Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आँखाको समस्या भएको कसरी शंका गर्ने? यस्ता छन् लक्षण

प्रभातफेरी अनलाइन ६६५१ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र २९, बिहिबार (८ साल अघि)
आँखाको समस्या भएको कसरी शंका गर्ने? यस्ता छन् लक्षण

साना उमेरका बालबालिकाले आफ्नो दृष्टिमा समस्या रहेको व्यक्त गर्न सक्दैनन् । तर, यसको नकारात्मक असर उनीहरुको पढाइ तथा व्यक्तित्व विकासमा परिरहेको हुन्छ र थाहै नपाई बालबालिकाको आँखामा सधैंका लागि खराबी आउन सक्छ । तसर्थ, अभिभावकले बालबालिकाको आँखाको समस्याबारे मिहिन ढंगले बुझ्ने कोसिस गर्नु राम्रो हो।

बालबालिकाले आफूले जे देख्यो अथवा जस्तो देख्यो त्यसको आकृति त्यस्तै नै होला भन्ने बुझ्छन्। त्यसैले आँखा परीक्षण गरी उनीहरुको आँखाको समस्या समयमै निराकरण गर्नेतर्फ लाग्नुपर्छ । आखाँमा समस्या नआए मात्र बालबालिकाले आफ्नो पढाइका साथै सम्पूर्ण शारीरिक क्रियाकलाप बिनाकुनै बाधा सजिलै पूरा गर्न सक्छन्, जुन उनीहरुको मस्तिष्क विकाशका लागि पनि अपरिहार्य छ।

बालबालिकाको आँखाबारे समयमै पत्ता लगाउनुपर्ने महत्वपूर्ण कुरा हो ‘अल्छी आँखा’ । आँखा अल्छी बनाउने कारक तत्व समयमै परीक्षण गर्दा बाल अन्धोपन निम्त्याउने कारक तत्वहरुबारे पनि थाहा पाउन सकिन्छ । जसको समयमै उपचार गरी बाल आन्धोपनबाट बालबालिकालाई बचाउन सकिन्छ।

के हो अल्छी आँखा?

बनावटका हिसाबले आँखा साधारण देखिए पनि एक अथवा दुवै आँखाको दृष्टि कमजोर हुनु, मस्तिष्क र आँखाको तालमेल नमिल्नु अल्छी आँखाको अवस्था हो । यसैगरी, दुईवटै आँखाको दृष्टि दोष फरक हुनु, दुवै आँखाको दृष्टि दोष धेरै हुनु, एउटा आँखा टेढो हुनु वा दुईटा आँखाबीचको समायोजन नमिल्नु, आँखामा प्रकाश छिर्न समस्या पार्ने मोतियाबिन्दु हुनु, आँखाको नानीमा दाग हुनु जस्ता समस्याले अल्छी आँखाको जनाउ दिन्छ। यी समस्या बेलैमा पत्ता लगाउन सकिएन भने पछि उपचार गर्न निकै अप्ठ्यारो हुन्छ । यसले बाल अन्धोपनलाई निम्त्याउँछ।

बच्चामा आँखाको समस्या भएको कसरी शंका गर्ने?

–    आँखा टेढो भएमा,

–    टाउको दुख्ने समस्या भएमा,

–    आँखा चिम्सो बनाएर हेर्ने गरेमा,

–    पढाइको स्तर खस्किँदै गएमा,

–    बच्चाले आँखा धमिलो भएको अथवा एउटै वस्तु दुईटा देख्ने गरेको बताएमा,

–    बच्चाले आँखा थाक्यो भन्ने गरेमा,

–    पढ्दा हरफहरु दोहोर्‍याएर पढ्ने बानी भएमा,

–    नजिकका कुरामा बेवास्ता गरेमा,

–    एकदम नजिकबाट पढ्ने वा टिभी हेर्ने गरेमा,

–    आँखा मिचिरहने गरेमा,

–    आँखा हल्लिरहने गरेमा ।

यी माथिका कुनै पनि लक्षण बालबालिकामा देखियो भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । तुरुन्त आँखा परीक्षण गराइहाल्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0