प्रभातफेरी अनलाइन७४३३ पटक पढिएको | २०७४ भाद्र २२, बिहिबार
काठमाडौं । नेपाली चलचित्र ‘६क्का पञ्जा २’ को ट्रेलर सार्वजनिक भएको छ ।
असोज ११ गते, फूलपातीको दिनदेखि देशभरबाट प्रदर्शनमा आउने ‘छक्का पञ्जा २’ को ट्रेलर बुधबार साँझ सार्वजनिक गरिएको हो । फिल्मको प्रोमोमा माग्ने बुढाको अभिनय दमदार छ ।
ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ को सिक्वेलको रुपमा आएको फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ ।
हेर्नुस् भिडियो: