logo
२०८३ अषाढ ६, शनिबार |
📰
🔍

लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आरम्भ

प्रभातफेरी अनलाइन६ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार(२ घण्टा अघि)
लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आरम्भ

काभ्रे / लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा आज आयोजित सप्ताहव्यापी सचेतना कार्यक्रमको आज एक समारोह का बीच जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम र प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले संयुक्त ब्यानर अनावरण गरेर शुभारम्भ गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले लागूऔषध विरुद्धको अभियान शुभार्म्भ गर्दै व्यक्तिको भविष्य मात्र नभई समाज र राष्ट्रलाई समेत गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रण तथा न्यूनीकरणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रमको तयारीका बारेमा जानकारी दिनुहुदैं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको जिल्ला समन्वय बैठकले गरेको निर्णय अनुसार जिल्लाभर लागूऔषध दुव्र्यसन तथा अवैध कारोबार नियन्त्रणका लागि स्थानीय तह, शैक्षिक संस्था, सुरक्षा निकाय तथा अन्य सरोकारवालाबीच समन्वयात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको आफुनो सम्बोधनका क्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमा लागूऔषध नियन्त्रणसम्बन्धी कार्यक्रम समावेश गराउन समन्वय गरिने बताउनु भएको छ साथै जिल्लाका १३ वटै स्थानीय तहमा जनचेतनामूलक गतिविधि सञ्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभएको छ ।

त्यसै गरि कार्यक्रमको जानकारी दिदै सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन असार ६ गते बनेपाको चारदोबाटो क्षेत्रमा बिहान ७ बजे सार्वजनिक यातायातका चालक तथा सहचालकहरूको लागूऔषध सेवन परीक्षण गरिने निर्णय अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षणसँगै लागूऔषध सेवनसम्बन्धी विशेष परीक्षण जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिने जानकारी दिए । यो नियमित हुने कार्यक्रम भए पनि सप्ताहब्यापी कार्यक्रमका अवसरमा विशेष अभियान शुरु गरिएको उहाँले बताउनुभएको छ ।

विद्यालय तहमा पनि विशेष सचेतनामूलक कार्यक्रम आयोजना गरिने सम्बोधनका क्रममा बताउनु भएको छ । पनौतीस्थित भालेश्वर माध्यमिक विद्यालय, धुलिखेलस्थित सञ्जिवनी नमूना माध्यमिक विद्यालयअड्डाबजार तथा बनेपास्थित आजाद माध्यमिक विद्यालयमा लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । निजी विद्यालयहरूमा समेत कार्यक्रम सञ्चालन गरिने यता प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले बताउनुभएको छ ।

जिल्लामा सञ्चालनमा रहेका पुनस्र्थापना केन्द्रहरूमा पनि विशेष कार्यक्रम आयोजना गरिनेछ । हाल पनौतीमा दुई, धुलिखेलमा एक र पाँचखालमा एक गरी चारवटा पुनस्र्थापना केन्द्र सञ्चालनमा रहेका छन् । कार्यक्रम अन्र्तगत होटल ब्यवसायी र औषधी ब्यवसायीसंग पनि छलफल कार्यक्रम आयोजना गरिएको छ । सप्ताहव्यापी कार्यक्रमको समापन असार १२ गते धुलिखेलमा वृहत् सचेतना ¥यालीसहित गरिनेछ । ¥यालीमा सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संस्था, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने तयारी गरिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८७ मा गरेको निर्णयअनुसार हरेक वर्ष जुन २६ लाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाइँदै आएको छ। यस दिवसको मुख्य उद्देश्य विश्व समुदायलाई लागूऔषधको दुष्प्रभाव र अवैध कारोबारबाट मुक्त गराउनु हो

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका तर्फबाट योगिता खनालले सवारी चालकहरूले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेको छ कि छैन भन्ने परीक्षणका क्रममा देखिने जानकारी गराउनु हुँदै यसबाट उत्पन्न हुने चुनौतीबारे समेत सम्बोधनका क्रममा जानकारी दिनुभएको छ । त्यसैगरी सवारी चालकका तर्फबाट श्रीराज थापाले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

लागूऔषध सेवनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई असर गर्ने भएकाले यसको रोकथाम र नियन्त्रण सबैको साझा दायित्व भएको वक्ताहरुले बताएका छन् ।

कार्यक्रमको अध्यक्षता काभेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले गर्नुभएको थियो ।