प्रभातफेरी अनलाइन२२ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटवार्ता भएको छ ।
लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता करिब पाँच घण्टा चलेको बताइएको छ ।
भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण तथा त्यसक्रममा भएका उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए । साथै, आगामी निर्वाचन र तयारी, रास्वपाको प्रशिक्षण अभियान, मन्त्री तथा मन्त्रालयका कामकारबाही र सरकारको समग्र कार्यसम्पादनबारे छलफल भएको जनाइएको छ ।
त्यस्तै, अध्यादेश तथा आगामी संसद् अधिवेशनका विषयमा समेत दुई नेताबीच कुराकानी भएको बताइएको छ ।