Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाठकलाई काउकुती लाग्नुपर्छ

प्रभातफेरी अनलाइन ५४०२ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १, आईतबार (८ साल अघि)
पाठकलाई काउकुती लाग्नुपर्छ

मोतीराम तिमल्सिना

अध्यक्ष

नेपाल पत्रकार महासंघ, काभ्रे

‘१२ वर्षमा खोलो फर्कन्छ’ भन्ने नेपाली उखान कुनै कुनै घटना तथा ब्यवहारमा देखिँदो रहेछ । १२ वर्षको समय त्यति लामो त हैन तर पनि मान्छे जन्मिएर बामे सर्दै उसले सिक्ने ब्यवहार, भोग्ने भोगाई र भविश्यका बारेमा बाटो कोर्ने लक्ष्य भने त्यहि समय पक्डदाँे रहेछ । त्यहि क्रममा उसले समाज, देश, राष्ट्र र आफ्नै भविश्यलाई लक्षित गर्दै कृयाकलापहरु संचालन गर्न पुग्छ । मान्छे जस्तै हो हरेक क्षेत्रका कृयाकलापहरु । जसले निरन्तर अभियान चलाईरहन्छ उ मात्रै लक्ष्यमा पुग्न सफल हुन्छ ।
विगत १२ वर्ष अघि जिल्लाबाट प्रकाशन भएको मध्यमार्ग साप्ताहिकले १२ वर्ष पुरा गरेको छ । ‘पाठकमुखी पत्रकारिता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारा लिएर प्रकाशन शुरु भएको मध्यमार्ग साप्ताहिक नाम जस्तै मध्यमार्गिकै रुपमा अगाडी बढेको छ । स्थानीय सामाग्रीहरुहरुलाई प्रमुख र विशेष प्राथमिकता दिदै आएको उक्त साप्ताहिकले पाठकहरुको रुची अनुसारका सामाग्री प्रकाशन गरेको छ । विशेषगरी केहि गरौ भन्ने अभियानमा जुटेका महिला, बालबालिका, सामाजिक अभिन्यताहरुलाई पत्रिकाले विशेष स्थान दिदै उनीहरुका अनुभुति समेटेको छ । जसका कारण समाजले लिनु पर्ने शिक्षा र पाउनु पर्ने सूचनाका बारेमा पत्रिका चुकेको छैन । सम्पादकिय पत्रिकाको आफ्नै मुटु सरह हो । सम्पादकियले पत्रिकाको लक्ष्य, उदेश्य र आगामी बाटोका बारेमा जानकारी गराउँछ । उसले चाहेको समाज र परिकल्पना सम्पादकिय स्तम्भले बोल्छ । मध्यमार्गमा प्रकाशन हुने हरेक हप्ताका सम्पादकियहरुले समाज परिवर्तन र समाजलाई दिने आर्थिक सम्वृद्धतालाई प्रष्ट बनाउँछ र थप बल पुगेको आभाष हुन्छ ।
राजाको सक्रिय शासनकालमा लोकतन्त्रको पक्षमा उभिँदा होस् वा टिके जनप्रतिनिधिहरुका विरुद्धमा उभिँदा होस् पत्रिकाका सम्पादक प्रदिप केसीले राज्यपक्षबाट कष्ट ब्यहोरेकै छन् । लोकतन्त्रको पक्षमा निरन्तर कलम चलाउँदा उनले खाएको हप्की, दप्की र खप्कीबाट उनि कहिल्यै झुकेनन् । सम्झौता गरेनन् । राजाले प्रलोभन दिएर अनेक तिकडमका बाबजुत पनि उनले लोकतन्त्रका पक्षमा चलाएको कलम र उनको लोकतन्त्र प्रतिको मिशन सफल भयो । लोकतन्त्र प्राप्तीमा संचारमाध्यम र संचारकर्मीहरुको तर्फबाट उनको पनि अधिक योगदान छ । जनतालाई सुसुचित गर्ने कुरामा मध्यमार्ग त्यो समयमा चुकेको छैन । तर कहिलेकाँहि हुने जिल्लाका राष्ट्रिय घटनामा भने मध्यमार्ग साप्ताहिले चाहेर हो वा नचाहेर पर्याप्त स्थान दिन सकेको छैन । आगामी दिनमा त्यस्ता विषयहरुलाई प्रमुख स्थान दिएर जनतालाई सुसुचित बनाउने कुरामा पत्रिका चुक्ने छैन ।
नयाँ संरचना अनुसार स्थानीय तहको संख्या १३ पुगेको छ । हिजोका गाउँ विकास समिति र नगरपालिका अब रहेनन् । जनप्रतिनिधिहरुले काम शुरु गरी बजेट, नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिसकेको अवस्था छ । पत्रिकाको मिशन हिजो र आज बदलिनु पर्छ । पाठकको रुची अनुसारका सामाग्री प्रकाशन भए मात्र पत्रिकाको साख र इज्जत बढ्नेछ । सूचना प्रविधिको युगमा पत्रिका पढेरै धारणा बनाउने पाठकहरुको संख्या कम हुन थालेको छ । हामीले चाहे जस्तो पाठकहरुको रुची अनुसारका सामाग्री प्रकाशन गर्न सकेनौ भने अब प्रिन्ट मिडियाको भविश्य कम हुँदै जान्छ । त्यसमा पनि साप्ताहिक पत्रिकाहरुको भविश्य त अझै खतरामा छ । राजधानीबाट प्रकाशन हुने पत्रिकाहरुले जिल्लाको बजार ओगटेको छ । जिल्लाकै विभिन्न बस्ति तथा एउटा तहमा मात्रै भए पनि पत्रिका निर्वाध संचालन हुने, पाठकहरुले खोजी खोजी अध्ययन गर्ने खालका सामाग्रीहरु प्रकाशन गर्नु जरुरी छ । राजधानीका पत्रिकालाई १० रुपैया तिनर्जु र जिल्लाका पत्रिकाहरुलाई ५ रुपैया तिर्न पनि पाठकहरुको कञ्जुस्याई छ । त्यस्तो अवस्थामा पत्रिकालाई कसरी पाठकमुखी बनाउने भन्ने सोच पत्रिकाको सिङ्गो टिमले सोच्नु जरुरी छ । त्यसो गरिएन भने अबका दिनमा पत्रिकाहरुलाई निरन्तरता दिन साँच्चै कठिन हुन्छ ।
मध्यमार्ग साप्ताहिकले १३ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिईरहँदा केहि कुराहरु तत्काल सुधार्नु आवश्यक छ । पत्रिकाको साजसज्जासँगै विज्ञापनमुखी समाचारलाई कम प्राथमिकता दिनु राम्रो हुन्छ । यदि त्यस्ता समाचार प्रकाशन गर्नै पर्ने अवस्थामा त्यसलाई कतै कुनामा प्रायोजित सामाग्री भन्ने कुरा लेख्नु सान्र्दभिक हुन जान्छ । जिल्लामा शुरु भएको ट्रेनलाई मध्यमार्गले समात्नु हुँदैन । अघिल्लो साता समाचार लेखेर पछिल्लो साता विज्ञापन प्रकाशन गर्ने चलन हटाउनु पर्छ । राम्रो समाचार भन्दा नराम्रो समाचार लेखेर विज्ञापन माग्ने काम पत्रिकाले हिजो पनि गरेको देखिएको छैन र भोली पनि गर्ने छैन । पत्रकार आचार संहिता कार्यान्वयन गर्दै श्रमजीवी पत्रकारहरुको हक हितका लागि पत्रिकाले राज्यले तोकेका ऐन कानुनहरु पालना गर्नेछ । कपि पेष्ट पत्रकारिताबाट पत्रिकालाई मुक्त गराउन पूर्ण श्रमजिवी पत्रकाहरुलाई प्रोत्साहन दिनु पर्छ । आफुलाई मन लाग्दा मात्रै राम्रो, मन परेको मान्छे मात्रै राम्रो भन्ने सोचबाट पत्रिका, पत्रकार बदलिनु पर्छ । हरेक अंकहरुमा पाठकहरुले यसले चाँहि नयाँ खुराक दिन्छ भन्ने काउकुती लगाउन मध्यमार्ग साप्ताहिक सफल हुनु पर्छ । पत्रिकाहरुको भिडमा छुट्टै नाम कमाउन सफल मध्यमार्गका आगामी दिन सहज हुँदा हुँदै बदलिँदो परिस्थितीका कारण भएका चुनौतीहरुको सामना गर्न सक्ने खालको योजना बनाउन आवश्यक छ ।
पत्रिकामा पाठकहरुले नियमत पढ्ने खालका स्तम्भ छैनन । प्रकाशन भएका लेख सामाग्री सम्पादन गरिएका छैनन । समाचारमा भाषा शैली अलिक पाठकले बुझ्ने खालका छैनन । शुद्धाशुद्धी हेरिनु पर्छ । पत्रिकाको आय श्रोत हुने विज्ञापनको डिजाईन पनि आर्कषक बनाउनु पर्छ । जिल्लाका विज्ञापनहरु मात्रै होईन राजधानीबाट आउने ठुला ठुला कम्पनीका विज्ञापनहरुलाई समेत प्रकाशन गर्ने खालको संयन्त्र र पत्रिकाको आर्कषक बनाउनु पर्छ । हडबडाएर समाचार प्रकाशन गर्ने र पत्रिकालाई पाठकहरुले नाक खुम्च्याउने खालका सामाग्रीहरुलाई स्थान दिईनु हुँदैन । थुप्रै आरोह अवरोहका बाबजुत निरन्तर १२ वर्षसम्म काभ्रेली माटोमा मध्यमार्ग साप्ताहिले पु¥याएको योगदानको जति धन्यवाद दिईरहे पनि कमी हुन्छ । जनतालाई सुसुचित गर्ने क्रममा कुनै दल, भाषा, जाति, क्षेत्र विशेष नभई सबैको आँखा बन्न पुगोस् । मध्यमार्ग साप्ताहिकलाई १३ वर्ष प्रवेशको अवसरमा थप सफलताको शुभकामना ब्यक्त गर्दछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0