Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बि.सं.२०७४ साल भदौ २२ गते बिहीवारको राशिफल

प्रभातफेरी अनलाइन ८४४५ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र २२, बिहिबार (५ साल अघि)
बि.सं.२०७४ साल भदौ २२ गते बिहीवारको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अल्लि संघर्षकर रहेको देखिएको छ । साविकभन्दा बढी कोसिसले मात्रै ईच्छित कार्यमा केही सफलता मिल्नसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु आज यहाँको लागि उपयुक्त हुनेछ, अन्यथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावनालाई नकार्न सकिन्न । आवश्यकभन्दा बढी यात्रा हुनसक्ने सम्भावनालाई पनि गोचरले लक्षित गरेको देखिन्छ । संयमपूर्वक स्वकर्ममा लगनशील रहनाले केही लाभ हुनेछ । यहाँको लागि आज तीन अंक र पहेंलो रङ्गको प्रयोग एवम् माँ बगलामुखीको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।
वृष राशि :
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल रहेको देखिन्छ । आयआम्दानी बढ्ने तथा उद्यमव्यवसायको विकास हुनेछ । आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्नेको लागि दिन उपलब्धिमूलक रहनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र व्यवहारिकता निर्वाह गर्न पर्नेछ । स्वजनको शुभसमाचार सुन्न पाइने छ । आज यहाँको लागि २ अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने विद्यार्थीले माँ सरस्वतीको श्रद्धाभक्ति गर्नु कल्याणप्रद हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही मानमर्यादा एवं अवसरको सम्भावना छ । आत्मबलमा ह्रास आउनाले प्राप्त हुने उपलब्धिलाई सम्हाल्न नसिकने हो कि भन्ने लक्षण देखिन्छ । राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आत्मबल बढाउन ज्योतिषीय दृष्टिमा माँ बगलामुखीको सेवा आराधना गर्नु  उचित देखिन्छ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अध्यात्मिक ज्ञान तर्फ मन उत्प्रेरित हुने र धार्मिक कार्य सम्पादन हुनसक्ने छ । समाजसेवाका कार्यमा पनि सहभागि हुने अवसर मिल्नेछ । व्यवसायमा लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने केही अगाडि बढ्ने छन् । जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग र माँ सरस्वती एवम् वगलामुखीको सेवाभक्ति शुभ हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन त्यति सहज छैन । स्वास्थ्यमा समस्या देखिने तथा ईज्जत–प्रतिष्ठामा चुनौती थपिने र खर्च बढ्नसक्ने छ । कार्यमा विघ्नबाधा आइपर्ने, शत्रु सल्बलाउने जस्तो प्रतिकूलता देखिन सक्नेछ । आफ्नै बुद्धिले दुःख पाइनसक्ने पनि हुनसक्ने छ । तसर्थ व्यवहारिक तरिकाबाट सजगता अप्नाउनाले नसोँचिएको तर्फबाट केही उपलब्धि हुनसक्ने छ भने अप्रत्यासित अर्थलाभ हुनसक्ने छ । आत्मबल बढाएर संघर्ष गर्नाले अन्तिममा सफलता मिल्नेछ । रोगी तथा दीनदुखीको सेवा सहयोगमा समयको सदुपयोग गर्नाले ग्रहको प्रतिकूलदोषलाई न्यूनिकरण गर्न मद्दत हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन भौतिक एवं मनोरञ्जनपूर्ण कार्यमा सफलता मिल्ने खालको छ । जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । यहाँले आज विपरित लिङ्गीलाई उपहार दिनाले विशेष अर्थ राख्नेछ ।
तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने छ । केही महत्त्वपूर्ण काम सम्पादन गरी पौरख देखाउन सकिनेछ । सही ढङ्गले समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा सफलता पनि हात लाग्नेछ । स्वकार्यबाट राम्रो उपलब्धि गर्न सकिने छ । व्यवसायिक क्षेत्रबाट राम्रो आर्थिक लाभ गर्न सकिने छ । आरोग्यता र कान्तिमा बृद्धि हुनाले अकर्षण पनि बढ्ने छ । रोकिएर रहेका काम पूरा गर्न सकिने छ । आज यहाँलाई हरियो रङ्ग, छ अङ्कको प्रयोग शुभ रहने छ भने माँ बगलामुखीको श्रद्धाभक्ति उपयुक्त हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन विद्यार्थीको लागि बढी उपयोगी रहनसक्ने छ । बुद्धिविवेकमा बृद्धि हुने तथा त्यसको सदुयोग गर्न पाइने छ । सर्वसाधारणको हकमा पनि दिन स्वभाविक उपलब्धिकर नै रहनेछ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने र प्रशंसा पनि मिल्नेछ ।सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक लाभ गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोग शुभ हुनेछ भने विद्याक्षेत्रलाई सहयोग पुर्याउनु पूण्यकर हुनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले  बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिने छ र सफलता पनि मिलनसक्ने छ । माँ बगलामुखीको श्रद्धाभक्ति आज यहाँको लागि उपयुक्त हुनेछ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति एवम् जोशजाँगर बढेर आउने रकाम गर्न मनग्य रुचि बढ्ने छ । रोकिएर रहेको महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ । तपाईँको पौखर देखेर मान्छेहरुले प्रशंसा पनि गर्नेछन् । मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने छ । दाजुभाईबीचको सहकार्य अघि बढ्नेछ । हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । समयको अनुकूल प्रभावले लाभ एवम् सफलता प्राप्त हुँदा उत्साह तथा उमङ्ग बढ्नेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ । आज तीन अङ्क, हरिया रङ्गको प्रयोग र माँ बगलामुखीको दर्शनभक्ति गर्नु शुभप्रद हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन दिनलाई सकारात्मक नै मान्न सकिन्छ तथापि हुनपर्ने जति काम हुनलाई ग्रहको केही अबरोध देखिएको छ । जसले गर्दा मुख्यकाम कार्यमा अल्लि कठिनाई भने पर्नसक्ने छ । त्यसको लागि केही उपाय अबलम्बन गर्नु उपयुक्त हुनेछ । बोलीवचनको प्रभाव सकारात्मक नै पर्नेछ भने आर्थिक क्षेत्र पनि अनुकूल नै देखिएको छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा सुधार आउनेछ । आज यहाँहरुको लागि दुई अंक, सेतो रङ्गको प्रयोग शुभ रहने छ भने भैरवदेवको श्रद्धाभक्ति गर्नु हितप्रद हुनेछ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहको केही बाधाअबरोधको बाजुतपनि ईज्जत तथा मानप्रतिष्ठा बढ्ने खालको छ । भौतिक उन्नति हुने तथा सुखसन्तोष मिल्ने योग परेको छ । तथापि अपेक्षित मुख्य कार्यमा केही अड्चन आउनसक्ने देखिएको भने छ । बाँकी जनव्यवहारमा ग्रहगोचरको प्रभाव सामान्य नैै देखिएको छ । व्यवसायिक लाभ प्राप्त हुने र स्वजनहरुबाट प्रोत्साहन मिल्नसक्ने छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ भने बाधा अड्चन निवारणको लागि इष्टदेवको श्रद्धाभक्ति तथा साधना बढाउनु उपयुक्त हुनेछ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0