै सबेको वैद्य, गुरु, डाक्टरद्वारा स्वावलम्बी र स्वाभिमान बन्नेतिर लागौं ।
आज संसारमा मानव दिनदिनै रोगी भइरहेछ, बढिरहेछ । कयौं अस्पताल खुलेका छन्, डाक्टर पनि नयाँ नयाँ अनुहार देखिएका छन्, बढेका छन् तर जति नयाँ चिकित्सा पद्दती अपनाइए पनि रोगको भने निदान हुन सकेका छैनन् । उल्टो नयाँ नयाँ अनौठा रोगहरु देखा परिरहेका छन् । अतः त्यस्ता चिकित्सा पद्दतीलाई चुनौती दिँदै योग शिक्षाका माध्यमले रोग, शोक र मृत्युमाथि पनि विजय प्राप्त गर्न सकेको छ ।
तसर्थ, भोगी होइन योगी बनौं । सेवा, समुह, सत्सङ्ग, जप, मन्त्र र योगबाट जीवनलाई जीवन्त राखौं । यो भवसागर पार हुनका लागि शरीररुपी मन्दिरलाई डुङ्गा सरह मानेर यसैमा शैर गर्दै भवसागर पार गर्न सिकौं । शरीर बज्रझैं सशक्त र सबल हुनु आवश्यक छ । बिरामी र रोगी भइ बाँच्नु पाप र अपराध पनि हो । पञ्चप्राण ज्ञानेन्द्रीय र कर्मेन्द्रियलाई सही रुपमा सही ढङ्गमा ढाल्नु सक्नाले मात्र निरोगी र धर्मात्मा भनिन्छ ।
तसर्थ, योग ध्यानकै माध्यमद्वारा चित्तलाई प्रसन्न राखी सुखीप्राति मैत्री, दुःखीप्रति करुणा राख्नाले चित्त पनि सदा प्रसन्न रहन्छ । योग साधना गर्नु, सत्गुरुको सत्सङ्ग गर्नु वा दर्शन गर्नु, उपनिषद्को ग्रन्थहरुको अध्ययन गर्नाले आत्मदृटि खुली ब्रह्मस्वरुप देखिन जान्छ ।
इश्वरी रुपी यो प्राणलाई पुजा गर्न सिकौं । हामी सबै इश्वरका सन्तान हौं । इश्वर सच्चिदानन्द स्वरुप, न्यायकारी, निर्विकार, अनादि, अनन्त, सर्वशक्तिमान, दयालु, अनुपम, सर्वव्यापक छ । उनै इश्वरको सबैले उपासना गर्नु आवश्यक छ । उनैका हामी अमृतरुपी पुत्र हामी मानव हौं ।
त्यसैले इश्वररुपी यो मानव चोलालाई खेर जान नदिई सही मार्गमा लाग्नुपर्दछ । मानव जीवनको उद्देश्य पूरा गर्नका लागि योग साधनाद्वारा जीवनलाइृ जीवनन्त राखौं । योगमै व्यक्तिलाई सही मार्ग देखाउने माध्यम हो, त्यसैले सदा गरौं योग, रहैं निरोग ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0